नेभिगेशन
समाज

अमेरिकाले बन्द गर्यो एमसीसी, नेपालको परियोजना के हुन्छ ?

काठमाडौँ । अमेरिकाले सञ्चालन गर्दै आएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना बन्द हुने भएको छ । एलन मस्कले नेतृत्व गर्ने डिपार्टमेन्ट अफ गर्भमेन्ट एफिसेन्सी (डज) ले बन्द गर्ने निर्णय गरेको सिएनएनले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संघीय खर्च कटौती गर्ने अभियानअन्तर्गत यस्तो कदम चालिएको हो । मंगलबार एमसीसी का कर्मचारीहरूलाई इमेलमार्फत “चाँडै कर्मचारी र कार्यक्रमहरूमा ठूलो कटौती हुने” जानकारी दिइएको सिएनएनले उल्लेख गरेको छ । 
 
यसअघि पनि ट्रम्प प्रशासनले युएसएआईडी लगायत निकायहरूलाई उपलब्ध गराउँदै आएको सहायता बन्द गरेको थियो । तीमध्ये थुप्रै कदमहरूविरुद्ध मुद्दा पनि दायर भएका छन्।

Ncell
Extreme Energy

एमसीसी सन् २००४ मा अमेरिकी कङ्ग्रेसले स्थापना गरेको निकाय होनेपाल लगायतका दर्जनौं विकासोन्मुख देशहरूलाई पूर्वाधार निर्माण र नीति सुधारका लागि समयसीमित अनुदान प्रदान गर्दै आएको छ । 

०७४ भदौ २९ मा नेपाल सरकार र एमसीसीबीच भएको सम्झौता अनुसार ०८० भदौ १३ देखि परियोजना कार्यान्वयन सुरु भएको थियो। सुरुआती सम्झौतामा ६९ करोड ७० लाख डलर (करिब ९२ अर्ब) परियोजनामा अमेरिकी सरकारले ५० करोड डलर र नेपाल सरकारले १९ करोड ७० लाख डलर व्यहोर्ने उल्लेख छ। गत पुसमा अमेरिकी सरकारले परियोजनाका लागि थप ५ करोड डलर दिने घोषणा गरेको थियो । तर अमेरिकाको यो निर्णयपछि यी परियोजनाहरु अघि बढ्नेमा अन्यौलता बढेको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राष्ट्रपतिले शितल निवासमा बोलाएर प्रधानमन्त्रीलाई के भने ?

राष्ट्रपतिले शितल निवासमा बोलाएर प्रधानमन्त्रीलाई के भने ?

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार उनीहरूबिच १५ मिनेट संवाद भएको थियो ।  प्रधानमन्त्री बनेपछि औपचारिक कार्यक्रममा बाहेक पहिलो पटक राष्ट्रपतिलाई भेट्न पुगेका बालेनले सुनसरी घटना र मुलुकमा...
घरबाट निस्किएर आफ्नै घरमा आगो लगाउन जानेलाई रोकौँः रवि लामिछाने

घरबाट निस्किएर आफ्नै घरमा आगो लगाउन जानेलाई रोकौँः रवि लामिछाने

बिहीबार राति मधेशकेन्द्रीत दलहरुसँगको छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै उनले भने, अहिले हिंसा नभड्कियोस् भन्नका लागि सद्भाव कायम रहोस् भन्नका लागि यदी मसँग आगो निभाउन पानी छैन भने म...
राष्ट्रपति निवास पुगे प्रधानमन्त्री बालेन

राष्ट्रपति निवास पुगे प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन शाह राष्ट्रपति निवास पुगेका छन् । राष्ट्रका नाममा सम्बोधन गरेलगत्तै प्रधानमन्त्री शाह राष्ट्रपतिलाई भेट्न गएका पुगेका हुन् ।
भाइचारा खलबलाउने कुनै पनि क्रियाकलापप्रति सरकार पूर्ण रुपमा सचेत छ

भाइचारा खलबलाउने कुनै पनि क्रियाकलापप्रति सरकार पूर्ण रुपमा सचेत छ

देशको कुनै एक स्थानमा भएको अनपेक्षित र दुखद घटनालाई लिएर कुनै सिंगो समुदायलाई आरोपित गर्नु र देशका अन्य भूभागमा समेत त्यसको प्रतिशोधको आगो फैलाउनु कुनै पनि दृष्टिकोणबाट न्यायोचित...