नेभिगेशन
मुख्य समाचार

न्यूनतम पारिश्रमिक नदिएर श्रम शोषण भएको भन्दै आन्दोलनरत चिकित्सकहरुद्वारा आज पनि प्रदर्शन

काठमाडौँ । सरकारले तोकेअनुसार न्यूनतम पारिश्रमिक नदिएर श्रम शोषण भएको भन्दै आन्दोलनरत चिकित्सकहरुले शुक्रबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । 

आवासीय चिकित्सकलाई सेवा सुविधा दिने निर्णय भएपनि कार्यान्वयन नभएको भन्दै उनीहरुले शुक्रबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले चिकित्सा आयोगद्वारा निर्धारित आठौँ तहको तलव संरचना कार्यान्वयन र शैक्षिक प्रगतिको संरक्षणका लागि पहल गर्न सरकारसंग माग गरेका छन् ।

CG

नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले न्यूनतम पारिश्रमिक नदिने तर आवासीय डाक्टरलाई काममा फर्कन निजी मेडिकल कलेजले दवाव दिएको बताए । उनले सरकारले तोकेअनुसार न्यूनतम पारिश्रमिक पाउने वातावरण नवनेसम्म आन्दोलन जारी राख्ने बताए । 

आवासीय चिकित्सकलाई सरकारी आठौं तह सरह सेवा दिने निर्णय कार्यान्वयन नभएको भन्दै नेपाल चिकित्सक संघको नेतृत्वमा आवासीय डाक्टरले आन्दोलन गरेका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
डिम्ब तस्करी गर्ने होप फर्टिलिटीलाई मुद्दा नचलाउने निर्णयविरुद्ध परेको रिटमा कारण देखाउ आदेश

डिम्ब तस्करी गर्ने होप फर्टिलिटीलाई मुद्दा नचलाउने निर्णयविरुद्ध परेको रिटमा कारण देखाउ आदेश

१० हजार रुपैयाँको प्रलोभन देखाई नाबालिग किशोरीको डिम्ब निकालेर लाखौँमा बेच्ने गरेको होप फर्टिलिए एण्ड डाइग्नोष्टिक प्रा.लि.लाई जिल्ला सरकारी वकिलको कार्यालय हुँदै उच्च तथा महान्यायाधिवक्ताको कार्यालयले समेत मुद्दा...
७७ प्रतिशत एचआइभी सङ्क्रमित मात्रै उपचारको दायरामा

७७ प्रतिशत एचआइभी सङ्क्रमित मात्रै उपचारको दायरामा

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार नेपालमा हरेक दिन एक दशमलव सात जना व्यक्तिमा एचआइभी सङ्क्रमण पुष्टि भएको छ ।
जेनजी आन्दोलनका १६९ घाइतेको वर्गीकरण

जेनजी आन्दोलनका १६९ घाइतेको वर्गीकरण

दुई चरणमा गरेर घाइतेहरूको वर्गीकरण गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी एवं सहायक प्रवक्ता मुक्तिराम रिजालले जानकारी दिए ।
सुत्केरी हुनेभन्दा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या धेरै

सुत्केरी हुनेभन्दा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या धेरै

जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी गणेश सुवेदीले भने, “ बेनी प्रादेशिक अस्पतालमा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा एक सय ७७  सुत्केरी भए । सोही अवधिमा एक सय ९१  ...