नेभिगेशन
समाज

अमेरिकामा नेपालीहरूको संस्था बानाको नयाँ नेतृत्व चयन हुँदै, ह्यारी भण्डारीका भाइ बने स्वतन्त्र उम्मेदवार

मेरिल्याण्ड । अमेरिकाको मेरिल्याण्ड राज्यका रहेका नेपालीहरूको संस्था  बाल्टिमोर एसोसिएशन अफ नेप्लिज ईन अमेरिका(बाना) को नयाँ नेतृत्वका लागि अप्रिल ६ (भोलि) निर्वाचन हुँदैछ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बानाको नयाँ नेतृत्वका लागि कोशिस भण्डारीले स्वतन्त्र उम्मेदवारहरूको प्यानल नै बनाएर चुनावमा होमिएका छन् भने जितेन्द्र गुरुङ (जितेन) र लक्ष्मी भारतीको नेतृत्वमा छुट्टाछुट्टै प्यानल बनाएर भिड्दै छन् । जितेन नेपाली काँग्रेस निकट उम्मेदवार हुन् ।

Ncell
Extreme Energy

स्वतन्त्र उम्मेदवार कोशिस भने अमेरिकाको मेरिल्याण्ड राज्यका विधायक सदस्य डा. ह्यारी भण्डारीका भाइ हुन् । सिमित ठाउँमा रहेका नेपाली समाजको चुनाव भएपनि निर्वाचनपूर्व तीनवटै समुहले चुनाव प्रचारप्रसारलाई व्यापक बनाएका छन् । बनामा ४ हजार ८ सय बढी नेपालीहरू सदस्य रहेका छन् ।

koshisbhandari-sidhakura1-1743865088.jpeg
नयाँ कार्यसमितिको कार्यकाल ३ वर्ष हुन्छ । स्वतन्त्र उम्मेदवार कोशिस भण्डारीले आफूले वृहत बानाको अवधारण बनाएर समकालीन , मध्यकालीन र दीर्घकालीन योजना सहित टिमनै खडा गरी निर्वाचनमा होमिएको बताउँछन् ।

उनले विज्ञ र युवा टिम बनाएर नेपालीहरूको घरघरमा पुग्दा पाएको सन्देशले आफू उत्साहित भएको बताए । भण्डारी सफ्टवेयर इन्जिनियर हुन् । उनीसँग दाजु ह्यारीको टिममा बसेर सामाजिक काम गरेको राम्रो अनुभव पनि रहेको छ ।

koshisbhandari-sidhakura-1743865108.jpeg
 

उनको टिममा वरिष्ठ उपाध्यक्षको उम्मेदवार डा.एकता कोईराला, उपाध्यक्षमा गणेश भट्टराई, महासचिवमा तारा खरेल न्यौपाने, सचिवमा जनक पुन मगर, कोषाध्यक्षमा राजेन्द्र रेग्मी, वाेर्ड  अफ डाईरेक्टरमा अर्जुन क्षेत्री, डम्मर वस्नेत, डा‍.कृष्ण विष्ट , निर्णय प्रधान र राजिव क्षेत्री उम्मेदवार रहेका छन् ।

सन् २००५ मा स्थापना भएको सामाजिक संस्था बाना नेपाली समाजको हित र विकासका लागि काम गरिरहेको नेपाली संस्था हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हिउँदमा लोडसेडिङको जोखिम, बिजुली आपूर्ति गर्न के छ सरकारको तयारी ?

हिउँदमा लोडसेडिङको जोखिम, बिजुली आपूर्ति गर्न के छ सरकारको तयारी ?

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले पूर्वाधारहरुको मर्मत सम्भार गरी आन्तरिक उत्पादनलाई प्राथमिकता दिइने र अपुग विद्युत भारतबाट आयात गरी व्यवस्थापन गरिने बताएका छन् । सरकारले...
कांग्रेस केन्द्रीय समिति २९७ सदस्यीय, कुन कोटाबाट कति ?

कांग्रेस केन्द्रीय समिति २९७ सदस्यीय, कुन कोटाबाट कति ?

प्रवक्ता देवराज चालिसेका अनुसार, संशोधित विधानअनुसार केन्द्रीय कार्यसमिति २९७ सदस्यीय रहने छ । जसमा सभापति एक, वरिष्ठ उपसभापति एक तथा उपसभापति चार जना रहने छन् । उपसभापतिमा एक...
५ हजार ७३७ नागरिकलाई लालपुर्जा वितरण, ७ दशकदेखि आश्वासन पाउँदै आएका नागरिकलाई लालपुर्जा दिने वाचा

५ हजार ७३७ नागरिकलाई लालपुर्जा वितरण, ७ दशकदेखि आश्वासन पाउँदै आएका नागरिकलाई लालपुर्जा दिने वाचा

सोमबार प्रधानमन्त्री बालेन्द्र शाहले हालसम्मको प्रगति र सरकारको भावी योजनाबारे प्रस्ट्याएका छन् ।
ऊर्जा मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभारको जिम्मेवारी

ऊर्जा मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभारको जिम्मेवारी

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल विदेश भ्रमणमा रहेकाले उहाँहरूको अनुपस्थितिमा प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री श्रेष्ठलाई दुवै मन्त्रालयको कार्यवाहक जिम्मेवारी तोकेका हुन् ।

भर्खरै