नेभिगेशन
समाज

व्यावसायिक कृषिमा ‘ड्रोन’को प्रयोग

कञ्चनपुर । यहाँको बेलौरी नगरपालिका–६ का कृषक आसरेराम वडायक दश वर्षअघि वैदेशिक रोजगारीमा जाने योजनाका साथ काठमाडौँ पुगेका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँको एक ‘पोलिहाउस’मा टमाटरखेती देखेपछि उनी स्वदेशमै खेती गर्ने योजना बनाएर फर्किए । काठमाडौँबाट टमाटरको बीउ लिएर कञ्चनपुर फर्किएका उनले त्यसयता विदेश जाने योजना बनाएका छैनन्। “काठमाडौँबाट फर्किएपछि सुरुमा आधा कट्ठा जमिनमा तीनवटा पोलिहाउस बनाएर टमाटरखेती गरेँ”, वडायकले विगत सम्झँदै भने, “खेतीबाट फाइदा भएन, त्यसपछि तालिम लिएर खेती गर्छु भनेर भारतको पन्तनगर गएर दुई दिनको तालिम लिएँ ।” 

Ncell
Extreme Energy

तालिमपछि खेतीमा लागेका वडायकले खेतीबाटै आम्दानी गरेर रु एक करोड बढीको कृषियन्त्र जोडेका छन् । उनी हाल वार्षिक रु २६ लाखसम्म आम्दानी गर्छन्। उनले आफ्नो र भाडामा गरी नौ बिघा जग्गामा उखु, तोरी, मुसुरो र धानखेती जस्ता कृषि उपज उत्पादन गर्दै आएका छन्। वडायकले भने, “खेती विस्तार गरेर वार्षिक रु एक करोडसम्म कमाउने लक्ष्य राखेको छु ।” उनले खेतीका लागि अत्याधुनिक कृषि उपकरण भित्र्याएर काम गरिरहेको जानकारी दिए । 

उनले हालसम्म खेतीबाट प्राप्त आम्दानीले रु एक करोड बढी मूल्यका कृषियन्त्रहरु खरिद गरेका छन् । उनले भने, “ड्रोनको प्रयोग खेतीमा सहज हुने भएकाले गत वर्ष मात्रै रु दश लाखमा ड्रोन खरिद गरेको छु ।” उनले ड्रोनको प्रयोगबाट खेती गर्दा लागत कम हुनाका साथै उत्पादन समेत वृद्धि भएको बताए । 

उनले भारतका विभिन्न शहरमा व्यावसायिक खेतीको तालिम लिएका छन् । “दुई वर्ष भारतको साझनपुरमा उखुखेतीसम्बन्धी तालिम लिएँ, महाराष्ट्रको साङ्लीमा व्यावसायिकखेतीको तालिम लिएर यहाँ आएपछि खेतीमा सजिलो भयो”, वडायकले भने । 
उनका अनुसार ड्रोनले मानिसले भन्दा धेरै छिटो काम गर्छ यसबाट बीउबिजन र विषादीलगायत आवश्यक कीटनाषक औषधि छर्कने गरेका छन् । उनले भने, “ड्रोनको प्रयोगले विषादी छर्किंदा मानिसले भन्दा राम्रो छर्किने र किसानको स्वास्थ्यमा विषादीले पनि असर गर्दैन ।” 

ड्रोनको प्रयोगले बीउबिजन र विषादी छर्किंदा थोरै लागतमा धेरै काम गर्न सकिने उनको भनाइ छ । उनलाई खेतीमा उनका परिवारका सदस्यहरुले समेत सहयोग गरेका छन् । उनले ‘सिजन’को बेला ३० देखि ४० जनालाई रोजगारी दिने गरेका छन् । 
“सामान्य किसानले एक बिघा जग्गामा रु दुईदेखि तीन लाखसम्मको उत्पादन गर्ने गरेकामा मैले एक बिघामा करिब रु १४ लाख सम्मको उत्पादन गर्ने लक्ष्य लिएको छु,” वडायकले भने, “प्राविधिक कुरामा मात्रै ध्यान दिन सके राम्रो उत्पादन हुन्छ ।” उनले उत्पादन गर्न सके बजारको समस्या भने नरहेको बताए ।

