नेभिगेशन
मुख्य समाचार

अमेरिकामा नेपालीहरूको संस्था बानाको नयाँ नेतृत्व चयन हुँदै, ह्यारी भण्डारीका भाइ बने स्वतन्त्र उम्मेदवार

मेरिल्याण्ड । अमेरिकाको मेरिल्याण्ड राज्यका रहेका नेपालीहरूको संस्था  बाल्टिमोर एसोसिएशन अफ नेप्लिज ईन अमेरिका(बाना) को नयाँ नेतृत्वका लागि अप्रिल ६ (भोलि) निर्वाचन हुँदैछ ।

बानाको नयाँ नेतृत्वका लागि कोशिस भण्डारीले स्वतन्त्र उम्मेदवारहरूको प्यानल नै बनाएर चुनावमा होमिएका छन् भने जितेन्द्र गुरुङ (जितेन) र लक्ष्मी भारतीको नेतृत्वमा छुट्टाछुट्टै प्यानल बनाएर भिड्दै छन् । जितेन नेपाली काँग्रेस निकट उम्मेदवार हुन् ।

CG

स्वतन्त्र उम्मेदवार कोशिस भने अमेरिकाको मेरिल्याण्ड राज्यका विधायक सदस्य डा. ह्यारी भण्डारीका भाइ हुन् । सिमित ठाउँमा रहेका नेपाली समाजको चुनाव भएपनि निर्वाचनपूर्व तीनवटै समुहले चुनाव प्रचारप्रसारलाई व्यापक बनाएका छन् । बनामा ४ हजार ८ सय बढी नेपालीहरू सदस्य रहेका छन् ।

koshisbhandari-sidhakura1-1743865088.jpeg
नयाँ कार्यसमितिको कार्यकाल ३ वर्ष हुन्छ । स्वतन्त्र उम्मेदवार कोशिस भण्डारीले आफूले वृहत बानाको अवधारण बनाएर समकालीन , मध्यकालीनदीर्घकालीन योजना सहित टिमनै खडा गरी निर्वाचनमा होमिएको बताउँछन् ।

उनले विज्ञ र युवा टिम बनाएर नेपालीहरूको घरघरमा पुग्दा पाएको सन्देशले आफू उत्साहित भएको बताए । भण्डारी सफ्टवेयर इन्जिनियर हुन् । उनीसँग दाजु ह्यारीको टिममा बसेर सामाजिक काम गरेको राम्रो अनुभव पनि रहेको छ ।

koshisbhandari-sidhakura-1743865108.jpeg
 

उनको टिममा वरिष्ठ उपाध्यक्षको उम्मेदवार डा.एकता कोईराला, उपाध्यक्षमा गणेश भट्टराई, महासचिवमा तारा खरेल न्यौपाने, सचिवमा जनक पुन मगर, कोषाध्यक्षमा राजेन्द्र रेग्मी, वाेर्  अफ डाईरेक्टरमा अर्जुन क्षेत्री, डम्मर वस्नेत, डा‍.कृष्ण विष्ट , निर्णय प्रधान र राजिव क्षेत्री उम्मेदवार रहेका छन् ।

सन् २००५ मा स्थापना भएको सामाजिक संस्था बाना नेपाली समाजको हित र विकासका लागि काम गरिरहेको नेपाली संस्था हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
जेनजी आन्दोलनका नाममा थुनिएकाको रिहाइ माग गर्दै सुदन गुरुङले सार्वजनिक गरे गृहमन्त्रीको मोबाइल नम्बर

जेनजी आन्दोलनका नाममा थुनिएकाको रिहाइ माग गर्दै सुदन गुरुङले सार्वजनिक गरे गृहमन्त्रीको मोबाइल नम्बर

सरकार र जेनजी बिच भएको सम्झौतामा भदौ २३ र २४ गतेको आन्दोलनलाई जनआन्दोलनको मान्यता दिइएको छ भने प्रदर्शनमा सहभागी भएकै आधारमा फौजदारी मुद्दा नचलाउने बुँदा राखिएको थियो ।
जेनजी सरकारविरुद्ध जेनजी समूहकै आन्दोलन घोषणा, माग: सर्वपक्षीय सरकार

जेनजी सरकारविरुद्ध जेनजी समूहकै आन्दोलन घोषणा, माग: सर्वपक्षीय सरकार

जेनजी आन्दोलनको जगमा बनेको सरकारले १ सय दिनमा पनि आन्दोलनका मर्म अनुसार काम गर्न नसकेको, जेनजीले उठाएका माग बेवास्ता गरेको दाबी गर्दै ढुङ्गानाले जेनजी सरकारविरुद्ध आन्दोलन घोषण गरेका...
रास्वपालाई लाग्यो चुनावः समानुपातिक उम्मेदवारको घरदैलो अभियान

रास्वपालाई लाग्यो चुनावः समानुपातिक उम्मेदवारको घरदैलो अभियान

पार्टीको प्रचारप्रसार सँगै उम्मेदवारहरुका लागि जनतासँग साक्षत्कार गर्ने अभ्यासकारुपमा पनि घरदैलो अभियान चलाएको रास्वपाले जनाएको छ । समानुपातिक उम्मेदवारहरु पनि आन्तरिकरुपमा हुने प्रारम्भिक निर्वाचनबाट निर्वाचित भएपछि मात्रै उम्मेदवारको...
२ सय ६६ दिनपछि रास्वपाको केन्द्रीय घण्टीघर फर्कदै छन् रवि लामिछाने

२ सय ६६ दिनपछि रास्वपाको केन्द्रीय घण्टीघर फर्कदै छन् रवि लामिछाने

रास्वपा कार्यवाहक सभापति डिपी अर्यालका अनुसार अहिले दिउँसो ३ बजे सभापति लामिछाने पार्टी कार्यालय जानेछन् । पार्टी कार्यालयमा नेता कार्यकर्ताले स्वागत गर्नेछन् । लगत्तै रास्वपाको केन्द्रीय समिति बैठक...