नेभिगेशन
सबै कुरा

भूकम्पपीडितकाे राहातमा बेइमानीः फोटो भूकम्पपीडितको, राहात आसेपासेलाई मात्रै

बझाङ । दशैंको चहलपहलले बझाङको जयपृथ्वी नगरपालिका १० को दलित बस्तीलाई छोएन । दशैंमा रमाउन त परको कुरा दलित बस्तीका १५ परिवारले मिठो मसिनो खाएर निदाउन पनि पाएनन् । असोज १६ गते आएको भुकम्पपश्चात् उनीहरुको घरभित्र बास समेत भएको छैन् । 

जयपृथ्वी नगरपालिका १० स्थित दलित बस्तीका १५ परिवारको अहिलेपनि खुल्ला आकासमुनी त्रिपालमा छन् । 

City Express


राहत दिने निकाय थुप्रै आएपनि आफुहरुले राहतको अनुहारसमेत देख्न नपाएको दुरु कामीको गुनासो रहेको छ । ‘राहत दिन र दशैंको मुखका सानत्वना दिनभनदै जयपवृथ्वी नगरपालिका मेयर चेतराज बरालको टोली बस्तीमा नै आएपनि त्रिपालमुनी बस्दै आएका हामीहरुमाथी उहाँको नजर पुगेन् । 

राजनितिक पहुँचका आधारमा उहाँले पनि आसेपासेलाई नै राहत स्वरुप १० हजार रुपैयाँ वितरण गरेर जानुभयो । गरिव र आवाज नभएकाहरुलाई स्थानीय सरकारले समेत हेरेन भने प्रधानमन्त्रीको राहत हाम्रो पालमुनी पुग्छभन्ने आसा नै छैन,’ दुरुले दुःखेसो पोखिन् । 

अहिले टोलभरीको स्थानीयहरु पाल टाँगेर बसिरेको स्थानीय जानकी केसीले भनिन् ‘घरवारविहीन भएकाहरुलाई राहत दिनुको साँटो आफ्ना कार्यकर्ताहरुलाई मात्रै राहत दिनु पीडितमाथीको अन्याय भएको छ । हामी १५ जना एउटै त्रिपालमा छौ । बस्नलाई घर छैन्, चिसो मौषममा ज्वरो र रुगाखोकीले बृद्धबृद्धालाई समस्या भइरहेको छ । तर सरकारको नजर पुगेन । प्रधानमन्त्री आएर तत्काल राहात उपलब्ध गराउँछु भनेर जानुभएको छ । तर आज कात्र्तिकको ७ गते भइसक्यो, खैत राहत ?’


स्थानीय सरकारदेखी प्रदेश र संघसरकारका प्रतिनिधीहरु आएर आश्वासन दिने बाहेक अरु केही नपाएको जयबहादुर विकले बताए । आएका सरकारका प्रतिनिधीहरुले हाम्रोघरको फोटो खिचेर राहत कार्यकर्तालाई दिएको उनको भनाई छ । उनीभन्छन्, ‘फोटो चाँही हाम्रो घरको खिच्ने अनी राहत चाँही अरुलाई दिने ?’

पूर्णरुपमा घर क्षेती भएको घरमा छ परिवार वस्दै आएको भएपनि अहिले आफुहरु घरवार विहीन भएको दुरुले बताइन् । दुई नाति नातिनीहरुसँग बस्दै आएकी उनी अहिले छिमेकीको पालको साहारामा बस्दै आएकी छन् । दशै तिहार मुखैमा आएको भएपनि दशैं खल्लो भएको उनीहरुको भनाई छ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आइसिसी विश्वकप लिग–२ः नेपाल युएइसँग पराजित

आइसिसी विश्वकप लिग–२ः नेपाल युएइसँग पराजित

आइसिसी एकेडेमी दुबईमा आज सम्पन्न चौथो तथा अन्तिम खेलमा घरेलु टोली युएईसँग चार विकेटले पराजित भएसँगै नेपाल जीतविहीन बनेको हो । त्यसअघि नेपाल अमेरिकासँग १०६ रन र चार...
साढे ७ घण्टापछि सकियो रवि लामिछानेको बयान

साढे ७ घण्टापछि सकियो रवि लामिछानेको बयान

बयानका लागि लामिछानेलाई आज दिउँसो १ बजे नख्खु कारागारबाट सिंहदरवारस्थित आयोगको कार्यालय लगिएको थियो । आयोगले उनीसँग करिब साढे ७ घण्टा बयान लिएको छ ।
आफुहरुको पार्टीलाई एक नम्वरको पार्टी बन्न कसैले रोक्न नसक्ने प्रचण्डको दावी

आफुहरुको पार्टीलाई एक नम्वरको पार्टी बन्न कसैले रोक्न नसक्ने प्रचण्डको दावी

बुधबार काठमाडौंको भृकुटिमण्डपमा आयोजित पार्टी एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले कम्युनिस्ट इतिहासमा १० घटकको एकता भएको दिन अभूतपूर्व, ऐतिहासिक र असाधारण हुने भन्दै एक नम्वरको पार्टी बन्न...
सार्वजनिक स्थल र दुर्गम क्षेत्रमा निःशुल्क वाइफाइ अभियानकै रूपमा अगाडि बढाइन्छः सञ्चारमन्त्री खरेल

सार्वजनिक स्थल र दुर्गम क्षेत्रमा निःशुल्क वाइफाइ अभियानकै रूपमा अगाडि बढाइन्छः सञ्चारमन्त्री खरेल

काठमाडौँका महत्त्वपूर्ण सार्वजनिक स्थानमा उपलब्ध गराइएको निःशुल्क वाइफाइ इन्टरनेट सेवाको बुधबार स्थलगत निरीक्षण गर्दै उनले सङ्घीय राजधानी काठमाडौँका संवेदनशील र महत्त्वपूर्ण सार्वजनिक स्थलका साथै काठमाडौँ बाहिरका ग्रामीण क्षेत्रमा...