नेभिगेशन
समाज

इकोनोमिक फोरमको ११४ जना योङ ग्लोबल लिडरमा सुनिता डंगोल पनि

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल वर्ल्ड इकोनोमिक फोरममा ग्लोबल लिडर घोषित भएकी छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

स्थानीय लिपीहरूको संरक्षणदेखि राजधानीको उपप्रमुख समेतको स्थानमा आउन सफल भएको भन्दै फोरमले विश्वका ११४ युवाहरूमध्येमा डंगोललाई पनि समावेश गरेको हो । 

Ncell
Extreme Energy

उपप्रमुख डंगोललाई फोरमले आफ्नो वेबसाइटमा एक ऊर्जाशील नेतृत्वको भूमिकामा सांस्कृतिक सम्पदा संरक्षण, युवा सशक्तीकरण र नवप्रवर्तनशील शहरी विकासको पक्षमा प्रतिबद्ध नेतृत्वको रूपमा उल्लेख गरेको छ ।

‘समावेशी शासनको लागि समर्पित एक कार्यकर्ता भएर उनी काठमाडौंको विविध समुदायका आवाजहरूलाई प्रतिनिधित्व गर्न सतत प्रयासरत छन्। कला प्रेमी सुनिता पुराना परम्परालाई संरक्षण गर्दै आधुनिक शहरी विकासलाई सन्तुलनमा ल्याउन उत्साही छिन्,’ फोरमले लेखेको छ ।

यो फोरममा विश्वका विभिन्न देशका मन्त्रीहरु, सांसद, वैज्ञानिक, व्यापारी,उद्यमी पनि ग्लोबल लिडरमा घोषित भएका छन् ।

वर्ल्ड इकोनोमिक फोरमले डंगोलबारे सानै उमेरदेखि सार्वजनिक जीवनमा सक्रिय रहेकी, स्थानीय लिपिहरूको संरक्षणका लागि युवाहरूको नेतृत्वमा सञ्चालित ‘क्यालिजात्रा’ अभियान सुरु गरेकी, मिस नेवा प्रतियोगिता जितेकी र काठमाडौं महानगरपालिकाको सिटी प्लानिङ आयोगमा हालसम्मकै कान्छी सदस्यका रूपमा नियुक्त भएकी लगायतका विषय उल्लेख गरेको छ ।

२९ वर्षको उमेरमा सुनिताले काठमाडौं उप–महानगरकी उप–प्रमुख पदमा देशभरका ७५३ पालिकामध्ये सबैभन्दा बढी मतान्तरले विजयी भएको विषयलाई पनि फोरमले उल्लेख गरेको छ ।

पछिल्ला वर्षहरूमा उनले अक्सफोर्ड विश्वविद्यालय र वर्ल्ड टुरिज्म सिटिज फेडेरेसन सम्मेलनजस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा नेपालको प्रतिनिधित्व गर्दै विचार प्रस्तुत गरेको सन्दर्भ पनि फोरमले उल्लेख गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भाइरल भिडियोबारे शिक्षामन्त्रीः ‘दुईजना व्यक्तिले हल्ला गरेपछि कार्यक्रमस्थलबाट बाहिरिएका हौँ’

भाइरल भिडियोबारे शिक्षामन्त्रीः ‘दुईजना व्यक्तिले हल्ला गरेपछि कार्यक्रमस्थलबाट बाहिरिएका हौँ’

सोही सन्दर्भमा उनी शनिबार सिरहा र सप्तरी पुगेका थिए । धेरैभन्दा धेरैका आवाज सुन्ने प्रयास भएपनि २ जनाले हल्ला गरेका कारण निस्कन परेको उनको भनाइ छ । ‘आज...
भोटेकोशी बाढीः शव पहिचानमा प्रहरीका तीन उपाय, भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ पनि नेपालमा

भोटेकोशी बाढीः शव पहिचानमा प्रहरीका तीन उपाय, भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ पनि नेपालमा

मृतकको हड्डी र दाँतबाट डिएनए परीक्षण गर्दा चार दिनसम्म लाग्ने विशेषज्ञ चिकित्सकको भनाइ छ । दाँत र हड्डीबाट डिएनए निकाल्दा ती अङ्गलाई धुलो बनाइन्छ । धुलोलाई विशेष केमिकलमा...
एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

योसँगै नेपाली टोली सन् २०२७ मा बङ्गलादेशमा आयोजना हुने एकदिवसीय एसिया कपमा छनोट भएको छ । नेपालले दोस्रोपटक एसिया कपमा स्थान बनाएको हो । नेपालले यसअघि सन् २०२३...
भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

साउन १ गतेबाट सुचारु रहेको उक्त प्रोत्साहन कार्यक्रमअन्तर्गत भदौ १६ गते हुने भनिएको पुरस्कार घोषणा भोटेकोशी बाढीका कारण देशमा विपत्ति आएपछि स्थगन गरिएको थियो। अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व...

भर्खरै