नेभिगेशन
मुख्य समाचार

नशालु पदार्थ सेवन गराई किशोरीलाई बलात्कार गर्ने आराेपित पक्राउ

पर्सा । पर्सामा किशोरीमाथि पटकपटक नशालु पदार्थ खुवाई बलात्कार गरि गर्भ बोकाएको आरोपमा एक ५२ वर्षीय पुरुष पक्राउ परेका छन् । वीरगंज महानगरपालिका वडा नम्बर-३१ इस्लामपुर घर भई वडा नम्बर १३ मुर्लीमा बस्दै आएका छोरा शेख महमद अनवरलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो ।

पीडित किशोरीले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले जानकारी दिए । उजुरीअनुसार आरोपीले किशोरीलाई विभिन्न नशालु पदार्थ मिसाइएको पानी खुवाएर मानसिक रुपमा कमजोर बनाएर पटक–पटक बलात्कार गरेका थिए ।

CG

पीडित किशोरीको मेडिकल परीक्षणबाट १० हप्ताको गर्भ रहेको पुष्टि भएको छ । किशोरीले लामो समयदेखि नशालु पदार्थ खुवाई जबरजस्ती करणी गरेको प्रहरी समक्ष बयान दिएकि छन् । घटना बाहिरिएपछि प्रहरीले तत्काल अनुसन्धान सुरु गरी अनवरलाइ पक्राउ गरेरेको हो ।

प्रहरीले पीडित किशोरीलाई तत्काल संरक्षणमा राख्दै उनको स्वास्थ्य परीक्षणपछि आवश्यक कानूनी तथा मानसिक परामर्श प्रदान गरिरहेको जनाएको छ ।

पर्सा प्रहरीले आरोपीविरुद्ध जबरजस्ती करणीको मुद्दामा पर्सा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको जनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
जेनजी शहिद परिवारसँगकाे भेटघाटमा भक्कानिए रवि!

जेनजी शहिद परिवारसँगकाे भेटघाटमा भक्कानिए रवि!

काठमाडौंकाे बबरमहलस्थित सहिद परिवार कल्याण संस्थाकाे कार्यालय पुगेका थिए । सहिद परिवारले आफ्नो वेदना सुनाउन सुरु गरेलगत्तै रवि भक्कानिएका थिए । उनले आफूले भिरेकाे राताे मफ्लरले आँखा पुछेर...
निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल

निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल

“घोषणा भइसकेको निर्वाचन नै अहिलेको सहज विकल्प हो । जनता  निर्वाचनका लागि तयार भइरहेका छन्”संयोजक दाहालले भने, “निर्वाचन बिथोल्ने वा निर्वाचनको प्रक्रियामा अघि बढ्ने जनता र राजनीतिक दलको...
रास्वपाद्वारा सातै प्रदेशका समानुपातिकतर्फका उम्मेदवारसँग छलफल

रास्वपाद्वारा सातै प्रदेशका समानुपातिकतर्फका उम्मेदवारसँग छलफल

रास्वपाका नेता एवं उम्मेदवार छनोट समितिका संयोजक विराजभक्त श्रेष्ठले आगामी निर्वाचनका लागि रास्वपाबाट योग्य उम्मेदवार छनोट गर्न सम्भावित व्यक्तिसँग छलफल  गरिएको जानकारी दिनुभयो ।  छनोट भएका उम्मेदवारलाई पार्टीको...
काठमाडौँ आइपुगे रवि, विमानस्थलमा पञ्चेबाजासहित पुगे समर्थक

काठमाडौँ आइपुगे रवि, विमानस्थलमा पञ्चेबाजासहित पुगे समर्थक

त्यहाँ शनिबार बिहान आयोजित स्वागत सभामा सहभागी भएका उनी काठमाडौँ फर्किएका हुन् । उनलाई स्वागत गर्न विमानस्थलमा पञ्चेबाजासहित नेता कार्यकर्ता र समर्थकहरू पुगेका थिए ।