नेभिगेशन
मुख्य समाचार

१२ काे परिक्षालाई लिएर पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठको प्रश्न, ‘विद्यार्थीको भविष्यमाथि कहिलेसम्म खेलवाड गर्ने ?’

काठमाडौँ । पूर्वशिक्षामन्त्री समेत रहेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सरकारले विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको बताएकी छिन् । सरकारले कक्षा १२ का विद्यार्थीको परिक्षा सारेकोमा दुखः व्यक्त गर्दै उनले राजनीतिक दलहरुले विद्यार्थी र शिक्षकहरुलाई चुनाव जित्ने भऱ्याङ्ग बनाइराखेको भन्दै १२ का विद्यार्थीसँग क्षमा समेत मागेकी छिन् । 

‘मेरा विद्यार्थी भाइबहिनीहरू – हामी राजनीति गर्नेहरूको अकर्मण्यताले निम्त्याएको अहिले परीक्षाबारेको अनिश्चितताले तपाईँहरूलाई कति तनाव दिएको होला, १२ को परीक्षा समयमा नभए पछि उच्च शिक्षाको तालिका पनि खल्बलिन्छ, यो ब्याचको एक वर्ष नै खेर जाने सम्भवना छ ।  तपाईँहरूको इमेल सन्देशहरूमा पोखिएको निराशा देख्छु, हामीले तपाईँहरूको पुस्तामाथि न्याय गर्न सकेनौं, त्यसको लागि म क्षमा माग्न चाहन्छु ।’, सुमनाले लेखेकी छिन् । 

CG

देश बदल्ने भनेर आएकाहरुले विद्यार्थी र शिक्षकहरुसँग मोलमोलाई गर्नुको सट्टा शिक्षा नीति त विद्यार्थीलाई केन्द्रमा राख्नुपर्ने उनले बताइन् । ‘देश बनाउने भनेर आएका हामी कहिलेसम्म हाम्रा विद्यार्थीको भविष्यसँग खेलबाड गर्ने, कहिलेसम्म शिक्षकहरूलाई प्रयोग गरेर आफ्नो स्वार्थपूर्ति गराइरहने, कहिले सम्म चुनाव जित्ने भऱ्याङ्ग बनाइराख्ने, केको लागि मोलमोलाई ? हाम्रो राजनीति, शिक्षा नीति त विद्यार्थीलाई केन्द्रमा राखेर हुनु पर्ने हैन, के गरिरहेकाछौँ हामीहरू ?, उनले लेखेकी छिन् । 

त्यस्तै उनले शिक्षकका माग पूरा गर्न सरकारले बजेट छैन भनिरहेको अवस्थामा देशको बजेट अर्को चुनावमा आफूलाई लाभ हुने कुरामा मात्र राख्न नहुनेब बताइन् । त्यस्तै उनले सरकारले अघि सारेका परियोजनाले देशलाई नै फाइदा हुनुपर्ने, नेताकै गृह जिल्लामै मेडिकल कलेज नचाहिने ,एक पालिका एक प्राविधिक शिक्षालय, हरेक पालिकामा एयरपोर्ट, नेताको नामको भ्यूटावर, हरेक सेवा समुहलाई आफ्नै अस्पताल आवश्यक नहुने बताइन् । 

सांसद श्रेष्ठले शिक्षामा सुधार गर्न अमूर्त भाषणहरू हैन, चरणबद्ध रुपमा समयसीमा तोकर यो यो काम गर्छु, यो भिजनका साथ सुधार गर्छु भन्न सक्नुपर्ने बताइन् । त्यस्तै सुधारका कामका लागि आफ्नो सहयोग आवश्यक परे आफू सघाउन तयार रहेको समेत बताइन् । 

उनले शिक्षालाई बृहत्तर देश विकासको कडीको रुपमा हेर्न र राजनीतिबाट टाढा राख्न समेत अपिल गरिन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
विशेष महाधिवेसनबाट गगन थापा काँग्रेस सभापति निर्वाचित भएको घोषणा

विशेष महाधिवेसनबाट गगन थापा काँग्रेस सभापति निर्वाचित भएको घोषणा

पाली काङ्ग्रेसको भृकुटी मण्डपमा जारी विशेष महाधिवेसनले गगन कुमार थापालाई काँग्रेसको सभापति निर्वाचित भएको घोषणा गरिएको छ ।
रवि लामिछानेमाथि लागेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता, सहकारी ठगी यथावत

रवि लामिछानेमाथि लागेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता, सहकारी ठगी यथावत

सरकारले महान्यायाधिवक्ता कार्यालयमार्फत  लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिएको छ  भने सहकारी ठगीको मुद्दा यथावत रहेको छ ।
पदाधिकारीलाई कारवाही गर्ने  केन्द्रीय समितिको निर्णय काँग्रेस विशेष महाधिवेशनद्वारा खारेज

पदाधिकारीलाई कारवाही गर्ने केन्द्रीय समितिको निर्णय काँग्रेस विशेष महाधिवेशनद्वारा खारेज

कारवाहीको निर्णय भएपछि बन्दसत्रलाई सम्बोधन गर्दै महामन्त्री थापाले आफुहरुलाई निष्काशन गर्ने कांग्रेस पार्टी कसैको निजि कार्यालय नभएको बताए । केहिदिनअघि विशेष महाधिवशेन सुरु हुँदै सभापति शेर बहादुर देउवा...
कांग्रेस विशेष महाधिवेशनः मतदान राति ८ बजेदेखि

कांग्रेस विशेष महाधिवेशनः मतदान राति ८ बजेदेखि

निर्वाचन समितिका अनुसार प्रथम नामावली प्रकाशन दिउँसो ४ बजेसम्म, उम्मेदवारपछिको दावी विरोध ४ः३० बजेसम्म, उम्मेद्वारमाथिको दावी विरोध छानविन ५ बजेसम्म तोकिएको निर्वाचन समितिका संयोजक, वरिष्ठ अधिवक्ता सिताराम केसीले...