नेभिगेशन
समाज

कुलमानका कारण लोडसेडिङ हटेको होइन, साँझको समय घरमै लोडसेडिङ हुने अवस्था छः उर्जामन्त्री खड्का

काठमाडौँ । उर्जा जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था रहेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार राष्ट्रियसभा बैठकमा सांसदहरुले राखेका प्रश्नको जवाफ दिदै मन्त्री खड्काले अहिले ८३० मेगावाट विद्युत भारतबाट आयात भइरहेको र मुलुकभित्रको उत्पादन करिव हजार मेगावाट रहेकाले साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था देखिएको बताएका हुन् । 

Ncell
Extreme Energy

मन्त्री खड्काले यसअघि लोडसेडिङको अन्त्य भएको भनिएपनि उद्योगमा लोडसेडिङ कायमै रहेको जिकिर गरे । भारतबाट विद्युत आयात गरेर धान्न सक्ने अवस्था अव नरहेको उनको भनाइ छ ।

मन्त्री खड्काले बर्षायाममा उत्पादित ३५ सय मेगावाट मध्ये विधुत प्राधिकरणले ७ सय मेगावाट विद्युत मात्र उत्पादन गरेको र बाँकी सवै विद्युत निजी क्षेत्रले उत्पादन गरेको जानकारी दिए । 

निजी क्षेत्रको उत्पादन र भारतबाट आयात गरिएकाले लोडसेडिङ हटेको जस्तो देखिएको भन्दै उनले उज्यालो नेपालको नायक कुलमान घिसिङ नभएको तर्क गरे । 

उनले कुलमान घिसिङले सार्वजनिक गरेको प्राधिकरणको नाफाको बिषयमा पनि सत्यता नरहेको जिकिर गरे । उनले चमेलियामा काम गरेको पैसा नतिरेका कारण विधुत प्राधिकरणको बैंक खाता रोक्का भएको बताए । बैंक खाता रोक्का हुँदा पनि मन्त्रालयलाई कुनै जानकारी नआएकाले आफुले आवश्यक कागजात माग गरेको उनले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढी पहिरोको जोखिमपछि बिपी राजमार्गमा सवारी सञ्चालनमा रोक

बाढी पहिरोको जोखिमपछि बिपी राजमार्गमा सवारी सञ्चालनमा रोक

बैठकले वर्षा तथा बाढीको अवस्था मूल्याङ्कन गरी दिनको समयमा सवारीसाधन सञ्चालन रोक्नुपर्ने अवस्था देखिएमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले आवश्यक निर्णय लिनसक्ने व्यवस्था गरेको छ । निर्णय कार्यान्वयनमा सहजीकरणका...
यी नदीमा जलसतह बढ्ने पूर्वानुमान, तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

यी नदीमा जलसतह बढ्ने पूर्वानुमान, तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

महाशाखाका बाढीविद् सौहार्द जोशीले  कोशी, नारायणी, कर्णाली, महाकालीलगायत प्रमुख नदी तथा सहायक नदीमा जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान गर्दै उच्च सतर्कता अपनाउन आग्रह  गरे ।
सम्भावित भीषण वर्षाः कहाँ कहाँ पर्छ धेरै पानी ?

सम्भावित भीषण वर्षाः कहाँ कहाँ पर्छ धेरै पानी ?

भदौ १० को भोटेकोशी बाढीले ल्याएको विपत्ति ताजै छ । दुई वर्षअघि राजधानी नै डुबेको, हेर्दा हेर्दै नख्खुबाट मान्छे बगेको, झ्याप्ले खोलामा ३५ जना मान्छे बसभित्रै पुरिएको हामीले...
सर्वोच्चले भन्यो– भरत दाहाललाई उपस्थित गराऊ

सर्वोच्चले भन्यो– भरत दाहाललाई उपस्थित गराऊ

सर्वोच्च अदालतले भरत दाहाललाई चौबीस घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश जारी गरेको छ ।