नेभिगेशन
समाज

सेरेस ईभीको दुर्दशाः ५३ लाखमा नयाँ गाडी, मर्मत खर्च १ करोड ५० लाख ! 

राजेशको अफिसमा पार्किङ गरेर राखिएको सेरेस थ्री ईभी मोडलको कार बाढीले डुबायो । सो कार केही महिनाअघि मात्रै ५३ लाख रुपैयाँमा खरिद गरिएको थियो । आधा करोड खर्चिएर किनेको कारको बीमा नेको इन्स्योरेन्समा गरिएको थियो ।  

काठमाडौँ । पछिल्लो समय नेपालमा विद्युतीय गाडीको बजार आक्रामक बनिरहेको छ । आयातित डिजेल र पेट्रोल विस्थापन गरेर आफ्नै देशको बिजुलीमार्फत चल्ने गाडी पाइनु आर्थिक र वातावरणीय हिसाबले निकै राम्रो हो । यही भावनामा खेलेर व्यापारीहरुले अहिल्यै र तुरुन्तै विद्युतीय गाडी नकिने पछि परिन्छ जस्तो गरी बजारमा भड्किलो प्रचार गरिरहेका छन् । बलियो र गुणस्तरीय विद्युतिय गाडी उपभोक्ता र अर्थतन्त्र दुवैका लागि हितकर हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


तर, व्यापारीहरुले वित्तिय संस्थादेखि बिमा कम्पनीलाई समेत प्रभावमा पारेर  खेलौना जस्ता कमसल र गुणस्तरहीन गाडी उपभोक्तालाई विक्री गरिरहेको कुरा यस्ता गाडीमा फसेका उपभोक्तालाई मात्रै थाहा छ ।  भड्किलो प्रचार गरेर बिक्री गरिएका यस्ता विद्युतीय गाडीहरु कुन हदसम्म कमसल छन् ? र आर्थिक क्षतिका हिसाबले यस्ता गाडीहरु उपभोक्ताका कसरी पहुँच बाहिरका छन् भन्ने एक केश स्टडी आजमाथि प्रस्तुत गर्दैछौँ । र यो विद्युतीय गाडी सेरेज ब्राण्डसँग सम्बन्धित छ । 

Ncell
Extreme Energy


गत असोज १२ गते काठमाडौँ उपत्यका र यसमा आसमा क्षेत्रमा भिषण बाढी आयो । सो बाढीमा परेर ठूलो मात्रामा धनजनको क्षति पनि भयो । उत्तरी ललितपुरबाट आएको बाढी बालकुमारीको बालकुमारी हिल भ्यू  हाउजिङमा पस्यो । सो हाउजिङमा रहेका घर र गाडीहरु डुबानमा परे । तिनै मध्येका एक थिए, राजेश न्यौपाने ।  राजेशको अफिसमा पार्किङ गरेर राखिएको सेरेस थ्री ईभी मोडलको कार बाढीले डुबायो । सो कार केही महिनाअघि मात्रै ५३ लाख रुपैयाँमा खरिद गरिएको थियो । आधा करोड खर्चिएर किनेको कारको बीमा नेको इन्स्योरेन्समा गरिएको थियो ।  


राजेशका अनुसार पानीले डुबेपछि उनले गाडी कम्पनी एमएडब्लु वृद्धि मोटर्समा सम्पर्क गरे । १३ असोजमा कम्पनीको सर्भिस सेन्टरबाट कर्मचारीहरु गाडी डुबेको ठाउँमा पुगे । त्यसपछि १५ असोजमा कारलाई झिकेर वर्कशपमा लगियो । वर्कशपमा लगिएको कारलाई केही मात्रामा धोई पखाली गरेपछि कम्पनीले इन्स्योरेन्स कम्पनीलाई खबर गरे र उनीहरु आएर हेरेपछि मात्रै मर्मत गर्नेबारे निर्णय लिने जानकारी राजेशलाई गराए । दसैँले छोपेका कारण राजेश चितवन घर लागे र अब एकै पटक कात्तिक ६ गते उनी वर्कशपमा पुगे । सो दिन गाडीको इन्स्योरेन्स गरेको नेको इन्स्योरेन्स गाडी हेर्न पुगेको थियो ।


