नेभिगेशन
मुख्य समाचार

गर्भिणी भैँसीमाथि मान्छेले देखाएको क्रूरता ! (भिडियाे)

वैशाख १७ गते । मध्यरातकाे समय । बागलुङको ताराखोला गाउँपालिका वडा नम्बर १ बुकेनीमा मानिसहरू मस्त निद्रामा थिए । पारीपट्टिको गाउँबाट बुकेनीमा रहेको एक घरमा दनदनी आगो दन्केकाे देखियो । 

बुकेनी पारीका गाउँका गाउँलेले आगो लागेको भन्दै हल्लाखल्ला गरे । त्यसपछिमात्रै बुकेनीका गाउँलेले गाउँमा आगो लागेको थाहा पाए ।

CG

उनीहरू हतार हतार आगो निभाउन गए । उनीहरू पुग्दा आगो लागेको घर नभएर गोठ रहेको पाइयो । गाउँलेहरू पुग्नु अगावै खरले छाएको गोठ पुरै जलिसकेको थियो । त्यहाँ घर बनाउनका लागि जम्मा गरिएका केही काठका फलेकहरू पनि थिए । त्यो पनि जलिरहेको थियो । आगोले गोठमा जल्ने सबै कुराहरू जलाइसकेको थियो । स्थानीयले जेनतेन आगो निभाए ।

उक्त गोठ थियो, स्थानीय सनम विश्वकर्माको । उनी त्यति बेला पोखरामा थिए । घरमा उनका आमा बाबु मात्रै थिए । गोठ अलि कोल्टे ठाउँमा थियो । त्यसमाथि मध्यरात १२ बजेको मस्त निद्रामा रहेका कारण गोठ धनी र छिमेकीले समेत आगो लागेको पत्तो पाएनन् ।

उक्त गोठमा डेढ वर्षको एउटा पाडो र करिब ९ महिनाको एउटा गर्भवती भैँसी बाँधिएको थियो । तर स्थानीय र गोठ धनी पुग्दा उनीहरूले गोठमा न भैँसी देखे, न पाडो नै । 

आगोको रापले शरीरको बाहिरी भाग पुरै जलेको भैँसी जेनतेन दाम्लोबाट उम्किन सफल भएछ । अत्तालिएर गोठबाट भागेको भैँसी केही पर भेटियो । आँखा, मुख तथा शरीरका सबै छाला पूर्ण जलेर छट्पटाइहेको अवस्थामा भैँसी भेटियो । तर डेढ वर्षको पाडो अझै भेटिएन । 

आगो पूर्णरुपमा निभाएर स्थानीयले आगो लागेको संरचना पन्छाउँदा भेटियो, पाडो त गोठमै जलिसकेको रहेछ । जलेको पाडोको केही अवशेषहरू गोठमै भेटियो । गोठ जल्दै गर्दा माथिबाट छानो झरेर पाडोलाई पुरेपछि पाडो त्यहीँ जलेको हुनसक्ने स्थानीयको अनुमान छ । 

घरमा परेको बज्रपात सनमले राति नै थापा पाए । भोलिपल्ट बिहानै सनम पोखराबाट घर पुगे । उनी पुग्दा गोठको अवशेष मात्र बाँकी थियो । ब्याउन १ महिना मात्र बाँकी भएको भैँसीको आँखा, थुतुनो तथा बाहिरी शरीर पुरै जलेको थियो । 

बारीको काल्लामुनी रहेको भैँसीले धुकधुकी सास फेरिरहेको थियो । उता आमा मुर्छा परेर रोइरहेकी थिइन् । सो दृश्यले सनमलाई असह्य पीडा दियो । त्यो पीडा उनले सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियोमा पनि प्रस्टै बुझिन्छ ।

त्यसपछि सनमले भैँसीलाई जलन कम होस भनेर स्थानीय स्तरमा उपलब्ध औषधीको लेप लगाइदिए । भैँसीले घाँस पानी केही खान सकेको थिएन । २० गते शनिवारका दिन दिउँसो गर्भिणी भैँसीको प्राण गयो ।

