नेभिगेशन
समाज

सिङ्गो दलित परिवार नै नागरिकताविहीन

सप्तरी । एक सिङ्गो दलित परिवार नै नागरिकता प्रमाणपत्र पाउनबाट वञ्चित रहेको सुन्दा जो कोहीलाई अचम्म लाग्न सक्छ तर, यथार्थ यही नै हो ।  सप्तरीको शम्भुनाथ नगरपालिका वडा नं ५ मोहनपुरका गोनर सदाका पूरै परिवार अहिले आफ्नो पहिचान खोज्ने ठूलै कसरतमा छ । नेपालमै जन्मिएको र हुर्किएको भएपनि अहिलेसम्म उहाँले आफू नेपाली नागरिक भएको कुनै पहिचान पाउन सकेका छैनन् । यही चिन्ताले ४५ वर्षीय गोनरलाई निरन्तर सताइरहेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

घरकै मूली गोनरको नागरिकता प्रमाणपत्र बन्न नसक्दा ४५ वर्षीया श्रीमती अमिरका देवीको पनि बन्न सकेन । दम्पतीकै नागरिकता नभएर जेठो छोरो २८ वर्षीय सचिन्द्र, माइलो छोरो २१ वर्षीय रामकुमार, कान्छो छोरो १५ वर्षीेय सुनिल, बुहारी २५ वर्षीया आशा, छोरी १२ वर्षीया दुर्गा देवी, नातिनी १० वर्षीया सृजना, नाति ८ वर्षीय प्रेम र ५ वर्षीय सुरेन जन्म दर्ता र नागरिकता प्रमाणपत्रबाट वन्चित छन् । 

Ncell
Extreme Energy


नेपाली भएको मुख्य पहिचान नागरिकता प्रमाणपत्र नै नपाएका उक्त परिवारका सबै सदस्य अहिलेसम्म राज्यबाट पाउनुपर्ने सबै प्रकारका सेवा सुविधाबाट वञ्चित छन् । स्थानीय साहुमहाजनकोमा खेतीपातीको काम गर्दै आएका गोनरले नागरिकता पाउन थुप्रै सरकारी निकायमा धाए । जता गएपनि आश्वासन बाहेक केही नपाएको गोनरको दुःखेसो छ । 

जन्मे लगत्तै कानूनी रुपमा राज्यका नागरिकहरुको फेहरिस्तमा नाम जोडिनु पर्छ र यो हरेक नागरिकको नैसर्गिक अधिकार हो । बुवा महेन्द्र सदाकै नागरिकता प्रमाणपत्र बन्न नसकेका कारण अहिले गोनरको पूरै परिवार नै पहिचानविहीन छ । 

उनी भन्छन्– ‘बुवाको नागरिकता नहुँदा मेरो जन्म दर्ता बन्न सकेन । अहिले मेरो नागरिकता नहुँदा श्रीमती, छोराछोरी, नातिनातिनीसम्मको पहिचान बन्न नसकेको हो ।’ जन्म दर्ता नबन्दा गोनरका छोराछोरीहरु विद्यालय पनि जान पाएका छैनन् भने नाति नातिनीले त्यो अवसर पाउने कुरै भएन । 

आर्थिक विपन्नताका कारण केही समय भारतको पञ्जाबमा काम गरेर परिवारका केही सदस्यसहित हालै फर्कनुभएका गोनर स्वदेशमै मिहिनेत गर्ने चाहना भएपनि नेपाली भएको कुनै पहिचान नहुँदा समस्या भइरहेको सुनाउँछन् । 

गाउँमा नागरिकता टोली आएका बखत पनि उहाँ पञ्जाबमै रहेका थिए । गोनर भन्छन् – ‘त्यति बेला छरछिमेकको नागरिकता बन्यो, हामी छुटिहाल्यौं ।’ त्यसयता नागरिकताका लागि तत्कालीन गाविस कार्यालयदेखि अहिलेको स्थानीय तहको वडा कार्यालयसम्म सिफारिश पाउन धाउँदै गरे तर, पाएका छ्रैनन् । 

‘नागरिकताको सिफारिशका लागि जन्म दर्ता खोज्छन् तर, आफ्नो जन्म दर्ता छैन,’ अमिरका देवी भन्छिन्– ‘नेपालमै जन्मिए तर, नेपाली भएको कुनै प्रमाण नहुँदा आफ्नो जीवन नै व्यर्थ भएको महसुश भइरहेको छ ।’ 

नागरिकता नबन्दै ससुरा महेन्द्रको पाँच वर्षअघि मृत्यु भएपछि आफूहरु झन् समस्या फसेको अमिरका देवीको भनाइ छ । 

नागरिकता नहुँदा समाज र समुदायबाटै पनि अलग थलग हुनुपरेको पीडा उनी सँग छ । अमिरका देवी भन्छिन्– ‘नागरिकताकै अभावमा गाउँ स्तरमा बन्ने कुनै पनि समूहको सदस्यता पाउन सकिरहेकी छुइनँ ।’ 

यो समस्या सप्तरीको शम्भुनाथ नगरपालिकामा मात्रै होइन, सप्तरी र सिरहाका विभिन्न स्थानीय तहहरुमा विद्यमान रहेको पाइएको छ । 

