नेभिगेशन
समाज

मह जोडीले पार गरे सहकार्यको ४५ वर्ष

काठमाडौँ । ‘मह जोडी’ अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य । नेपाली रङ्गमञ्चमा मह जोडीका नामले स्थापित उनीहरू ‘एकै रथका दुई पाङ्ग्रा’का रुपमा सहकार्य गरिरहेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रिय तथा अन्तरराष्ट्रिय रङ्गमञ्चहरूमा प्रहसन, टिभी श्रृंखलाको निर्माण गर्दै आमदर्शकको मन जित्न सफल वरिष्ठ कलाकर्मी श्रेष्ठ र आचार्य नेपाली समाजमा उदाहरणीय एवं अनुकरणीय व्यक्तित्वका रुपमा परिचित छन् । मह जोडीका रुपमा उनीहरूको सहकार्यले आज वैशाख १४ गते ४५ वर्ष पूरा भएको छ ।

Ncell
Extreme Energy

करिब आधा दशकसम्म निरन्तर रुपमा जोडी बनेर दर्शकको मन जितेका र आफ्ना लागि एउटा सम्मानित पहिचान स्थापित गर्नसक्नु नै उनीहरू दुईको इमान्दारिताको उदाहरण हो ।

यो ४५ वर्षको सहकार्यमा मह जोडी बनेर काम गर्दा दुवै कलाकारले नामसँगै दाम पनि कमाए । तर, जति लाभ हुन्छ, त्यति नै लोभ बढ्ने सम्भावना पनि हुन्छ । यसको प्रभाव पनि यो जोडीले हावी हुन् दिएनन् । फलतः सहकार्यको झण्डै आधा दशक कलासाधनामा समर्पित भई दर्शकसहित आमनेपालीको मन जित्न मह जोडी सफल भएको देखिन्छ ।

यसै सन्दर्भमा अभिनेता आचार्यले आफूलाई भाग्यमानी पुस्ताका रुपमा बुझेका छन् । किनकी कलाकारिताको दौरानमा उनीहरूले प्रविधिगत र राजनीतिक धेरै परिवर्तनलाई नजिकबाट बुझ्न पाए पाए । “हामीले रङ्गमञ्चमा प्रहसन गर्यौं, क्यासेट बनायौँ, टेलिभिजनका लागि श्रृंखला बनायौँ, चलचित्रमा पनि काम गर्‍यौं । यसकारण पनि म र मदन दाई भाग्यमानी पुस्ता बन्न पुग्यौँ । हामीले सबै माध्यममार्फत् आफ्नो कामलाई देखाउने मौका पायौँ । अहिले पनि हामीले पुराना कामलाई अत्याधुनिक प्रविधिमा रुपान्तरण गरेर ‘डिजिटल’ रुपमा उपलब्ध गराएका छौँ”, अभिनेता आचार्यले भने ।

उनले मह जोडीले यो यात्रा पार गर्नुमा आपसी सम्बन्ध, पारिवारिक हार्दिकता र दर्शकको माया रहेको बताए । “दर्शकले हामीलाई एकसाथ हेर्ने इच्छा नराख्नु भएको भएँ हामीले यत्रो यात्रा पार गर्न सम्भव थिएन । अनि हामीलाई परिवारले सधँै सहयोग गरेर अगाडि बढ्न मद्दत गर्‍यो । हाम्रो सम्बन्धमा उनीहरू हावी भएनन् । यसका साथै हामीले गरिरहेको कामले दुवै नाम दियो, एउटा स्थान बनायो । एकअर्कासँग कहले आरिस (इगो) राखेनौँ, सधैँ दर्शकको भावनाअनुरुप प्रस्तुत भइरह्यौँ”, अभिनेता आचार्यले भने ।

यसैगरी अभिनेता श्रेष्ठले मिलेर काम गरेमा त्यसले सफलता दिने बताए । उमेरका हिसाबले ७५ वर्ष पुगेका अभिनेता श्रेष्ठले चलचित्रसहित विज्ञापनमा अझै सक्रिय भई काम गरिरहेका छन् । उनले कामका सिलसिलामा कहिले त्यसको लाभ(हानि हाबी हुन नदिएको बताए ।

