नेभिगेशन
मुख्य समाचार

कांग्रेसका दुई भाइ माहामन्त्रीले एकै स्वरमा भने, 'कुलमान हटाउनु  सरकारको गलत कदम'

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्माले कुलमानलाई सरकारले हटाउने निर्णय गरेको असन्तुष्टि व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा आफ्नो अभिव्यक्ति दिदै दुवै महामन्त्रीले कुलमान हटाउनु सरकारको गलत कदम भएको औँल्याएका छन् । 


महामन्त्री थापाले आफूहरु सरकारको डेलिभरीबाट बढिरहेको असन्तुष्टि हटाउन दिन रात काम गरिरहेको अवस्थामा सरकार चाही आफैँ असन्तुष्टिको आगोमा मट्टितेल हाल्ने काम गरेको बताएका छन् । उनले लेखेका छन्ः 

आम नागरिकमा असन्तुष्टि बढ्दो छ। त्यही असन्तुष्टिको तावामा स्वार्थको रोटी सेक्न उद्धत एउटा तप्का सलबलाइरहेको छ। यस्तो बेला सरकारको डेलिभरीबाट त्यो असन्तुष्टिलाई सम्बोधन गर्दै आगो नै निभाइदिऊ भनेर हामी दिन रात नभनी मेहनत गर्ने सरकार चाही आफैँ असन्तुष्टिको आगोमा मट्टितेल हाल्ने काम गर्ने? 
हामीले यस्तो नगरौँ है भन्दा सुनेको जस्तो पनि गर्ने तर निर्णय फेरि यस्तो गलत गर्ने?
मन्त्रीहरूले बाटो बिराउँदा प्रधानमन्त्रीले समाल्नु पर्ने हो.. तर विडम्बना त्यो भएन,
निर्णय गलत छ,सरकार! उल्टो बाटो हिँडेर सही गन्तव्य पुगिँदैन।


त्यस्तै अर्का महामन्त्री विश्वप्रकाश शर्माले कुलमान घिसिङलाई पदबाट हटाउन काँग्रेस पदाधिकारी तहको सहमति नभएको प्रस्ट्याएका छन् । उनले भनेः 

कुलमान घिसिङलाई पदबाट हटाउन काँग्रेस पदाधिकारी तहको सहमति थिएन ! बाँकी पदावधि काम गर्न दिन र नहटाउन आन्तरिक तथा सार्वजनिकरुपमै सजग गराइएको थियो !
कार्वाही योग्य केही भए, पछिपनी गर्न मिल्थ्यो ! केही राम्रा प्रयास छायांमा पार्नेगरी सरकारले कुलमान हटाउनु हुन्न थियो ! सरकारको यो निर्णय समयोचित विल्कुलै भएन ! यसप्रती खुला र प्रष्ट रूपमा विमति छ !

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
फुटबल खेलाडी तथा समर्थकद्वारा एन्फा कम्प्लेक्समा धर्ना

फुटबल खेलाडी तथा समर्थकद्वारा एन्फा कम्प्लेक्समा धर्ना

बिभिन्न बहानामा ए डिभिजन लिगलाई रोक्ने काम भएको र यसले नेपाली फुटवललाई नै असर गरेको भन्दै उनीहरुले बिहीबार एन्फा कम्प्लेक्स सातदोवाटोमा धर्ना दिएका हुन् ।
बिहारमा मतदान, प्रधानमन्त्री मोदीका लागि ‘लोकप्रियताको परीक्षा’

बिहारमा मतदान, प्रधानमन्त्री मोदीका लागि ‘लोकप्रियताको परीक्षा’

देशको प्रभावशाली राज्यहरूमध्ये एक बिहारमा भएको यो निर्वाचनले मोदीको नेतृत्वमा रहेको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) को प्रभाव र जनसमर्थन कति मजबुत छ भन्ने सङ्केत गर्ने अपेक्षा गरिएको छ...
पदमार्ग निर्माण पश्चात् अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको संख्यामा वृद्धि

पदमार्ग निर्माण पश्चात् अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको संख्यामा वृद्धि

गत असोजदेखि कात्तिक तेस्रो सातासम्म यस क्षेत्रमा अत्यधिक रुपमा आन्तरिक पर्यटकहरुको चाप भएको थियो । उक्त अवधिमा दैनिक दुईसयदेखि पाँच सयसम्म पर्यटकहरु यहाँ आएको अन्नपूर्ण प्रथम आधार शिविर...

भर्खरै