नेभिगेशन
सबै कुरा

भूकम्पपीडितकाे राहातमा बेइमानीः फोटो भूकम्पपीडितको, राहात आसेपासेलाई मात्रै

बझाङ । दशैंको चहलपहलले बझाङको जयपृथ्वी नगरपालिका १० को दलित बस्तीलाई छोएन । दशैंमा रमाउन त परको कुरा दलित बस्तीका १५ परिवारले मिठो मसिनो खाएर निदाउन पनि पाएनन् । असोज १६ गते आएको भुकम्पपश्चात् उनीहरुको घरभित्र बास समेत भएको छैन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जयपृथ्वी नगरपालिका १० स्थित दलित बस्तीका १५ परिवारको अहिलेपनि खुल्ला आकासमुनी त्रिपालमा छन् । 

Ncell
Extreme Energy


राहत दिने निकाय थुप्रै आएपनि आफुहरुले राहतको अनुहारसमेत देख्न नपाएको दुरु कामीको गुनासो रहेको छ । ‘राहत दिन र दशैंको मुखका सानत्वना दिनभनदै जयपवृथ्वी नगरपालिका मेयर चेतराज बरालको टोली बस्तीमा नै आएपनि त्रिपालमुनी बस्दै आएका हामीहरुमाथी उहाँको नजर पुगेन् । 

राजनितिक पहुँचका आधारमा उहाँले पनि आसेपासेलाई नै राहत स्वरुप १० हजार रुपैयाँ वितरण गरेर जानुभयो । गरिव र आवाज नभएकाहरुलाई स्थानीय सरकारले समेत हेरेन भने प्रधानमन्त्रीको राहत हाम्रो पालमुनी पुग्छभन्ने आसा नै छैन,’ दुरुले दुःखेसो पोखिन् । 

अहिले टोलभरीको स्थानीयहरु पाल टाँगेर बसिरेको स्थानीय जानकी केसीले भनिन् ‘घरवारविहीन भएकाहरुलाई राहत दिनुको साँटो आफ्ना कार्यकर्ताहरुलाई मात्रै राहत दिनु पीडितमाथीको अन्याय भएको छ । हामी १५ जना एउटै त्रिपालमा छौ । बस्नलाई घर छैन्, चिसो मौषममा ज्वरो र रुगाखोकीले बृद्धबृद्धालाई समस्या भइरहेको छ । तर सरकारको नजर पुगेन । प्रधानमन्त्री आएर तत्काल राहात उपलब्ध गराउँछु भनेर जानुभएको छ । तर आज कात्र्तिकको ७ गते भइसक्यो, खैत राहत ?’


स्थानीय सरकारदेखी प्रदेश र संघसरकारका प्रतिनिधीहरु आएर आश्वासन दिने बाहेक अरु केही नपाएको जयबहादुर विकले बताए । आएका सरकारका प्रतिनिधीहरुले हाम्रोघरको फोटो खिचेर राहत कार्यकर्तालाई दिएको उनको भनाई छ । उनीभन्छन्, ‘फोटो चाँही हाम्रो घरको खिच्ने अनी राहत चाँही अरुलाई दिने ?’

पूर्णरुपमा घर क्षेती भएको घरमा छ परिवार वस्दै आएको भएपनि अहिले आफुहरु घरवार विहीन भएको दुरुले बताइन् । दुई नाति नातिनीहरुसँग बस्दै आएकी उनी अहिले छिमेकीको पालको साहारामा बस्दै आएकी छन् । दशै तिहार मुखैमा आएको भएपनि दशैं खल्लो भएको उनीहरुको भनाई छ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
फेरी बढ्याे पेट्रोलियम पदार्थको मूल्य, कती पुग्याे ?

फेरी बढ्याे पेट्रोलियम पदार्थको मूल्य, कती पुग्याे ?

योसँगै पेट्रोल र डिजेलको मूल्य काठमाडौं, पोखरा र दिपायलमा  २ सय रुपैयाँ, सुर्खेत र दाङमा १ सय ९९ रुपैयाँ कायम हुने भएको छ । त्यस्तै, चारआली, विराटनगर, जकपुर,...
फेरी पक्राउ परे दुर्गा प्रसाईं

फेरी पक्राउ परे दुर्गा प्रसाईं

उनलाई शान्ति सुरक्षामा खलल पुर्‍याएको आरोपमा भक्तपुर प्रहरीले प्र्रसाईलाई निवासबाटै पक्राउ गरेको हो।
विभाजित नेताहरुलाई जोड्ने उद्देश्यले कांग्रेसका युवा नेताहरुले सुरु गरे ‘देश र काँग्रेस जोड्ने’ अभियान

विभाजित नेताहरुलाई जोड्ने उद्देश्यले कांग्रेसका युवा नेताहरुले सुरु गरे ‘देश र काँग्रेस जोड्ने’ अभियान

नेता नैनसिंह महर, रञ्जित कर्णलगायतको पहलमा सञ्चालन हुन लागेको अभियानअन्तर्गत साउन २० गते ‘राष्ट्रिय एकता भेला’ आयोजना गरिने जानकारी दिइएको छ ।  आयोजकका अनुसार पालिका, प्रदेशसभा तथा प्रतिनिधिसभा...