उनले भने, ‘हामी कहिले पैसाको पछाडि लागेनौँ, काममै केन्द्रित भयौँ । त्यसले हामीलाई नाम र दाम दुवै दियो । फेरि दुवैको नाम र काम एउटै छ, त्यसकारण पनि हामीले सोच्नुपर्ने केही थिएन । हामीमा इमान्दारिता छ, सद्भाव छ, सदैव एकअर्काको राम्रो भएको हेर्न र सुन्न चाहन्छौँ, त्यसैले यति लामो समयसम्म मह जोडीका रुपमा यात्रा तय गर्न सकेका हौँ ।”

उनले स्वास्थ्यले साथ दिएसम्म आफूहरू एकसाथ काम गरिरहने बताए । पछिल्लो समय दुवै जनाले एकसाथ चलचित्र ‘महापुरुष’ मा काम गरे । त्यसपछि अभिनेता आचार्यले ‘महाजात्रा’, ‘भूठान’ र ‘हरिबहादुरको जुत्ता’ मा अभिनय गरिसके । यस्तै अभिनेता श्रेष्ठले पनि ‘पहाड’ र ‘परान’ नामक चलचित्रमा काम गरेका छन् ।

छुट्टिएर चलचित्रको छायाङ्कन गर्दा होस् वा भोजमा, जहाँ जाँदा पनि एकलाई देखेपछि अर्कालाई खोज्नु स्वाभाविक छ । “मलाई हरिजी खोइ भनेर सोध्नुभयो भने यही त छन् नी, म भित्रै छन् भनेर भन्ने गरेको छु । कार्यक्रममा मात्र होइन चलचित्रको छायाङ्कनमा पनि सोधिरहनु हुन्छ”, अभिनेता श्रेष्ठले भने ।

उनी दुईको कम्पनी ‘मह सञ्चार’मा २०६० सालदेखि जोडिएका निर्देशक प्रदीप भट्टराई पारिवारिक सदस्य झैँ देखिन्छन् । सामान्य सहयोगीका रुपमा शृङ्खलामा काम गर्न जोडिएका निर्देशक भट्टराईले धेरै श्रृंखलामा मुख्यसहायक निर्देशक र केहीमा निर्देशक नै भएर काम गरे । चलचित्रकै सन्दर्भमा ‘शत्रु गते’ र ‘महापुरुष’ मा मह जोडीलाई निर्देशक भट्टराईले निर्देशन गरेका छन् ।

‘उहाँ दुई मेरा लागि जीवित भगवान् झैँ हुनहुन्छ । उहाँहरुको कर्म जस्तो छ, व्यवहार पनि त्यस्तै छ । मलाई त कर्म सिकाउने गुरू नै उहाँहरू हुनहुन्छ, मैले जे भने पनि उहाँहरूका लागि शब्द कम नै हुन्छ, मलाई एउटा छोराकै रुपमा माया गर्नुहुन्छ”, निर्देशक भट्टराईले भने ।

मह जोडी एकसाथ नदेखिँदा सधैँ प्रश्न गर्ने गरिएको निर्देशक भट्टराईले देखेका, सुनेका छन् । टिभी श्रृंखलामा काम गर्दा होस् वा चलचित्रमा दुई एकसाथ नदेखिँदा प्रश्न तेर्सिनु स्वाभाविक हो । र, उनले मह जोडीलाई ‘दुईमै एक र एकमै दुई’ देखेका छन् । जहाँ ‘म’ त्यहाँ ‘ह’ पनि हुने बुझाइ निर्देशक भट्टराईको छ । त्यसकारण मह जोडीलाई शीर्ष भूमिकामा लिएर गज्जबको चलचित्र बनाउने रहर उनको छ ।

‘उहाँहरूको क्षमतासँग म नजिकदेखि परिचित छु, त्यसैले एउटा गज्जबको चलचित्र बनाउने रहर छ । कथा पनि सोचिरहेको छु, किनकी उहाँहरूप्रति दर्शकको अपेक्षा बढेको छ, म आफैँ पनि अभिनय गराउनकै लागि गराउने पक्षमा छैन । त्यसकारण उहाँहरूलाई पर्दामा देखाउन पाउँदा म पनि दर्शक झैँ खुसी हुन्छु”, निर्देशक भट्टराईले भने ।

