नेभिगेशन
मुख्य समाचार

इकोनोमिक फोरमको ११४ जना योङ ग्लोबल लिडरमा सुनिता डंगोल पनि

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल वर्ल्ड इकोनोमिक फोरममा ग्लोबल लिडर घोषित भएकी छन् ।

स्थानीय लिपीहरूको संरक्षणदेखि राजधानीको उपप्रमुख समेतको स्थानमा आउन सफल भएको भन्दै फोरमले विश्वका ११४ युवाहरूमध्येमा डंगोललाई पनि समावेश गरेको हो । 

CG

उपप्रमुख डंगोललाई फोरमले आफ्नो वेबसाइटमा एक ऊर्जाशील नेतृत्वको भूमिकामा सांस्कृतिक सम्पदा संरक्षण, युवा सशक्तीकरण र नवप्रवर्तनशील शहरी विकासको पक्षमा प्रतिबद्ध नेतृत्वको रूपमा उल्लेख गरेको छ ।

‘समावेशी शासनको लागि समर्पित एक कार्यकर्ता भएर उनी काठमाडौंको विविध समुदायका आवाजहरूलाई प्रतिनिधित्व गर्न सतत प्रयासरत छन्। कला प्रेमी सुनिता पुराना परम्परालाई संरक्षण गर्दै आधुनिक शहरी विकासलाई सन्तुलनमा ल्याउन उत्साही छिन्,’ फोरमले लेखेको छ ।

यो फोरममा विश्वका विभिन्न देशका मन्त्रीहरु, सांसद, वैज्ञानिक, व्यापारी,उद्यमी पनि ग्लोबल लिडरमा घोषित भएका छन् ।

वर्ल्ड इकोनोमिक फोरमले डंगोलबारे सानै उमेरदेखि सार्वजनिक जीवनमा सक्रिय रहेकी, स्थानीय लिपिहरूको संरक्षणका लागि युवाहरूको नेतृत्वमा सञ्चालित ‘क्यालिजात्रा’ अभियान सुरु गरेकी, मिस नेवा प्रतियोगिता जितेकी र काठमाडौं महानगरपालिकाको सिटी प्लानिङ आयोगमा हालसम्मकै कान्छी सदस्यका रूपमा नियुक्त भएकी लगायतका विषय उल्लेख गरेको छ ।

२९ वर्षको उमेरमा सुनिताले काठमाडौं उप–महानगरकी उप–प्रमुख पदमा देशभरका ७५३ पालिकामध्ये सबैभन्दा बढी मतान्तरले विजयी भएको विषयलाई पनि फोरमले उल्लेख गरेको छ ।

पछिल्ला वर्षहरूमा उनले अक्सफोर्ड विश्वविद्यालय र वर्ल्ड टुरिज्म सिटिज फेडेरेसन सम्मेलनजस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा नेपालको प्रतिनिधित्व गर्दै विचार प्रस्तुत गरेको सन्दर्भ पनि फोरमले उल्लेख गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रवि बालेन एकै ठाउँमाः रवि नेतृत्वमा रास्वपा, बालेन रास्वपाबाट प्रधानमन्त्रीको उम्मेदवार

रवि बालेन एकै ठाउँमाः रवि नेतृत्वमा रास्वपा, बालेन रास्वपाबाट प्रधानमन्त्रीको उम्मेदवार

सहमतिअनुसार बालेन रास्वपाको नीति, नेतृत्व र संगठनमा एकीकृत भएका छन् । जसअनुसार रास्वापको नाम, झण्डा र निर्वाचन चिन्ह घण्टी बालेनले स्वीकार गरेका छन् । अब बालेन आगामी फागुन...
इराकको आधिकारिक भिसा प्राप्त नेपालीलाई श्रम स्वीकृति प्रदान गर्ने निर्णय

इराकको आधिकारिक भिसा प्राप्त नेपालीलाई श्रम स्वीकृति प्रदान गर्ने निर्णय

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधीमन्त्री जगदीश खरेलले गृह मन्त्रालयअन्तर्गतको सङ्गठन संरचना र दरबन्दी तेरिज तथा  नागरिकता चौथो संशोधन नियमावली स्वीकृत गर्ने निर्णयसमेत गरिएको जनाकारी दिए ।
नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माद्वारा पदभार ग्रहण

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माद्वारा पदभार ग्रहण

आजै मन्त्री नियुक्त भएका शर्माले राष्ट्रपति भवन शितलनिवासमा शपथ लिएलगत्तै पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दे नवनियुक्त मन्त्री शर्माले कार्यदेश आएपछि मन्त्रालयको कामलाइ अगाडि बढाइने बताए...

भर्खरै