नेभिगेशन
समाज

यी हुन् १७ अर्ब ८६ करोड ७० लाख अवैध कारोबार गर्ने २१ जना 

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विभिन्न ११ जिल्लाबाट अवैध वित्तीय कारोबार गर्ने २१ जनालाई पक्राउ गरेको छ । आन्तरिक विप्रेषण बन्द भएको अवस्थामा विदेशबाट विप्रेषणमार्फत प्राप्त हुने रकम आप्रवाहमा अवरोध गरी विभिन्न नाममा अवैध कारोबार गर्नेलाई प्रहरीले पक्राउ गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनीहरूले रु १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार १०७ बराबरको अवैध कारोबार गरेका अनुसन्धानका क्रममा खुलेको ब्यूरोका प्रवक्ता सुधिरराज शाहीले जानकारी दिए । 

Ncell
Extreme Energy

सो समूहले अवैध कारोबारबाट प्राप्त गरेको गैरकानुनी रकमलाई डिजिटल वालेटका नाममा नेपालमा रहेका विभिन्न बैंक खातामा जम्मा गराउने गरेका पाइएको उनले बताए । 
 
प्रवक्ता शाहीका अनुसार ब्यूरोले विरेन्द्रप्रसाद साह, दिपेन्द्रप्रसाद साह, श्रवणकुमार साह, तारालाल यादव, हरेराम महतो, निरोजकुमार महतो, अलितादेवी महतो, प्रकाश सिंह, अरुणकुमार साह, प्रदीपकुमार साह, सञ्जिवकुमार महतो, राजकमल लोनिया, भीमकुमारी गुरुङ, रामविलास साह तेली, ममताकुमारी साह, विकर्णजङ्ग राणा, गणपति पाण्डे, सलमा खातुन, सुशिलाकुमारी साहू, गोविन्दप्रसाद आचार्य र सम्भु मेहतालाई पक्राउ गरेको हो ।

उनीहरूले अवैध कारोबार गरेको र नेपाल राष्ट्र बैंक ऐन विपरितको गतिविधि गरेको पाइएकाले थप कारबाही अगाडि बढाइने उनले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ

लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ

झापाको दमकमा ठूलो परिमाणको लागुऔषध खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।
किम्रुङ खोला  थुनियो पहिरोले, मोदी खोला आसपासका बस्तीलाई सतर्क रहन आग्रह

किम्रुङ खोला थुनियो पहिरोले, मोदी खोला आसपासका बस्तीलाई सतर्क रहन आग्रह

कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोला पहिरोले थुनिएपछि मोदी खोला आसपासका बस्तीलाई सतर्क रहन आग्रह गरिएको छ।
विपत्तिबाट सहाराविहीन नागरिकको संरक्षण राज्यले गर्नुपर्छ : उपेन्द्र यादव

विपत्तिबाट सहाराविहीन नागरिकको संरक्षण राज्यले गर्नुपर्छ : उपेन्द्र यादव

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्राकृतिक विपत्तिबाट सहाराविहीन भएका नागरिकको संरक्षण राज्यले गर्नुपर्ने बताएका छन्।
बाढीप्रभावित विद्यालयको अवस्था बुझ्न मन्त्रीद्वय निस्किए स्थलगत अवलोकनमा

बाढीप्रभावित विद्यालयको अवस्था बुझ्न मन्त्रीद्वय निस्किए स्थलगत अवलोकनमा

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सनाले बाढीप्रभावित विद्यालयका बारेमा बुझ्न संयुक्त रूपमा स्थलगत अवलोकन गरेका छन् ।