नेभिगेशन
समाज

विसं २०८१: ६२ नेपाली चलचित्र प्रदर्शन, कसले कति कमाए 

काठमाडौँ ।  नेपाली चलचित्र क्षेत्रका लागि वर्ष–२०८१, समग्रमा सुखद रह्यो । यो वर्ष प्रदर्शन भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले घरेलु बजारमा रू ४६ करोड ८० लाख (ग्रस) व्यापार गरेको तथ्याङ्क सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तरगतको ‘सेन्ट्रल म्यानेज्मेन्ट टिकट सिस्टम (बक्स अफिस)’ मा छ । यही कारण विसं २०८१ लाई नेपाली चलचित्रको इतिहासमा स्मरणयोग्य बनिसकेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अन्तिम चलचित्रका रूपमा ‘पिताम्बर’ र ‘कर्मा’ गत चैत २९ गतेदेखि प्रदर्शन भएको सहित यो वर्ष ‘बक्सअफिस’ को तथ्याङ्कअनुसार ६२ नेपाली चलचित्र प्रदर्शन भएका छन् । यसरी स्वदेशी ६२ चलचित्र प्रदर्शन हुँदा विदेशी ८४ भएका छन् । यो वर्ष नेपाली चलचित्रका दर्शक उलेख्य रूपमा बढेको चलचित्र वितरक तथा प्रदर्शकहरूको छाता संस्था नेपाल चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जनले बताए । 

Ncell
Extreme Energy

उनले भने, “यो वर्ष दसैँ र तिहारमा प्रदर्शन भएका चलचित्रले दर्शकलाई चलचित्र भवनमा तान्न सफल भए । स–परिवार नै चलचित्र हेर्न आएको पाइयो । पारिवारिक चलचित्रले दर्शक बढाउन महत्त्वपूर्ण भूमिका खेलेको जस्तो लागेको छ । यस वर्षको सफलताले आउँदो वर्ष चलचित्र निर्माणमा वृद्धि हुनेछ ।”

उनले चलचित्र भवन सञ्चालक (प्रदर्श) ले यसवर्ष १८ घण्टाभन्दा बढी काम गरेको बताए । वर्षको अन्तिममा प्रदर्शन भएका चलचित्रले राम्रो सुरूआत गरेका छन् । 

यस्तै, आउँदो वर्ष विसं २०८२ को सुरूआती दिन वैशाख १ मा समग्र चलचित्रको व्यापार राम्रो हुने निर्देशक पुर्नेन्दु झाको बुझाइ छ । उनले आउँदो वर्ष नेपाली चलचित्रका लागि महत्त्वपूर्ण भएको बताए । 

“यो वर्ष प्राप्त सफलताले नयाँ र पुराना दुवै चलचित्रकर्मीको सक्रियता निर्माणमा बढेको छ, आउँदो वर्ष ती चलचित्रकर्मीले चलचित्र लिएर दर्शकसम्म आउनु हुनेछ । नयाँ दर्शकलाई आकर्षित गर्न सके आउँदो वर्ष नेपाली चलचित्रले नयाँ सुरूआत गर्नेछ । यो वर्षको व्यावसायिक सफलतालाई नाघ्नु नै चुनौती देखिएको छ”, निर्देशक झाले भने । 

उनले आउँदो वर्ष विसं २०८२ ले यस वर्ष बनेको बजारको आकार बढाउन सक्नुपर्नेमा जोड दिनुभयो । आउँदो वर्ष विसं २०८२ मा ८० हाराहारीमा चलचित्र प्रदर्शन हुने अनुमान चलचित्रकर्मीले गरेका छन् । 

‘बक्सअफिस’ मा रहेको तथ्याङ्कअनुसार ५९ नेपाली चलचित्रले कूल कमाइ रू एक अर्ब ८० करोड गरेको छ । तथ्याङ्क बाँकी रहेका तीन चलचित्र ‘वसन्त’, ‘पिताम्बर’ र ‘कर्मा’ सहित प्रदर्शनरत अन्य नेपाली चलचित्रको व्यापार (ग्रस) पाँच करोड भएको अनुमान चलचित्रकर्मीको छ । यस कारण नेपाली बजारको आकार रू एक अर्ब ८५ करोडको हाराहारीमा पुगेको अनुमान गरिएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बालेन सरकारको सय दिन : सुशासन र सेवा प्रवाहमा निर्मम,  यी हुन् सम्पन्न भएका ९९ काम

बालेन सरकारको सय दिन : सुशासन र सेवा प्रवाहमा निर्मम, यी हुन् सम्पन्न भएका ९९ काम

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले कार्यभार सम्हालेको सय दिन पुग्न थालेको छ ।
आन्दोलनलाई निरन्तरता दिँदै सडकपेटीमा आश्रित दृष्टिविहीन (तस्बिरहरु)

आन्दोलनलाई निरन्तरता दिँदै सडकपेटीमा आश्रित दृष्टिविहीन (तस्बिरहरु)

प्रदर्शनमा सहभागीहरूले नगरप्रहरीबाट दमन हुने, दिनभर होल्डिङ सेन्टरमा राखिने तथा विशेषगरी महिलामाथि अभद्र व्यवहार हुने गरेको आरोप लगाएका छन्।
तोलामा ४ हजार ५ सयले घट्यो सुनको मूल्य

तोलामा ४ हजार ५ सयले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा रु चार हजार ५०० ले गिरावट आएको  छ भने चाँदी रु २५ ले गिरावट आएको  छ ।
लाखौ नागरिकलाई स्वदेशमा फर्किने वातावरण बनाउनुपर्ने छः सभामुख अर्याल

लाखौ नागरिकलाई स्वदेशमा फर्किने वातावरण बनाउनुपर्ने छः सभामुख अर्याल

संसद दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा सभामुख अर्यालले आगामी दिनमा भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गरि समृद्ध राष्ट्र बनाएर देश बाहिर रहेका लाखौ नागरिकलाई स्वदेशमा फर्किने...