सामानको क्षति हरेर मर्मतबारे निर्र्र्यौल गर्ने सल्लाहपछि कात्तिक १२ देखि १४ सम्मको दुई दिनमा गाडीको सबै सामान निकालेर फोटो खिचेर इन्स्योरेन्समा पठाइयो । इन्स्योरेन्सले गाडी मर्मत गर्न लाग्ने खर्चको हिसाब किताब गर्यो । तर, मर्मत गर्न लाग्ने भनी आएको खर्चको रकम सबैलाई चकित बनाउने खालको थियो । गाडी धनी न्यौपानेकाअनुसार ५३ लाखमा नयाँ किनेको गाडीको मर्मत खर्च एक करोड ५० लाख रुपैयाँ हाराहारी आयो । 
‘गाडी बिक्री गर्ने कम्पनीले गाडी भन्दा पाट्र्स महँगो रहेको बतायो,’ न्यौपानेले सिधाकुरासँग भने, ‘अब ५३ लाखमा किनेको गाडीलाई एक करोड ५० लाख तिर्न सक्ने अवस्थामा इन्स्योरेन्स कम्पनी रहेन ।’ 


उनकाअनुसार पानीमा डुबेको कारको च्यासिस र मोटर कामै नलाग्नेगरी बिग्रिन पुगेको थियो । ति दुवै नयाँ किन्न र अन्य सामान फेर्न सो लागत लागेको हो । उक्त गाडी बनाउनै नसक्ने अवस्था देखेपछि कारलाई मंसिर १७ गते टोटल लस मूल्याङ्कन गरेको न्यौपाने बताए । उनका अनुसार त्यसपछि इन्स्योरेन्सले १० प्रतिशत स्यालवेज र १० प्रतिशत डिप्रिसिएसन खर्च कटाएर ४२ लाख ३४ हजार रुपैयाँ रकम दिने निर्णय गर्यो । 


साथै गाडीको दर्ता खारेजी गरेर बाँकी घाटा पार्टस् बिक्रीबाट गर्न क्षतविक्षत अवस्थाको गाडी पनि फिर्ता दिइएको न्यौपानेले बताए । बाढीले डुबेको तीन महिनापछि बल्ल बल्ल न्यौपानले गाडीमा २० प्रतिशत क्षति व्यहोरेर रकम त पाए । तर, त्यो पाउन व्यहोरोको हैरानी आफूले बिर्सनै नसक्ने उनको भनाई छ । आफ्नो हकमा इन्स्योरेन्स कम्पनीले क्षति व्यहोरेका कारण राहत भए पनि गाडी भन्दा तीन गुणा महँगो पाट्र्स भएको गाडी बजारमा बिक्री भइरहेको यो घटनाबाट आफूले थाहा पाएको उनको भनाई छ । ‘मसँग भएको पूरानो गार्डीका पार्टस् अझै बिक्री भएको छैन,’ न्यौपानेले भने, ‘सेरेसका कारमा सामान फेर्न प¥यो भने ग्राहकको ढाँड भाँचिने रहेछ । मेन्टेनेन्स शुल्क असाध्यै बढी रहेछ ।’ 


सेरेसको गाडीको सो बेफइदाबारे सिधाकुराले कम्पनीसँग कुरा गरेको थियो । सिधाकुराको सम्कर्पमा आएका एमएडब्लु बृद्धिका एक बजार प्रतिनिधिले सबै प्रकारका विद्युतीय गाडीमा यस्तो समस्या रहेको दाबी गरे । आफू परिचय दिएर बोल्न नमिल्ने भन्दै उनले असोजको बाढीमा आफ्नो एउटा मात्रै गाडी परेको र सो समस्या अहिले सल्टिएको दाबी गरे । 


