नेभिगेशन
समाज

१२ काे परिक्षालाई लिएर पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठको प्रश्न, ‘विद्यार्थीको भविष्यमाथि कहिलेसम्म खेलवाड गर्ने ?’

काठमाडौँ । पूर्वशिक्षामन्त्री समेत रहेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सरकारले विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको बताएकी छिन् । सरकारले कक्षा १२ का विद्यार्थीको परिक्षा सारेकोमा दुखः व्यक्त गर्दै उनले राजनीतिक दलहरुले विद्यार्थी र शिक्षकहरुलाई चुनाव जित्ने भऱ्याङ्ग बनाइराखेको भन्दै १२ का विद्यार्थीसँग क्षमा समेत मागेकी छिन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘मेरा विद्यार्थी भाइबहिनीहरू – हामी राजनीति गर्नेहरूको अकर्मण्यताले निम्त्याएको अहिले परीक्षाबारेको अनिश्चितताले तपाईँहरूलाई कति तनाव दिएको होला, १२ को परीक्षा समयमा नभए पछि उच्च शिक्षाको तालिका पनि खल्बलिन्छ, यो ब्याचको एक वर्ष नै खेर जाने सम्भवना छ ।  तपाईँहरूको इमेल सन्देशहरूमा पोखिएको निराशा देख्छु, हामीले तपाईँहरूको पुस्तामाथि न्याय गर्न सकेनौं, त्यसको लागि म क्षमा माग्न चाहन्छु ।’, सुमनाले लेखेकी छिन् । 

Ncell
Extreme Energy

देश बदल्ने भनेर आएकाहरुले विद्यार्थी र शिक्षकहरुसँग मोलमोलाई गर्नुको सट्टा शिक्षा नीति त विद्यार्थीलाई केन्द्रमा राख्नुपर्ने उनले बताइन् । ‘देश बनाउने भनेर आएका हामी कहिलेसम्म हाम्रा विद्यार्थीको भविष्यसँग खेलबाड गर्ने, कहिलेसम्म शिक्षकहरूलाई प्रयोग गरेर आफ्नो स्वार्थपूर्ति गराइरहने, कहिले सम्म चुनाव जित्ने भऱ्याङ्ग बनाइराख्ने, केको लागि मोलमोलाई ? हाम्रो राजनीति, शिक्षा नीति त विद्यार्थीलाई केन्द्रमा राखेर हुनु पर्ने हैन, के गरिरहेकाछौँ हामीहरू ?, उनले लेखेकी छिन् । 

त्यस्तै उनले शिक्षकका माग पूरा गर्न सरकारले बजेट छैन भनिरहेको अवस्थामा देशको बजेट अर्को चुनावमा आफूलाई लाभ हुने कुरामा मात्र राख्न नहुनेब बताइन् । त्यस्तै उनले सरकारले अघि सारेका परियोजनाले देशलाई नै फाइदा हुनुपर्ने, नेताकै गृह जिल्लामै मेडिकल कलेज नचाहिने ,एक पालिका एक प्राविधिक शिक्षालय, हरेक पालिकामा एयरपोर्ट, नेताको नामको भ्यूटावर, हरेक सेवा समुहलाई आफ्नै अस्पताल आवश्यक नहुने बताइन् । 

सांसद श्रेष्ठले शिक्षामा सुधार गर्न अमूर्त भाषणहरू हैन, चरणबद्ध रुपमा समयसीमा तोकर यो यो काम गर्छु, यो भिजनका साथ सुधार गर्छु भन्न सक्नुपर्ने बताइन् । त्यस्तै सुधारका कामका लागि आफ्नो सहयोग आवश्यक परे आफू सघाउन तयार रहेको समेत बताइन् । 

उनले शिक्षालाई बृहत्तर देश विकासको कडीको रुपमा हेर्न र राजनीतिबाट टाढा राख्न समेत अपिल गरिन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सानेपाबाट गगनको देउवालाई आग्रह– आएर महाधिवेशन उद्‍घाटन गरिदिनुस्

सानेपाबाट गगनको देउवालाई आग्रह– आएर महाधिवेशन उद्‍घाटन गरिदिनुस्

आज केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले देउवालाई महाधिवेशनको उद्घाटन गरिदिन आग्रह गरेका हुन् । उनले भने– ‘पूर्वसभापतिलाई मेरो आग्रह छ अधिवेशनमा आएर उद्घाटन गरिदिनुस् । पूर्वसभापतिले...
शेखरको अपिल– दुवै महाधिवेशन रोकौं, समझदारीको बाटो खोजौं

शेखरको अपिल– दुवै महाधिवेशन रोकौं, समझदारीको बाटो खोजौं

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीका दुवै खेमाले घोषणा गरेका महाधिवेशन रोकेर विवेकपूरर्ण समझदारीको बाटो खोज्न आग्रह गरेका छन् ।
सानेपामा ७ महिनापछि देउवा खेमाका नेताहरूको इन्ट्री (तस्बिरहरू)

सानेपामा ७ महिनापछि देउवा खेमाका नेताहरूको इन्ट्री (तस्बिरहरू)

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा खेमाका नेताहरू करिब ७ महिनापछि पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका छन् ।
सेनापति सिग्देलले भेटे चिनियाँ रक्षामन्त्री

सेनापति सिग्देलले भेटे चिनियाँ रक्षामन्त्री

चीन भ्रमणमा रहेका नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ रक्षामन्त्री डोङ जुनसँग शिष्टाचार भेट गरेका छन् ।