नेभिगेशन
समाज

सहकारी, लघुवित्त एवं मिटरव्याज पीडितले दिए राष्ट्रपति भवन नजिकै धर्ना (तस्विरहरु)

काठमाडाैँ । सहकारी, लघुवित्त एवं मिटरव्याज पीडितहरुले राष्ट्रपति भवन नजिक धर्ना दिएका छन् । सरकारसँग भएको सहमति कार्यान्वयन नभएपछि सहकारी तथा बित्तीय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान(महासंघ)को अनुवाइमा उनीहरूले सोमबार काठमाडौंको शान्तिबाटीकाबाट र्यालीसहित राष्ट्रपति भवन नजिक पुगेर धर्ना दिएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रपति भवन अगाडी नै धर्ना दिन खोजेपनि उनीहरुलाई प्रहरीले निषेधीत क्षेत्रमा नै रोकेको थियो । प्रदर्शनकारीहरुले सहकारीको स्वनियमन खारेज गर, पीडितको बचत रकम फिर्ता हुने सुनिश्चित गर, पीडितको घाउमा मलम लगाउने काम गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेको थिए भने पीडितलाई न्याय दे भन्दै उनीहरुले नारावाजी गरेका थिए ।

Ncell
Extreme Energy

सरकारले पटकपटक सम्झौता गर्ने तर पीडितको समस्या समाधान नगर्ने गरेको उनीहरुको गुनासो छ । उनीहरुले लघुवित्त संस्था खारेज गर्नुपर्ने, सामूहिक ऋण मिनाहा गर्नुपर्ने, मिटरब्याजी तमसुक रद्द गर्नुपर्नेसहितका माग राख्दै काठमाडौं केन्द्रीत आन्दोलन गर्दै आएका छन् ।

Laghubitta-pidit-2-1744015583.jpg

Laghubitta-pidit-1-1744015583.jpg

Laghubitta-pidit-5-1744015582.jpg

Laghubitta-pidit-4-1744015582.jpg

Laghubitta-pidit-6-1744015581.jpg

Laghubitta-pidit-8-1744015580.jpg

Laghubitta-pidit-7-1744015580.jpg

Laghubitta-pidit-10-1744015579.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनका अनुसार यी ड्रोनको अधिकतम क्षमता १०० किलोग्राम रहेको छ । एकपटकको उडानमा करिब ७५ देखि ८० किलोग्रामसम्म राहत सामग्री बोक्न सक्ने ड्रोन...
१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

पुल निर्माणमा भएको ढिलाइका कारण दैनिक आवतजावत गर्ने सर्वसाधारणले समय र अतिरिक्त रकम खर्च गर्नुपरेको छ। आकस्मिक अवस्थामा अस्पताल, बजार तथा अन्य सेवा लिन जानेहरूलाई समेत नदी वारपारको...
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।

भर्खरै