हास्य कलाकारका रुपमा चिनिएका मह जोडी अहिले आफूलाई फरक भूमिकामा प्रस्तुत गरिरहेका छन् । अभिनेता आचार्यले अभिनय गरेको फिल्म ‘भूठान’ मा एक दृश्यमा मात्र हाँसेको देख्न पाइन्छ । ‘बलिदान’पछि पूर्णतया गम्भीर भूमिकामा अभिनेता आचार्य प्रस्तुत छन् । यसअगाडि अभिनेतामा हुने नवरसमध्ये हास्यरस हावी हुँदा उनीहरू हास्य कलाकारका रुपमा बढी प्रस्तुत भएको निर्देशक भट्टराईले बताए ।

‘उहाँहरू दुई नै पूर्ण कलाकार हुनुहुन्छ । हामीले श्रृंखलामा केही फरक र भिन्न काम गरेका छौँ । मैले उहाँहरूमा अभिनेतामा हुने सबै गुणलाई देखेको थिएँ, त्यही भएर नै ‘महापुरुष’ चलचित्रमा केही भिन्न रुपमा प्रस्तुत गरेँ । अहिले दर्शकले पनि विस्तारै बुझ्दै हुनहुन्छ, उहाँहरू सबै किसिमका भूमिका गर्नसक्ने लोकप्रिय एवं सर्वस्वीकार्य कलाकार हुनहुन्छ”, निर्देशक भट्टराईले भने ।

गत वर्षमात्र मह जोडीले विदेश र नेपालमा ‘मह जात्रा’ गरेका थिए । आउँदो समयमा पनि सँगै काम गरी सहकार्यलाई निरन्तरता दिने पक्षमा उनीहरू छन् । छोटो समयमा नाता(सम्बन्ध टुट्ने अहिलेको जमानामा वरिष्ठ कलाकार श्रेष्ठ र आचार्यको दोस्ती र सहकार्यले ४५ वसन्त पार गर्नु एकअर्काप्रतिको इमान्दारिता र सम्मान नै हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रवि लामिछाने रास्वपाको सर्वसम्मत सभापति

रवि लामिछाने रास्वपाको सर्वसम्मत सभापति

सभापतिका लागि मनोनयन दर्ता गर्ने निर्धारित समयमा लामिछानेको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध सभापति भएका हुन् ।  रास्वपाका संस्थापक सभापति लामिछानेको महाधिवेशनपछि पहिलो कार्यकाल हुने छ ।
रास्वपा महाधिवेशन : भोलि बिहान ९ बजेदेखि मतदान

रास्वपा महाधिवेशन : भोलि बिहान ९ बजेदेखि मतदान

राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन जारी छ । जारी महाधिवेशनमा नयाँ नेतृत्वका लागि भोलि बिहान ९ बजेबाट मतदान हुने भएको छ ।
स्वर्णिम वाग्लेको ‘अर्थ–राजनीतिक' प्रस्ताव: रास्वपा ‘उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टी’

स्वर्णिम वाग्लेको ‘अर्थ–राजनीतिक' प्रस्ताव: रास्वपा ‘उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टी’

प्रस्तावनाको ५ बुँदामा संक्षिप्त व्याख्या सहित १० बुँदामा पूर्ण व्याख्या गरेको प्रतिवेदनमा भनिएको छ, ‘रास्वपा सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक...
बन्दसत्र सकिएपछि रवि–बालेन अंकमाल  (तस्बिरहरु)

बन्दसत्र सकिएपछि रवि–बालेन अंकमाल  (तस्बिरहरु)

रास्वपा महाधिवेशन अन्तर्गत बन्दसत्र सकिएपछि सभापति रवि लामिछाने र वरिष्ठ नेता एवम् प्रधानमन्त्री बालेन शाहले अंकमाल गरेका छन् ।