नेभिगेशन
सबै कुरा

महिला टी–२० सिरिज : मलेसियासँग हारेपनि नेपाल फाइनलमा

८ भदौ, काठमाडौं । समूह चरणको आजको खेलमा खेलमा मलेसियासित पराजित भए पनि नेपाल फाइनलमा पुग्न सफल भएको छ । चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको फाइनलमा अब नेपाल र हङकङ भिड्ने भएका छन् । फाइनल खेल शनिबार हुने छ । समूह चरणका खेल सकिँदा नेपाल, हङकङ र मलेसियाको समान चार/चार अङ्क भए पनि नेपाल र हङकङ रनरेटका आधारमा फाइनलमा प्रवेश गरेका हुन् । तीनै टोली समूह चरणका दुई दुई खेलमा विजयी भएका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा नेपालले टस हारेपछि आज पहिला ब्याटिङ गरेको हो । मलेसियाविरुद्धको खेलमा नेपालले जितका लागि ८४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । वर्षाका कारण १८ ओभरमा सीमित गरिएको खेलमा नेपालले सात विकेटको क्षतिमा ८३ रन बनायो । मलेसियाले ८४ रनको विजय लक्ष्य १६ दशमलव दुई ओभरमा चार विकेटको क्षतिमा पूरा ग¥यो । मलेसियाका लागि अइना हसिमले अविजित ३७ तथा इजाती इम्माइलले २१ रन बनाइन् । बलिङतर्फ नेपालका लागि पूजा महतो, रुबिना क्षेत्री बेलबासे र सीता राना मगरले एक एक विकेट लिइन् । 

Marvel

यसअघि नेपालका लागि ब्याटिङ गर्दै कप्तान रुबिना क्षेत्री बेलबासेले २३, इन्दु बर्माले २० तथा काजल श्रेष्ठले १८ रनको योगदान दिइन् । अरु खेलाडीले सम्झिनलायक ब्याटिङ गर्न सकेनन् ।नेपालले समूह चरणको पहिलो खेलमा हङकङलाई ६ विकेटले तथा दोस्रो खेलमा कुवेतलाई ३४ रनले पराजित गरेको थियो । यस्तै मलेसिया पहिलो खेलमा हङकङसित १० विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा मलेसियाले कुवेतलाई आठ विकेटले पराजित गरेको थियो । 

आयोजक मलेसियासहित नेपाल, हङकङ र कुवेतले महिला टी–ट्वान्टी सिरिज खेलिरहेका छन् । यही अगष्ट ३१ तारिखदेखि मलेसियामै हुने आइसिसी महिला टी–२० विश्वकप एसिया क्वालिफायरको तयारीस्वरुप नेपालले उक्त सिरिज खेलिरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एनपिएलः थ्रिलिङ म्याचमा कर्णालीद्वारा विराटनगर किङ्ग्स पराजित

एनपिएलः थ्रिलिङ म्याचमा कर्णालीद्वारा विराटनगर किङ्ग्स पराजित

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यायल अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा विराटनगरले जितका लागि दिएको १८७ रनको लक्ष्य पच्छाएको कर्णालीले १९ दशमलव पाँच ओभरमा छ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।
एनपिएलः जनकपुर बोल्ट्सद्वारा काठमाण्डु गोर्खाज पराजित

एनपिएलः जनकपुर बोल्ट्सद्वारा काठमाण्डु गोर्खाज पराजित

जनकपुरले पहिलो खेलमा कर्णाली याक्सविरुद्ध १९ रनको हार व्यहोरेको थियो । काठमाण्डुले दिएको एक सय १६ रनको लक्ष्य जनकपुरले १७ दशमलव २ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो ।
एनपिएलमा आज जनकपुरविरुद्ध काठमाडौं र कर्णालीविरुद्ध विराटनगर खेल्दै

एनपिएलमा आज जनकपुरविरुद्ध काठमाडौं र कर्णालीविरुद्ध विराटनगर खेल्दै

नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुईटा खेल हुँदैछ ।
सुदूरपश्चिमसँग पोखरा ६ विकेटले पराजित, दिपेन्द्रले बनाए अर्धशतक

सुदूरपश्चिमसँग पोखरा ६ विकेटले पराजित, दिपेन्द्रले बनाए अर्धशतक

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ५१ रन बनाए । उनले ३६ बलमा ४ चौका र २ छक्का प्रहार गरे । त्यस्तै, इशान पाण्डेले ३१ बलमा २ चौका...

भर्खरै