सेरेस गाडीको बीमामा इन्स्योरेन्स कम्पनी भने फसेका छन् । गाडीको बिक्री पछिको मर्मत सेवा र मूल्यबारे पहिल्यै जानकारी नहुँदा समस्यामा परेको कम्पनीहरुको दाबी छ । कतिपय इन्स्योरेन्स कम्पनीले भने गाडी व्यापारी र आफ्नो कम्पनीको लगानीकर्ता एकै भएका कारण बाध्यतामा यस्ता कमसल गाडीमा बीमा पोलेसी जारी गर्नु परेको बताएका छन् । न्यौपानेको सेरेस गाडीको बीमा पोलेसी जारी गरेको नेको इन्स्योरेन्सले बिक्री पछिको सेवा र पाट्र्सको मूल्य निकै महँगो भएको महसुस गरेको जनाएको छ । आफ्नो कम्पनीको एक दुई घटनामा मात्रै नभई समग्रतामा यसलाई हेरिनुपर्ने नेको इन्स्योरेन्सले जनाएको छ । 


विद्युतीय कारलाई कम प्रिमियम भन्ने नीतिअनुसार गाडी बीमा गरेका कम्पनीहरु समस्या पहिचानपछि पुर्नमूल्याङ्कनमा पुगेको नेको इन्स्योेरेन्स लिमिटेडका सूचना अधिकारी विष्णुप्रसाद धितालले बताए । ‘विद्युतीय गाडी नयाँ सस्तो र पाट्स पुर्जा महँगो पर्ने समस्या देखियो,’ धितालले सिधाकुरासँग भने, ‘बाढीका कारण धेरै इन्स्योरेन्स कम्पनीहरु समस्यामा परेको बुझिएको छ । अब यो व्यवसाय गर्ने हो भने प्रिमियम बढाउनुको विकल्प छैन ।’ 
उनका अनुसार विद्युतीय गाडीको तुलनामा डिजेल पेट्रोल गाडीको मर्मत र पार्टस् निकै सस्तो छ । अटो मोबाइल क्षेत्रका जानकारहरु भने विद्युतीय गाडीमा उपभोक्ताले बलियो र कमसल कुन गाडी हो भन्ने छुट्याउनै नसकेको बताउँछन् । विद्युतीय गाडी खरिद गर्दा मूल्य मात्रै नभई बिक्री पछिको सेवा र पाट्र्सको मूल्य तथा कस्तो अवस्थामा गाडीमा कस्तो क्षति पुग्छ भन्ने यकिन गर्न उनीहरुको सुझाब छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
शनिबार र आइतबार अनिवार्य बिदा दिन विद्यालयलाई निर्देशन

शनिबार र आइतबार अनिवार्य बिदा दिन विद्यालयलाई निर्देशन

शिक्षा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार शैक्षिक संस्थामा हप्ताको दुई दिन बिदा दिने व्यवस्था कार्यान्वयन गर्न स्थानीय तहलाई अनुरोध गरेपछि महानगरका केही संस्थागत विद्यालयले आइतबारसमेत पठनपाठन सञ्चालन गरेको...
थापाथलीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

थापाथलीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

प्रहरीका अनुसार गएराति शंखमुलबाट थापाथलीतर्फ आउँदै गरेको बा४१प ४७०८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलको रेलिङमा ठोक्किएको थियो । रेलिङमा ठोक्किएपछि मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको बाप्र०२०६२ प ९६३१...
रसुवा–भोटेकोशी बाढीः बेपत्ता नागरिकको प्रमाणीकरण र अस्थायी आवास निर्माणका लागि विशेष प्रक्रिया सुरु

रसुवा–भोटेकोशी बाढीः बेपत्ता नागरिकको प्रमाणीकरण र अस्थायी आवास निर्माणका लागि विशेष प्रक्रिया सुरु

काठमाडौँको सामाखुसीस्थित नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा एक हजार ९५७ वटा र राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा एक हजार ७२८ वटा नमूना परीक्षणका लागि प्राप्त भएका छन् ।...
उपचार खर्च तिर्न नसक्दा पार्थिव शरीर तीन दिनदेखि अस्पतालमै

उपचार खर्च तिर्न नसक्दा पार्थिव शरीर तीन दिनदेखि अस्पतालमै

आर्थिक अवस्था कमजोर रहेको परिवारले उपचारको बाँकी रकम भुक्तानी गर्न नसक्दा सोविताको पार्थिव शरीर घर ल्याएर अन्तिम संस्कार गर्न सकेको छैन । सोविताले भदौ ३१ गते विष सेवन...