नेभिगेशन
समाज

प्रादेशिक अस्पताल कटारीको औपचारिक उद्घाटन

उदयपुर । उदयपुरको कटारीमा रहेको कटारी अस्पताल औपचारिक रूपमा प्रादेशिक अस्पताल भएको छ । अस्पताल कटारीको कोशी प्रदेशका भौतिक योजना एवं स्वास्थ्य मन्त्री भुपेन्द्र राईले औपचारिक उदघाटन गरेका छन्। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार एक कार्यक्रमका बीच कोशी प्रदेश सरकारले आफ्नो  मातहतमा ल्याएको छ । यस अघि कटारी नगरपालिका मातहत सञ्चालित १५ शैय्याको नगर अस्पताल ५० शैय्यामा स्तरोन्नतिसहित प्रादेशिक अस्पताल बनेको हो ।

Ncell
Extreme Energy

प्रादेशिक अस्पतालको उदघाटन गर्दै मन्त्री राईले प्रदेश अस्पताल घोषणा गर्नु जति महत्वको कार्य हो त्यति नै यसको प्रादेशिक विकासको काम महत्वको रहेको बताए  । “अव यसलाई व्यवस्थित गरेर कोशी प्रदेश सरकारले संञ्चालन गर्छ”, मन्त्री राईले भने ।

यो अस्पताल उदयपुरको मात्रै नभएर ओखलढुंगा , सोलुखुम्वु , खोटाङ्गसँगै सिन्धुलीका विरामीले पनि सेवा पाउने भएकाले महत्वको रहेको मन्त्री राईले बताए  । अब नगरपालिकाले यसको जग्गा प्रदेश सरकारको अस्पतालको नाममा ल्याएपछी डिपिआर वनाएर भौतिक  विकास अगाडी बढ्ने मन्त्री राईले  बताए । 

कटारी नगरपालिका मातहत सञ्चालित १५ शैय्याको नगर अस्पताल ५० शैय्यामा स्तरोन्नति सहित प्रादेशिक अस्पताल बनाउने प्रस्ताव यस अघि केन्द्र सरकारले स्वीकृत गर्दै पारित गरेपछी यो अस्पताल प्रादेशिक अस्पत्ताल बनेको हो । 

संघिय सरकारको मन्त्री परिषदको निर्णयबाट प्रादेशिक अस्पताल बनेपछी यस अघि नै प्रदेश सरकारले ५८ लाख बजेट विनियोजन गरिसकेको छ । प्रदेश सरकारले निर्णय गरेमा मात्रै हुँदैन थियो केन्द्रीय सरकारले पनि निर्णय गरेपछी यो अस्पताल प्रादेशिक अस्पताल बनेको हो ।

नगर अस्पताललाई ५० शैय्यामा स्तर उन्नती गर्दै प्रादेशिक अस्पतालको मान्यता दिन तत्कालीन मुख्यमन्त्री केदार कार्की नेतृत्वको प्रदेश सरकारले सिफारिस गरेको कोशी प्रदेशका पूर्व उद्योग,कृषि तथा सहकारी मन्त्री तथा प्रदेश सभा सदस्य रामकुमार खत्रीले बताए।

सोही सिफारिस अनुसार संघीय मन्त्रीपरिषद बैठकले स्वीकृति दिएसँगै शैय्या थपसहित प्रादेशिक अस्पतालमा स्तरोन्नति गर्ने निर्णय भएको खत्रीले बताए । 

कटारी नगरपालिकाको मातहतमा रहँदा न्यूनतम सेवा मापदण्डमा  देशभरिका ३३ नगर अस्पतालहरु मध्य यो वर्ष ८८ अंक सहित ग्रीन जोनमा परेको छ। सर्वोत्कृष्ट वन्दै आएको यो अस्पताललाई प्रादेशिक वनाउन नगरपालिकाको कार्यपालिका वैठकले पहिले नै निर्णय गरेको नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले बताए । मेयर श्रेष्ठले  “प्रादेशिक बनेपनि नगरपालिकाले निभाउने हरेक भूमिका अझै  पनि निभाईरहने प्रतिबद्धता व्यक्त गरे।

त्यसैगरी कटारी नगरपालिकाका उपमेयर गिता खड्काले यस अस्पतालले अव थप सेवा विस्तार गरी यहाँका जनतालाई राम्रो सेवा दिनु पर्ने बताइन । कोशी प्रदेशका स्वास्थ्य मन्त्रालयका सचिव डा. राधिका थपलियाले शुभकामना दिदै दायित्व बढेको महसुस गरेको बताइन्। नगर अस्पताल हुँदा जसरी उत्कृष्ट थियो त्यो उत्कृष्टता कायम गर्न प्रदेश सरकारले निकै मेहनत गर्नुपर्ने बताईन् ।

कार्यक्रममा कटारी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा गौरव शाहले अस्पतालको हालको अवस्था र भावी योजना र चुनौतीबारे आफ्नो प्रस्तुति दिएका थिए। कटारी नगरपालिकाका सामाजिक विकास शाखाका संयोजक सुविन ढुंगानाले सवैको सार्थक पहल र प्रदेश सरकारले आवश्यताको पहिचान गरी प्रादेशिक अस्पताल बनेपछी धेरैले सहज सेवा पाउने बताए । 

कार्यक्रमको  अवसरमा  स्वास्थ्यकर्मी तथा बुद्धिजीविलगायतलाई कदर पत्र प्रदान गरी सम्मान गरिएको थियो। कार्यक्रमको अवसरमा अस्पतालका सवै तहका कर्मचारीहरु , पूर्व अस्पताल विकास समितिका पदाधिकारीहरु,र अस्पतालको स्तरोन्नति गर्न विशेष भूमिका खेल्ने युवा तथा समाजसेवी बुद्धि कटेल,माओबादी केन्द्रका जिल्ला अध्यक्ष विनोद कटुवाल लगायतलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कर्मचारीले अब सिंहदरबार परिसरमै स्वास्थ्य सेवा पाउने

कर्मचारीले अब सिंहदरबार परिसरमै स्वास्थ्य सेवा पाउने

निजामती कर्मचारीलाई सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालको सेवा इकाई संचालनमा ल्याइएको हो ।
बर्ड फ्लुबारे सचेत बनाउन मोबाइल रिङटोन

बर्ड फ्लुबारे सचेत बनाउन मोबाइल रिङटोन

बर्ड फ्लुको सङ्क्रमण पुष्टि हुन थालेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मानिसमा सङ्क्रमण फैलिन नदिन मोबाइल रिङटोनमार्फत जनचेतनामूलक सन्देश प्रवाह सुरु गरेको छ।
सरकारका १०० दिनः पहुँचयोग्य र उत्तरदायी स्वास्थ्य सेवाको जग बसाल्दै सरकार

सरकारका १०० दिनः पहुँचयोग्य र उत्तरदायी स्वास्थ्य सेवाको जग बसाल्दै सरकार

करिब सय दिनअघिको तुलनामा सार्वजनिक स्वास्थ्य संस्थाहरूको बाहिरी रूपमात्र नभएर सेवाको गुणस्तरसमेत फेरिएको छ । विगतमा सधैँ जनताको गुनासोमात्र बन्ने गरेको सरकारी अस्पतालको सरसफाइदेखि बिरामीलाई दिइने सबै स्वास्थ्य...