नेभिगेशन
मुख्य समाचार

वडामै पुगेर सामाजिक सुरक्षा भत्तासँगै बिरामी जाँच

दार्चुला । हरेक त्रैमासिकमा सामाजिक सुरक्षा भत्ता लिनका लागि बैंकसम्म पुग्नुपर्ने झण्झटिलो प्रक्रियाको अन्त्य गर्दै मालिकार्जुन गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वडामै पुगेर वितरण गरेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक सामाजिक अवधिको सुरक्षा भत्ता माछापुच्छ्रे बैंकसँगको समन्वयमा वडातहमै गएर वितरण गरिएको हो । 

सामाजिक सुरक्षा रकम वडामै पुगेर वितरण गरेपछि सेवाग्राही खुसी भएका छन् । पालिका भित्रका ४५५ लाभग्राहीलाई वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरिएको एमआइएस अपरेटर लोकेन्द्रसिह धामीले जानकारी दिए । तेस्रो चौमासिकमा कुल रु ६२ लाख २२ हजार ६०० वितरण गरिएको छ । 

यस्तै भौगोलिक रुपमा विकट तथा अन्य विविध कारणले गाउँपालिकाबाट प्रदान गरिने सेवामा नागरिकको पहुँच सुनिश्चिता गर्ने उद्देश्यअनुरुप वडातहमै एकीकृत घुम्ती शिविरमार्फत सेवा प्रदान गरिएको धामीले बताए । यही वैशाख १० गतेदेखि सञ्चालन भएको शिविरमा पालिकाभरिका दुई हजार ६९५ सेवाग्राहीलाई सेवा प्रदान गरिएको छ । पालिकाको पशु शाखामार्फत वडातहमै पुगेर तीन हजार १२६ जनालाई औषधि वितरण तथा परामर्श सेवा प्रदान गरिएको छ । 

यसैगरी स्वास्थ्य कार्यालयको सहकार्यमा सञ्चालित एआइ जडित एक्सरे सेवाबाट १६५ जनाले सेवा लिएका छन् । पालकाभरिका १७ जनाको क्षयरोग सम्बन्धी नमूना परीक्षण गरिएको छ । नागरिकलाई सहज, सरल र सर्वसुलभ सेवा प्रदान गरिने उद्देश्यले वडा तहमै पुगेर एकीकृत सेवा प्रदान गएिको गाउँपालिका अध्यक्ष हिरासिंह धामीले जानकारी दिए। गाउँपालिकाले विगतदेखि नै नियमितरूपमा वडा तहमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरणलगायत स्वास्थ्य सेवा, किसान सूचीकरण सेवासहितका एकीकृत सेवा दिँदै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

कैलाली जिल्लामा कात्तिक ११ गतेदेखि धान खरिद सञ्चालन गर्ने सूचना निकालिएको थियो । मौसमका कारण कात्तिक १६ गतेदेखि धान खरिद सुरु गरेको भजनी खरिद उपकेन्द्रका कर्मचारी भीमबहादुर बुढा...
नानक जयन्ती मनाइँदै

नानक जयन्ती मनाइँदै

यो दिवसमा मानवलाई सहिष्णुता, करुणा र आपसी प्रेमको मार्गमा अघि बढ्न प्रेरणा दिने यो दिवसमा सिख समुदायले गुरुवाणी पाठ, आरती एवं मानव सेवाका कार्यक्रम गर्दै आएका छन् ।
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १००, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ७०, आलु रातो...
सञ्चारमन्त्रीको पहिलो निर्णय कार्यान्वयन, काठमाडौँका महत्वपूर्ण १९ स्थानमा निःशुल्क वाइफाइ

सञ्चारमन्त्रीको पहिलो निर्णय कार्यान्वयन, काठमाडौँका महत्वपूर्ण १९ स्थानमा निःशुल्क वाइफाइ

मन्त्रालयका अनुसार यसअघि नै वाइफाइ इन्टरनेट सेवा उपलब्ध भएका स्थानमा मर्मतसम्भार, गुणस्तर वृद्धि र क्षमता  विस्तार गरिएको छ भने तीन निर्माणाधीनसहित आठ स्थानमा नयाँ जडान गरिएको हो ।