नेभिगेशन
समाज

कांग्रेसका दुई भाइ माहामन्त्रीले एकै स्वरमा भने, 'कुलमान हटाउनु  सरकारको गलत कदम'

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्माले कुलमानलाई सरकारले हटाउने निर्णय गरेको असन्तुष्टि व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा आफ्नो अभिव्यक्ति दिदै दुवै महामन्त्रीले कुलमान हटाउनु सरकारको गलत कदम भएको औँल्याएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


महामन्त्री थापाले आफूहरु सरकारको डेलिभरीबाट बढिरहेको असन्तुष्टि हटाउन दिन रात काम गरिरहेको अवस्थामा सरकार चाही आफैँ असन्तुष्टिको आगोमा मट्टितेल हाल्ने काम गरेको बताएका छन् । उनले लेखेका छन्ः 

Ncell
Extreme Energy

आम नागरिकमा असन्तुष्टि बढ्दो छ। त्यही असन्तुष्टिको तावामा स्वार्थको रोटी सेक्न उद्धत एउटा तप्का सलबलाइरहेको छ। यस्तो बेला सरकारको डेलिभरीबाट त्यो असन्तुष्टिलाई सम्बोधन गर्दै आगो नै निभाइदिऊ भनेर हामी दिन रात नभनी मेहनत गर्ने सरकार चाही आफैँ असन्तुष्टिको आगोमा मट्टितेल हाल्ने काम गर्ने? 
हामीले यस्तो नगरौँ है भन्दा सुनेको जस्तो पनि गर्ने तर निर्णय फेरि यस्तो गलत गर्ने?
मन्त्रीहरूले बाटो बिराउँदा प्रधानमन्त्रीले समाल्नु पर्ने हो.. तर विडम्बना त्यो भएन,
निर्णय गलत छ,सरकार! उल्टो बाटो हिँडेर सही गन्तव्य पुगिँदैन।


त्यस्तै अर्का महामन्त्री विश्वप्रकाश शर्माले कुलमान घिसिङलाई पदबाट हटाउन काँग्रेस पदाधिकारी तहको सहमति नभएको प्रस्ट्याएका छन् । उनले भनेः 

कुलमान घिसिङलाई पदबाट हटाउन काँग्रेस पदाधिकारी तहको सहमति थिएन ! बाँकी पदावधि काम गर्न दिन र नहटाउन आन्तरिक तथा सार्वजनिकरुपमै सजग गराइएको थियो !
कार्वाही योग्य केही भए, पछिपनी गर्न मिल्थ्यो ! केही राम्रा प्रयास छायांमा पार्नेगरी सरकारले कुलमान हटाउनु हुन्न थियो ! सरकारको यो निर्णय समयोचित विल्कुलै भएन ! यसप्रती खुला र प्रष्ट रूपमा विमति छ !

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
न्युयोर्कको टाइम्स स्क्वायरमा नेपाली मह

न्युयोर्कको टाइम्स स्क्वायरमा नेपाली मह

नेपालको हिमाली तथा पहाडी क्षेत्रमा पाइने कटुस (चेस्टनट) बाट तयार गरिएको ‘मरानी चेस्टनट हनी’ अहिले अमेरिकाको बजारमा पुगेको छ।
ऋण असुलीबाट समस्याग्रस्त ५ सहकारीका १३५ जना बचतकर्ताले पाए रकम फिर्ता

ऋण असुलीबाट समस्याग्रस्त ५ सहकारीका १३५ जना बचतकर्ताले पाए रकम फिर्ता

पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ। यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।
पोखरा विश्वविद्यालयले  खुला प्रतिस्पर्धाबाट डिन नियुक्त गर्दै,आवेदन आह्वान

पोखरा विश्वविद्यालयले  खुला प्रतिस्पर्धाबाट डिन नियुक्त गर्दै,आवेदन आह्वान

विश्वविद्यालयका अनुसार कार्ययोजनामा संकायको SWOT विश्लेषण, रणनीतिक प्राथमिकता, प्रमुख कार्यक्रम तथा क्रियाकलाप, कार्यान्वयन योजना र समयसीमा, स्रोत तथा बजेट र अनुगमन लगायतका विषय समेटिनुपर्नेछ।
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ४१० पुग्यो, ६ हजार १४५ अझै बेपत्ता

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ४१० पुग्यो, ६ हजार १४५ अझै बेपत्ता

भोटेकोशीको विनाशकारी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ४१० पुगेको छ। अझै ६ हजार १४५ जना बेपत्ता रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

भर्खरै