नेभिगेशन
समाज

९ दशमलव ९८ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक नौ दशमलव ९८ अङ्कले घटेर दुई हजार छ सय १० दशमलव ४० अङ्कमा कायम भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज तीन सय १९ कम्पनीको एक करोड ८४ लाख ३७ हजार नौ सय ४२ कित्ता शेयर ६५ हजार आठ सय ८४ पटक खरिदबिक्री हुँदा रू सात अर्ब ६३ करोड ४१ लाख ९३ हजार छ सय ९३ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

Ncell
Extreme Energy

होटल तथा पर्यटन समूह शून्य दशमलव ०२, लघुवित्त शून्य दशमलव ११, म्युचुअल फन्ड शून्य दशमलव २० र निर्जीवन बीमा समूह शून्य दशमलव ०६ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव ३८, विकास बैंक शून्य दशमलव ७६, वित्त शून्य दशमलव ९७, जलविद्युत् शून्य दशमलव ७४, लगानी शून्य दशमलव १३ र जीवन बीमा शून्य दशमलव ११ प्रतिशतले घटेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन शून्य दशमलव ८८, व्यापार शून्य दशमलव ७२ र अन्य समूह शून्य दशमलव २२ प्रतिशतले घटेको छ ।

आजको कारोबारमा नेपाल माइक्रोइन्स्योरेन्स कम्पनी लिमिटेड, ओम मेगाश्री फार्मास्युटिकल्स लिमिटेड र सिटिजन सुपर–३० म्युचुअल फन्डको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने हिमालयन पावर पार्टनर लिमिटेडको शेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेप्से परिसूचकमा झिनो अङ्कको बृद्धि

नेप्से परिसूचकमा झिनो अङ्कको बृद्धि

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलव ६३ अङ्कले उकालो लागेर दुई हजार सात सय दुई दशमलव ११ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने...
नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि

नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शुन्य दशमलव २० अङ्कले घटेर चार सय ६४ दशमलव ४३ मा सिमित भएको छ । कुल ३५२ कम्पनीको ८३ लाख ७५...
नेप्से परिसूचकमा ६.३१ अङ्कको गिरावट

नेप्से परिसूचकमा ६.३१ अङ्कको गिरावट

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ४८ अङ्कले ओरालो लागेर ४६४ दशमलव ६४ मा सीमित भएको छ । कारोबार भएकामध्ये ८० कम्पनीको शेयर मूल्य उकालो...
१२ दशमलव २६ अङ्कले घट्यो नेप्से परिसूचक

१२ दशमलव २६ अङ्कले घट्यो नेप्से परिसूचक

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ९६ अङ्कले ओरालो लागेर ४६६ दशमलव १३ मा सीमित भएको छ । कारोबार भएकामध्ये कूल ७३ कम्पनीको शेयर मूल्य...