ऋण गरेर किनिएको भैँसी ब्याउन केही दिन मात्रै बाँकी थियो । 

भैँसीले प्राण त्यागे पनि उसको पेटमा अर्को प्राण थियो । नेपाली समाजको मान्यताले गर्भ बोकेकी भैँसीलाई खाल्डोमा हाल्न दिएन । भैँसीको पेटमा भएको पाडो निकालियो । मृत भैँसीको पेटबाट निकालिएको पाडोको धुकधुकी अझै चलिरहेको थियो । तर उक्त पाडोले पनि केही बेरमा प्राण त्याग्यो । त्यसपछि भैँसी र पाडोलाई एउटै खाल्डोमा पुरियो ।

सनमका अनुसार उक्त गोठमा आफैँ आगो लाग्ने कुनै सम्भावना नै छैन । किनभने त्यहाँ बिजुली जोडिएको छैन । कुँडो पकाउने वा गोठमा आगो बाल्ने गरिएको पनि छैन । कसैले आगो लगाउनु बाहेक गोठमा आगो लाग्ने कुनै कारण नभएको सनम बताउँछन् । अब प्रश्न उठ्छ गोठमा आगो कसले किन लगायो ? 

यो विषयमा अहिले प्रहरीले पनि अनुसन्धान गरिरहेको छ । सनमले शंकास्पदहरुको विवरण प्रहरीलाई उपलब्ध गराएका छन् । 

सनमको परिवारको अवस्था त्यति राम्रो छैन । ऋण खोजेर किनेको भैँसी गोठ जलेसँगै जल्यो, जसको ऋण सनमले अझै तिरिसकेका छैनन् । हुर्किँदै गरेको पाडो पनि मर्यो । 

आफूले वर्षाैँदेखि पाल्दै आएको प्राणीहरुको दर्दनाक मृत्यु देख्दा सनमकी आमा विचलित भएकी छिन् । आमालाई यो पीडा बिर्साउन र आफ्नै पुरानो दैनिकीमा फर्काउन अर्को भैँसी किनिदिने सनमको इच्छा छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
निर्वाचन सफल बनाउने विषयमा मुख्य दल र सरकारबीच समझदारी

निर्वाचन सफल बनाउने विषयमा मुख्य दल र सरकारबीच समझदारी

राष्ट्रपति भवन शीतल निवासमा मङ्गलबार अपराह्न प्रधानमन्त्री सुुशीला कार्कीसहित नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली...
नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

आयोगद्वारा जारी विज्ञप्तिमा गिरीले सन् १९८८ मा भारतको विहार स्कुल एक्जामिनेशन बोर्ड, पटनाबाट ‘एसएलसी’ उत्तीर्ण गरेको भनी पेस गरेको शैक्षिक प्रमाणपत्र नक्कली रहेको पुष्टि भएको उल्लेख गरिएको छ...
पूर्व गृह सचिव दुवाडी, आईजिपी खापुङ र  सिडियो रिजालको स्थानहद फुकुवा

पूर्व गृह सचिव दुवाडी, आईजिपी खापुङ र सिडियो रिजालको स्थानहद फुकुवा

आयोगले एक विज्ञप्ति जारी गर्दै पूर्व गृह सचिव गोकर्णमणि दुवाडी, पूर्व प्रमुख जिल्ला अधिकारी छबिलाल रिजाल र पूर्व प्रहरी प्रमुख चन्द्रकुवेर खापुङको स्थानहद फुकुवा गरिएको आयोगले जनाएको छ।
राष्ट्रपतिको पहलमा पहिलो पटक प्रधानमन्त्री कार्कीसँगदेउवा, ओली र प्रचण्डको भेट

राष्ट्रपतिको पहलमा पहिलो पटक प्रधानमन्त्री कार्कीसँगदेउवा, ओली र प्रचण्डको भेट

जसमा पहिलो पटक प्रधानमन्त्री कार्की पनि सहभागी भएकी छिन्। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबाट प्रधानमन्त्री बनेकी कार्कीले अहिलेसम्म देउवा, ओली र प्रचण्डसँग भेट गरेकी थिइनन्। यस...

भर्खरै