नेभिगेशन
समाज

सचिवालय बैठकमा कुनै पनि नेताले तत्काल अध्यक्ष ओलीको राजीनामा मागेका छैनन्ः लेखराज भट्ट

काठमाडौँ । नेकपा एमाले सचिवालय बैठकमा पार्टी नेतृत्वको विकल्पमा विषयमा नेताहरुले फरक–फरक धारणा राखेका छन् । 

शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको एमाले सचिवालय बैठकमा धारणा राख्ने केहि नेताहरुले राजीनामा दिएर पार्टी पुनर्गठनका लागि मार्गप्रशस्त गर्न अध्यक्षलाई सुझाव दिएका छन् भने केहि नेताहरुले वर्तमान नेतृत्वलाई नै बलियो बनाएर पार्टीलाई अघि बढाउनुपर्ने धारणा राखेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शनिबारको बैठकमा महासचिवदेखि तीनजना उपमहासचिव र पाँच जना सचिवहरूले पनि धारणा राखेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । आइतबार सचिवालयको बैठक पुनः बस्ने र बाँकी चार जना सचिवहरुले धारणा राखेपछि अध्यक्षको जवाफसँगै बैठक सम्पन्न हुने उनले बताए ।

Ncell
Extreme Energy

उपमहासचिव भट्टले शुक्रबारको बैठकमा भएका छलफल अतिरञ्जित ढंगले बाहिर आएको भन्दै बैठकमा हुने छलफल र बहसलाई स्वभाविक रुपमा लिनुपर्ने बताए । 

उनले सचिवालय बैठकमा कुनै नेताले पनि तत्काल अध्यक्षको राजीनामाको माग नगरेको बरु अध्यक्षकै नेतृत्वमा समस्या समाधान गर्दै पार्टीलाई अघि बढाउनुपर्नेमा जोड दिएको दावी गरे । सचिवालय बैठक आइतबार बिहान ११ बजे पुनः बस्ने भट्टले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।
भारी वर्षाको प्रक्षेपणपछि मौसम विभाग पुगेर ऊर्जामन्त्री श्रेष्ठ र गृहमन्त्री गुरुङले के भने ?

भारी वर्षाको प्रक्षेपणपछि मौसम विभाग पुगेर ऊर्जामन्त्री श्रेष्ठ र गृहमन्त्री गुरुङले के भने ?

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले असोज ९ देखि ११ गते पूर्वानुमान गरिएको अति भारी वर्षाबाट उत्पन्न हुनसक्ने विपद्को पूर्वतयारी र पूर्वसूचनामा जुट्न निर्देशन दिएका छन् ।
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि निगरानी र कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि निगरानी र कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

शिक्षा तथा खेलकुद मन्त्रालयले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू राजनीतिक दलका कार्यक्रममा सहभागी भएको विषयमा निगरानी बढाउँदै कानुनअनुसार आवश्यक कारबाही गर्न ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन...
न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा बुधबार न्यूयोर्कमा भारतका विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गरेका छन् ।