सिरहा र सप्तरीमा जन्म दर्ता, विवाह दर्ता र नागरिकताको ठूलै समस्या पाइएपछि व्यक्तिगत घटना दर्ता तथा नागरिक शिक्षा कार्यक्रमसमेत शुरु गरिएको छ । युएसएडको सहयोगमा समग्र विकास सेवा केन्द्रले सिरहा र सप्तरीमा नागरिक शिक्षा तथा व्यक्तिगत घटना दर्ता अभियान सञ्चालन गरेको छ । 

अभियानका क्रममा सिरहा र सप्तरीका विभिन्न स्थानीय तहमा नागरिकताबाट वञ्चित व्यक्तिहरुको तथ्याँक संकलन सँगसँगै नागरिकता बनाउन समेत पहल गरिने सेवा केन्द्र सप्तरीका संयोजक अरुण कुमार चौधरी बताउँछन् । 

संयोजक चौधरीका अनुसार सिरहाको लहान नगरपालिका, कर्जन्हा नगरपालिका र लक्ष्मीपुर पतारी गाउँपालिका तथा सप्तरीको शम्भुनाथ नगरपालिका, कञ्चनरुप नगरपालिका, सुरुङ्गा नगरपालिका र कृष्णासबरण गाउँपालिकामा तथ्याँक संकलनको कार्य शुरु गरिएको छ । 

तथ्याँक संकलनसँगै स्थानीय जनप्रतिनिधि र सरोरकारवाला निकायका प्रतिनिधिहरुसँग स्थानीय तहमा देखिएको नागरिकतासम्बन्धी समस्या र नागरिक शिक्षाका बारेमा छलफल र अन्तरक्रिया समेत गर्ने गरिएको छ । 

जन्म दर्ताबाट वन्चित व्यक्तिहरुमध्ये अधिकांशले यस्ता छलफलमा जन्म दर्ता प्रमाणपत्रकै अभावमा पढ्न नपाएको दुःखेसो पोखेका थिए । 

नागरिकता र जन्म दर्ताको महत्व नबुझेर पूर्वजले समयमै जन्म दर्ता, विवाह दर्ता, मृत्यु दर्ता प्रमाणपत्र बनाउन वेबास्ता गर्दा अहिलेको सन्ततिले नराम्ररी दुःख पाइरहेको सुरुङ्गा नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ चौधरीले बताए । 
उनी भन्छन्– ‘एकातिर जनचेतनाको अभावले नागरिकताको समस्या देखिएको छ भने अर्कोतर्फ २०६५ सालमा गाउँगाउँमा खटिएको नागरिकता टोलीले जथाभावी वितरण गरेको जन्मसिद्ध नागरिकताले पनि समस्या बढाएको छ ।’ 

उनका अनुसार टोलीले धमाधम जन्मसिद्ध नागरिकता वितरण गर्दा अहिले जन्मसिद्ध नागरिकता लिएका व्यक्तिका सन्तानले नागरिकता नपाइरहेको स्थिति देखापरेको छ । 

प्रमाण जुटाउन नसक्दा कतिपयलाई जन्म दर्ता र नागरिकता प्रमाणपत्रका लागि सिफारिश दिन कठिनाइ भइरहेको अनुभव सुनाउने हुने शम्भुनाथ नगरपालिका वडा नं ५ का वडाअध्यक्ष हिरण्यकुमार चौधरीले त्यस्ता परिवारको नागरिकता समस्या समाधानका लागि पहल भइरहेको बताउँछन् ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
वर्षौंपछि उर्लेको कालीले दियो कहिल्यै नमेटिने पीडा, मुस्ताङदेखि सुस्तासम्म कसरी फैलियो बाढी ?

वर्षौंपछि उर्लेको कालीले दियो कहिल्यै नमेटिने पीडा, मुस्ताङदेखि सुस्तासम्म कसरी फैलियो बाढी ?

मौसम पूर्वानुमान महाशाखादेखि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हरेक दिन, हरेक क्षण मौसमको अपडेट गराइरहे । सम्भावित क्षतिबाट जोगिने उपाय खोज्न र जोखिम कम गर्न भनिरहे...
मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध

मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध

नेपाल प्रहरीका अनुसार रसुवा, नुवाकोट, धादिङ, काभ्रेपलाञ्चोक, चितवन, मनाङ, बागलुङ, रोल्पा, कालिकोट, गुल्मी, म्याग्दी, मुस्ताङ, हुम्ला, नवलपरासी पूर्व, पाल्पा, ललितपुर, लमजुङ, तनहुँ र पर्वतलगायत जिल्लाका सडक प्रभावित भएका...
मनाङ र मुस्ताङमा पहिरोले नदीको बहावमा अवरोध, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

मनाङ र मुस्ताङमा पहिरोले नदीको बहावमा अवरोध, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नदीमा बनेको अवरोध जुनसुकै बेला फुट्न सक्ने जोखिम रहेकाले दुवै नदीका तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई खाना र शौचालयको सास्ती (तस्बिर)

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई खाना र शौचालयको सास्ती (तस्बिर)

काठमाडौँ जोड्ने पृथ्वी राजमार्ग अवरुद्ध भएपछि चितवनको नारायणगढ बाइपास, आँपटारी, रामनगर, जुगेडी, मुग्लिन, फिसलिङ र कुरिनटारलगायत क्षेत्रमा मालवाहक गाडीहरूको लामो लाइन लागेको छ । सडक किनारमा गाडी रोकेर...

भर्खरै