वडायक गत वर्ष सुदूरपश्चिम प्रदेश सरकारबाट प्रदेशकै सर्वोत्कृष्ट कृषकका रुपमा सम्मानित भएका थिए । भीमदत्त नगरपालिकाको उत्कृष्ट किसानबाट समेत उनी सम्मानित भइसकेका छन् । “अहिले खेती गर्न थप सजिलो होस् भनेर मोबाइल ‘एप लन्च’ गर्ने तयारीमा छु”, उनले भने, “त्यो एपबाट कुन समयमा मल हाल्ने, कुन रोगबाट कसरी बच्नेलगायतका पूर्वजानकारी पाउन सकिन्छ ।” 

पछिल्लो समय कृषिमा प्रविधिको प्रयोग बढ्दै गएको छ । परम्परागत रुपमा गोरु र राँगा प्रयोग गरी जोत्ने ठाउँमा ट्याक्टर, मिनिटिलर, पावर टिलरको प्रयोग गर्न थालिएको छ भने बाली काट्न र पिस्न प्रविधिको प्रयोग भइरहेको छ । काट्नलाई ‘रिपर’, ‘बुस कटर’, ‘कम्बाइन हार्भेस्टर’लगायतका अत्याधुनिक उपकरणको प्रयोग बढ्दो छ । खेतबारी खनजोतमा सहज हुने भएपछि यान्त्रिकीकरणतर्फ किसान आकर्षित भएका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सचिवालय बैठकमा कुनै पनि नेताले तत्काल अध्यक्ष ओलीको राजीनामा मागेका छैनन्ः लेखराज भट्ट

सचिवालय बैठकमा कुनै पनि नेताले तत्काल अध्यक्ष ओलीको राजीनामा मागेका छैनन्ः लेखराज भट्ट

शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको एमाले सचिवालय बैठकमा धारणा राख्ने केहि नेताहरुले राजीनामा दिएर पार्टी पुनर्गठनका लागि मार्गप्रशस्त गर्न अध्यक्षलाई सुझाव दिएका छन् भने...
नेपालगन्जमा ५ किलो अफिमसहित १ जना पक्राउ

नेपालगन्जमा ५ किलो अफिमसहित १ जना पक्राउ

सशस्त्र प्रहरी बल ३० नं गणको सक्रियतामा सो गण मातहत रहेको बेनवी कालाबन्जरबाट खटिएको सशस्त्र प्रहरी टोलीले नेपालगञ्ज उपमहानगरपालिका–१५, पिप्रहवा सीमा इलाकामा जाँच गर्ने क्रममा साढे पाँच किलोग्राम...
भाद्र २४ को घटना ढाकछोप गर्ने सरकारको प्रयास स्वीकार्य छैनः गगन थापा

भाद्र २४ को घटना ढाकछोप गर्ने सरकारको प्रयास स्वीकार्य छैनः गगन थापा

शनिबार विराटनगर स्थित कोइराला निवासमा आयोजना गरिएको पत्रकार भेटघाटमा सभापति थापाले भाद्र २४ गतेको विध्वंशको छानबिन नगर्ने र घटनाको ढाकछोप गर्ने सरकारको प्रयास स्वीकार्य नहुने बताउका हुन् ।...
सञ्चालनमा आयो कोभिडपछि बन्द भएको चीनसँगको छोटो व्यापारिक नाका ओलाङचुङ्गोला

सञ्चालनमा आयो कोभिडपछि बन्द भएको चीनसँगको छोटो व्यापारिक नाका ओलाङचुङ्गोला

कोभिड–१९ को महामारी फैलिन थालेसँगै भन्सार कार्यालय पूर्ण रूपमा बन्द गरिएकामा अहिले कर्मचारी व्यवस्थापन गरी सञ्चालनमा ल्याइएको उनले जानकारी दिए । भन्सार कार्यालय सञ्चालन गर्नका लागि बिहीबार नायब...