नेभिगेशन
समाज

गर्भिणी भैँसीमाथि मान्छेले देखाएको क्रूरता ! (भिडियाे)

वैशाख १७ गते । मध्यरातकाे समय । बागलुङको ताराखोला गाउँपालिका वडा नम्बर १ बुकेनीमा मानिसहरू मस्त निद्रामा थिए । पारीपट्टिको गाउँबाट बुकेनीमा रहेको एक घरमा दनदनी आगो दन्केकाे देखियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुकेनी पारीका गाउँका गाउँलेले आगो लागेको भन्दै हल्लाखल्ला गरे । त्यसपछिमात्रै बुकेनीका गाउँलेले गाउँमा आगो लागेको थाहा पाए ।

Ncell
Extreme Energy

उनीहरू हतार हतार आगो निभाउन गए । उनीहरू पुग्दा आगो लागेको घर नभएर गोठ रहेको पाइयो । गाउँलेहरू पुग्नु अगावै खरले छाएको गोठ पुरै जलिसकेको थियो । त्यहाँ घर बनाउनका लागि जम्मा गरिएका केही काठका फलेकहरू पनि थिए । त्यो पनि जलिरहेको थियो । आगोले गोठमा जल्ने सबै कुराहरू जलाइसकेको थियो । स्थानीयले जेनतेन आगो निभाए ।

उक्त गोठ थियो, स्थानीय सनम विश्वकर्माको । उनी त्यति बेला पोखरामा थिए । घरमा उनका आमा बाबु मात्रै थिए । गोठ अलि कोल्टे ठाउँमा थियो । त्यसमाथि मध्यरात १२ बजेको मस्त निद्रामा रहेका कारण गोठ धनी र छिमेकीले समेत आगो लागेको पत्तो पाएनन् ।

उक्त गोठमा डेढ वर्षको एउटा पाडो र करिब ९ महिनाको एउटा गर्भवती भैँसी बाँधिएको थियो । तर स्थानीय र गोठ धनी पुग्दा उनीहरूले गोठमा न भैँसी देखे, न पाडो नै । 

आगोको रापले शरीरको बाहिरी भाग पुरै जलेको भैँसी जेनतेन दाम्लोबाट उम्किन सफल भएछ । अत्तालिएर गोठबाट भागेको भैँसी केही पर भेटियो । आँखा, मुख तथा शरीरका सबै छाला पूर्ण जलेर छट्पटाइहेको अवस्थामा भैँसी भेटियो । तर डेढ वर्षको पाडो अझै भेटिएन । 

आगो पूर्णरुपमा निभाएर स्थानीयले आगो लागेको संरचना पन्छाउँदा भेटियो, पाडो त गोठमै जलिसकेको रहेछ । जलेको पाडोको केही अवशेषहरू गोठमै भेटियो । गोठ जल्दै गर्दा माथिबाट छानो झरेर पाडोलाई पुरेपछि पाडो त्यहीँ जलेको हुनसक्ने स्थानीयको अनुमान छ । 

घरमा परेको बज्रपात सनमले राति नै थापा पाए । भोलिपल्ट बिहानै सनम पोखराबाट घर पुगे । उनी पुग्दा गोठको अवशेष मात्र बाँकी थियो । ब्याउन १ महिना मात्र बाँकी भएको भैँसीको आँखा, थुतुनो तथा बाहिरी शरीर पुरै जलेको थियो । 

बारीको काल्लामुनी रहेको भैँसीले धुकधुकी सास फेरिरहेको थियो । उता आमा मुर्छा परेर रोइरहेकी थिइन् । सो दृश्यले सनमलाई असह्य पीडा दियो । त्यो पीडा उनले सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियोमा पनि प्रस्टै बुझिन्छ ।

त्यसपछि सनमले भैँसीलाई जलन कम होस भनेर स्थानीय स्तरमा उपलब्ध औषधीको लेप लगाइदिए । भैँसीले घाँस पानी केही खान सकेको थिएन । २० गते शनिवारका दिन दिउँसो गर्भिणी भैँसीको प्राण गयो ।

ऋण गरेर किनिएको भैँसी ब्याउन केही दिन मात्रै बाँकी थियो । 

भैँसीले प्राण त्यागे पनि उसको पेटमा अर्को प्राण थियो । नेपाली समाजको मान्यताले गर्भ बोकेकी भैँसीलाई खाल्डोमा हाल्न दिएन । भैँसीको पेटमा भएको पाडो निकालियो । मृत भैँसीको पेटबाट निकालिएको पाडोको धुकधुकी अझै चलिरहेको थियो । तर उक्त पाडोले पनि केही बेरमा प्राण त्याग्यो । त्यसपछि भैँसी र पाडोलाई एउटै खाल्डोमा पुरियो ।

सनमका अनुसार उक्त गोठमा आफैँ आगो लाग्ने कुनै सम्भावना नै छैन । किनभने त्यहाँ बिजुली जोडिएको छैन । कुँडो पकाउने वा गोठमा आगो बाल्ने गरिएको पनि छैन । कसैले आगो लगाउनु बाहेक गोठमा आगो लाग्ने कुनै कारण नभएको सनम बताउँछन् । अब प्रश्न उठ्छ गोठमा आगो कसले किन लगायो ? 

यो विषयमा अहिले प्रहरीले पनि अनुसन्धान गरिरहेको छ । सनमले शंकास्पदहरुको विवरण प्रहरीलाई उपलब्ध गराएका छन् । 

सनमको परिवारको अवस्था त्यति राम्रो छैन । ऋण खोजेर किनेको भैँसी गोठ जलेसँगै जल्यो, जसको ऋण सनमले अझै तिरिसकेका छैनन् । हुर्किँदै गरेको पाडो पनि मर्यो । 

आफूले वर्षाैँदेखि पाल्दै आएको प्राणीहरुको दर्दनाक मृत्यु देख्दा सनमकी आमा विचलित भएकी छिन् । आमालाई यो पीडा बिर्साउन र आफ्नै पुरानो दैनिकीमा फर्काउन अर्को भैँसी किनिदिने सनमको इच्छा छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अमेरिकामा परराष्ट्रमन्त्री शिशिर खनालका १० दिन

अमेरिकामा परराष्ट्रमन्त्री शिशिर खनालका १० दिन

दश दिनमा खनालले ८० भन्दा बढी बैठक गरे । भेटवार्ता गरे । छलफल गरे । मिडियाहरुमा उनले गरेका भेटवार्ताका समाचार यति धेरै आउँथे कि, यो नयाँ हो कि...
सङ्घीय संसद् कमजोर भएको छैनः सभामुख अर्याल

सङ्घीय संसद् कमजोर भएको छैनः सभामुख अर्याल

सभामुख अर्यालले सङ्घीय संसद्मा सदस्यहरूले उठाएका विषयमा आफूले टिप्पणी गर्न सान्दर्भिक नहुने पनि स्पष्ट पारे । “सङ्घीय संसद्मा सदस्यहरूले उठाएको विषयलाई मैले टिप्पणी गर्न सान्दर्भिक नहोला”, उनले भने,...
आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री खनालले आर्थिक कूटनीतिलाई नेपालको समग्र विकास रणनीतिको अभिन्न अङ्ग बनाउनुपर्ने बताए। उनले नेपालको परराष्ट्र नीतिले देशको आर्थिक रूपान्तरण, उत्पादन वृद्धि र अन्तरराष्ट्रिय बजारमा पहुँच विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने...
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...