नेभिगेशन
नेताका कुरा

वीरगञ्जमा नयाँ प्रशासकीय अधिकृतलाई हाजिर नगराउन मेयरले डाके वडाध्यक्ष सहितको बैठक

वीरगञ्ज । तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारले वीरगञ्ज महागरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा गरेका रेशमलाल कँडेललाई हाजिर नगराउन मेयर राजेशमान सिंहले वडाध्यक्षहरुसँग साथ खोजेका छन् ।

सरकारले गत फागुनमै सहसचिव कँडेललाई वीरगञ्ज महानगरको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरे पनि उनले अझै हाजिर गर्न पाएका छैनन् । 
पर्साका प्रमुख जिल्ला अधिकारीको समन्वयमा कँडेलले महानगरमा हाजिर हुन खोज्दासमेत महानगरका मेयर राजेशमान सिंहले उनलाई हजिर गराउन नचाहेको महानगरकै जनप्रतिनिधिहरुले बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कँडेललाई हाजिर गराउनुको सट्टा मेयर सिंहले उल्टै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाए भने प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमै ताला लगाउन लगाइदिए ।

Ncell
Extreme Energy

मेयर राजेशमानविरुद्ध गत शुक्रमबार मात्रै लिखत किर्ते र नागरिकता सम्बन्धी चार वटा मुद्दा पर्सा जिल्ला अदालतमा दायर भएको छ । आफूविरुद्ध मुद्दा दायर भएपछि कानुनी र नैतिक दबाबमा परेका मेयर राजेशमानले आज महानगरमा वडाध्यक्षहरुलाई बोलाएर कँडेललाई हाजिर नगराने विषयमा छफल गरेका छन् । उनले वडाध्यक्षहरुलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमै पुगेर धर्ना दिनसमेत आग्रह गरेका छन् ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर वडा नं ४ का वडाध्यक्ष जगत साह कानुले ‘प्रशासकीय अधिकृत उपस्थित नहुँदै विभिन्न मिडियामा मेयरले उपस्थित हुन नदिएको समाचार आएपछि अहिले उनलाई कुनै पनि हालतमा उपस्थित हुन नदिने’ विषयमा छलफल भएको बताए ।

उनका अनुसार संघ सरकारले सोमबारसम्म अर्को प्रशासकीय अधिकृत नपठाए महानगरका जनप्रतिनिधि मन्त्रालयमै गएर दबाब दिने तयारी छ । उनले सोमबार दिउँसो ३ बजे फेरि बैठक बसेर छलफल गर्ने जानकारी दिए ।

सरकारले गत फागुनमै कँडेललाई वीरगञ्ज सरुवा गरेको थियो । कँडेल वीरगञ्ज पुगे पनि कार्यालयमा हाजिर हुन पाएका छैनन् ।

वडा नं ३१ का वडाध्यक्ष जितेन्द्रप्रसाद यादवले प्रशासकीय अधिकृत हाजिर नहुँदा कर्मचारीलाई तलब खुवाउनसमेत नपाइएको बताए । संघ सरकारले वैशाख ४ गते निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णको आर्थिक तथा प्रशासनिक अधिकार रद्द गरिदिएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
जोशी र खरेललाई मदन र जगदम्बा पुरस्कार

जोशी र खरेललाई मदन र जगदम्बा पुरस्कार

मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार र जगदम्बा श्री पुरस्कार हस्तान्तरण गरेको छ ।
कांग्रेसमा ३४ सय भोट गन्दा कसले कति ल्याए ?

कांग्रेसमा ३४ सय भोट गन्दा कसले कति ल्याए ?

३ हजार ४३५ मतगणना हुँदा खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारीले १ हजार ६ सय ८६ मतसहित अग्रता लिएका छन् ।