नेभिगेशन
समाज

केआईआईटीमा भएको नेपाली विद्यार्थीको मृत्युबारे के भन्छ भारतको विदेश मन्त्रालय ?

काठमाडौँ । भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) अध्ययनरत नेपाली विद्यार्थी प्रिसा शाहको मृत्यु सम्बन्धमा भारतीय विदेश मन्त्रालयले विज्ञप्ती जारी गरेको छ । मन्त्रालयले शाहप्रति श्रद्धाञ्जली र परिवारप्रति समवेदना गरिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘केआईआईटी विश्वविद्यालय, भुवनेश्वरका नेपाली विद्यार्थीको दुःखद निधनप्रति गहिरो दुःख व्यक्त गर्दछौं। यस कठिन समयमा हामी शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछौं।’ विज्ञप्तीमा भनिएको छ । 

Ncell
Extreme Energy

भारतको विदेश मन्त्रालयले यो दुःखद घटनाको जानकारी पाएदेखि नै ओडिशा राज्य सरकारसँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ । ओडिशा राज्य सरकारले दिवंगत विद्यार्थीको परिवारलाई पूर्ण सहयोग प्रदान गरेको र हाल ओडिशा प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको समेत मन्त्रालयले जनाएको छ । 

त्यस्तै भारत सरकारले सबै अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सुरक्षालाई अत्यन्त गम्भीरतापूर्वक लिने बताइएको छ । यस मामिलामा नेपाली निकायहरू, ओडिशा राज्य सरकार तथा कीआईआईटी व्यवस्थापनसँग निरन्तर सम्पर्कमा रही समन्वय गरिरहेको विज्ञप्तीमा उल्लेख छ । 

foreign-affiar-1746175582.png
भारतको ओडिसा राज्यस्थित भुवनेश्वरमा रहेको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा अर्की एक नेपाली छात्रा मृत अवस्थामा फेला परेकी थिइन् । 

केआईआईटी विश्वविद्यालयमा बीटेक प्रथम वर्षमा अध्ययनरत वीरगन्जकी प्रिशा साह होस्टेलको ‘क्वी सी ४’ स्थित आफ्नै कोठामा झुन्डिएको अवस्थामा फेला परेको उनका साथीहरूले बताएका छन् । 

बिहीबार साँझ करिब आठ बजे उनको ढोका नखुलेपछि साथीहरूले ढोका फोडेका थिए । सार्वजनिक भएका भिडियोमा उनी पङ्खामा झुन्डिएको अवस्थामा देखिन्छ । होस्टल प्रशासनका अनुसार नियमित हाजिरका क्रममा प्रिशा अनुपस्थित भएपछि उनको अवस्थाबारे खोजी भएको थियो । 

होस्टलमा रहेको अर्का एक नेपाली विद्यार्थीका अनुसार उनीहरुले देख्ने बेलामा उनको शरिर निलो देखिन थालेको थियो । प्रिशा एक वर्ष अघि मात्रै अध्ययनका लागि केआईआईटी पुगेकी थिइन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गाडीको ठक्करबाट आमाछोरीकै मृत्यु

गाडीको ठक्करबाट आमाछोरीकै मृत्यु

सानीभेरी गाउँपालिका–८ एकान्तस्थित मध्यपहाडी लोकमार्गमा विद्युतीय गाडीको ठक्करबाट आमाछोरीको मृत्यु भएको छ ।
बाँसबारीमा जमिन भासिएपछि पल्टिएको घर (तस्बिरहरु)

बाँसबारीमा जमिन भासिएपछि पल्टिएको घर (तस्बिरहरु)

भासिन सक्ने अवस्था भएपछि यहाँ बसेकाले ३ दिनअघि नै घर छोडेका थिए । यो घरमा गेष्ट हाउस सञ्चालनमा थियो । काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले भासिएको भाग आज त्रिपालले...
नेपाली वैज्ञानिकलाई नवप्रवर्तनको ओस्कार मानिने अवार्ड, के हो उनले विकास गरेको  इलेक्ट्रो–लिथ प्रविधि ?

नेपाली वैज्ञानिकलाई नवप्रवर्तनको ओस्कार मानिने अवार्ड, के हो उनले विकास गरेको  इलेक्ट्रो–लिथ प्रविधि ?

विद्युतीय गाडी, मोबाइल फोन, ल्यापटपदेखि ठूला ऊर्जा भण्डारण प्रणालीसम्म ब्याट्रीको माग बढ्दै जाँदा त्यसलाई अझ छिटो, कम खर्चमा र प्रभावकारी रूपमा उत्पादन बढाउन लिथियम–आयन ब्याट्रीले सहयोग पुग्ने बताइएको...
फ्लाइट डिले गर्ने एयरलाइन्सले अब दिनुपर्छ यात्रुलाई क्षतिपूर्ति, यात्रुको अनिवार्य बिमा गर्नुपर्ने

फ्लाइट डिले गर्ने एयरलाइन्सले अब दिनुपर्छ यात्रुलाई क्षतिपूर्ति, यात्रुको अनिवार्य बिमा गर्नुपर्ने

यात्रुले सास्ती भोगिरहने र वायुसेवा कम्पनीले कुनै दायित्व नलिने यस्तो अवस्थाको अन्त्य गर्न सरकारले नयाँ कानुन प्रस्ताव गरेको छ । सरकारले खासगरी आन्तरिक वायुसेवा कम्पनीलाई यात्रुप्रति जवाफदेही बनाउन...