नेभिगेशन
समाज

रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराको मुद्दा फिर्ता, सहकारी ठगी यथावत्

कास्की । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध रहेको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरलाई फिर्ता गर्ने आदेश गरेको छ। सहकारी ठगी सम्बन्धी कसुरलाई यथावत राख्ने आदेश भएको छ । 

शुक्रबार कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेलबासेको इजलासले सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर झिक्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयलाई सदर गरेको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तत्कालीन महान्यायाधिवक्ता सबिता भण्डारीले लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दाअनावश्यक भएको भन्दै अभियोग संसोधन गर्ने निर्णय गरेको थियो । त्यसका लागि जिल्ला सरकारी वकिल कार्यालयले कास्कीले लामिछाने सहितका दुई वटा कसुर झिक्ने र सहकारी ठगी सम्बन्धी कसुरलाई यथावत राख्ने भन्दै जिल्ला अदालतमा निवेदन दिएका थिए।

Ncell
Extreme Energy

त्यस निवेदनमाथि न्यायाधीश बेलबासेको इजलासले फैसला गर्दै सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर झिक्ने निर्णयलाई सदर गरेको हो।

‘निवेदकको माग व्यहोरा मनासिब रहेको देखिँदा निवेदन मागबमोजिम प्रस्तुत निवेदनसँग सम्बन्धित उक्त मुल थप र पूरक अभियोग पत्रहरूमा सहकारी ठगीको अभियोग दाबी कायम राखी अन्य संगठित अपराध र सम्पत्ति शुद्धीकरण समेतको अभियोग दाबी कायम नरहने गरी संशोधन गरिदिएको छ,’ उक्त आदेशमा भनिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ढल्केबरको ट्रमा सेन्टर कहाँ हरायो भन्दै सांसद यादवको प्रश्न, जानकारी गराउन सरकारलाई सभामुखको निर्देशन

ढल्केबरको ट्रमा सेन्टर कहाँ हरायो भन्दै सांसद यादवको प्रश्न, जानकारी गराउन सरकारलाई सभामुखको निर्देशन

धनुषाको ढल्केबरमा निर्माण गर्ने भनिएको ट्रमा सेन्टर अन्यत्र सारिएको विषयमा सदनलाई जानकारी गराउन सभामुख डोलप्रसाद अर्याल (डिपी)ले सरकारलाई निर्देशन दिएका छन् ।
५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

रुपन्देहीको रोहिणी गाउँपालिकाका स्ववासीले ५८ वर्षपछि आफ्नो जग्गाको लालपुर्जा पाएका छन् ।
जसलाई बचाउन वीरका डाक्टरले चन्दा उठाए

जसलाई बचाउन वीरका डाक्टरले चन्दा उठाए

वीर अस्पतालको नयाँ भवनको तेस्रो तलामा बिरामीको चाप छ। कोही बेड नपाएर तनावमा छन्, कोही दुखाइले छटपटाइरहेका छन्। कोही बिरामी भेट्न आएका छन्, कोही आफ्ना आफन्तको अवस्थाले हतास...
‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’: शिशिर खनाल

‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’: शिशिर खनाल

परराष्ट्रमन्त्रीको सचिवालयका अनुसार चीन र दक्षिण एसियाबीच आर्थिक, व्यापारिक तथा जनस्तरीय सहकार्य विस्तार गर्न नेपालले गतिशील पुलको भूमिका निर्वाह गर्नसक्ने बताउँदै परराष्ट्रमन्त्री खनालले आफ्ना दुवै छिमेकीसँग सार्वभौम समानता,...