नेभिगेशन
समाज

‘२०८४ सालसम्म प्रधानमन्त्री हुन्न, जनताका समस्या सदनमा उठाउँछु’: प्रचण्ड

वीरगञ्ज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू २०८४ सालसम्म प्रधानमन्त्रीको दौडमा नरहेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रेस सेन्टर पर्साले वीरगञ्जमा आज आयोजना गरेको ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’का क्रममा वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले  भने, “म अब २०८४ सालसम्म प्रधानमन्त्री हुन्न । म जनतासँगै रहन्छु । जनताका समस्या सदनमा उठाउँछु ।” 

Ncell
Extreme Energy

पूर्वप्रधानमन्त्री दाहालले सरकारमा हुँदा एउटा र सरकारबाहिर हुँदा अर्को भन्ने कुरा माओवादी केन्द्रको हकमा लागू नहुने उल्लेख गरे । “हामीले सरकारमा हुँदा भ्रष्टाचारीलाई कारबाहीको दायरामा ल्याएका थियौँ,”  उनले भने । 

अध्यक्ष दाहालले पत्रकार सम्मेलनअघि वीरगञ्जमा ‘माओवादीसँग समुदाय’ संवाद कार्यक्रममा तराई–मधेस हुलाकी राजमार्ग केन्द्रित जागरण अभियानअन्तर्गत झापादेखि पर्सासम्म आइपुग्दा हुलाकी राजमार्गलाई अघि बढाउने कार्यमा अफ्नो पहल कदमी रहेको बताए । 

फरक प्रसङ्गमा अध्यक्ष दाहालले वीरगञ्जको मुख्य सडक छेउमा बसोबास गर्ने जनतालाई विस्थापित गर्न नहुने धारणा राखे । “वीरगञ्जमा बाइपासलगायत ठूला संरचनाका सडक तयार भइसकेका छन् । तर जनतालाई विस्थापित गर्ने गरी सडक विस्तार अभियान अघि बढाउन हुँदैन,” उनले भने।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अमेरिका जानुअघि प्रधानमन्त्रीलाई कांग्रेसको सुझाव– भोटेकोशी विपद्‍लाई अन्तर्राष्ट्रियकरण गरौँ

अमेरिका जानुअघि प्रधानमन्त्रीलाई कांग्रेसको सुझाव– भोटेकोशी विपद्‍लाई अन्तर्राष्ट्रियकरण गरौँ

उपसभापति शर्माले प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको महासभामा जाँदै गर्दा  प्रधानमन्त्रीलाई सिङ्गो देश, सम्पूर्ण नेपाली र प्रमुख प्रतिपक्षी दलको साथ छ भन्ने बलियो सन्देश दिन खोजिएको बताए ।
राष्ट्रियसभा अध्यक्षले यसरी गरे नेपाल–चीन सम्बन्धको व्याख्या

राष्ट्रियसभा अध्यक्षले यसरी गरे नेपाल–चीन सम्बन्धको व्याख्या

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले नेपाल र चीनबीचको सम्बन्ध हजारौँ वर्ष पुरानो रहेको बताएका छन् ।
लोकसेवाको राय लगत्तै यस्ताे आउनेछ निजामती सेवा विधेयक (विधेयकमा समावेश नयाँ व्यवस्थासहित)

लोकसेवाको राय लगत्तै यस्ताे आउनेछ निजामती सेवा विधेयक (विधेयकमा समावेश नयाँ व्यवस्थासहित)

सरकारले सङ्घीय निजामती सेवा विधेयक ल्याउने तयारीलाई गति दिएको छ । विधेयकलाई अन्तिम रूप दिनुअघि सरकारले लोकसेवा आयोगको परामर्श कुरिरहेको छ ।