नेभिगेशन
सबै कुरा
टी-२० विश्वकप एसिया छनोट :

टी-२० विश्वकप एसिया छनोट : मलेसियाले नेपाललाई दियो १६६ रनको टार्गेट

बाठमाडौं । आइसिसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गत मलेसियाले नेपाललाई १६६ रनको टार्गेट दिएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६५ रन बनाएको हाे । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदान भएकाे खेलमा १९.६ ओभरमा अविनाश बोहोराको बलमा फित्री शाम आउट हुँदा नेपालले नवौँ विकेट लिएको थियो भने १९‍.२ ओभरमा अविनाश बोहोराकै बलमा सजरुल इद्रुस क्याच आउट हुँदा नेपालले आठौँ विकेट लिएको थियो । 

Marvel
Extreme Energy

त्यस्तै १७.२ ओभरमा अविनाश बोहोराकै बलमा मोहमद अमिर अजिम आउट हुँदै नेपालले साताैँ विकेट लिएकाे थियाे भने  १५.५ ओभरमा करण केसीको बलमा ऐनुल हाफिज रन आउट हुँदा नेपालले छैटाैँ विकेट लिएकाे थियाे । त्यस्तै १४‍.४ ओभरमा गुल्सन झाको बलमा शैयद अजिज आउट  हुँदा नेपालले पाचाैँ विकेट लिएकाे थियाे ।

१३.६ ओभरमा कप्तान रोहितकुमार पौडेलको बलमा शर्भिन मुनिन्दा आउट हुँदा नेपालले चाैथाे साथै १०.१ ओभरमा सन्दीप लामिछानेको बलमा विरन्दीप सिंह आउट हुँदा नेपालले तेस्राे विकेट हात पारेकाे  थियाे । त्यस्तै दोस्रो विकेटका लागि ६.६ ओभरमा सन्दीप लामिछानेको बलमा अहम्मद फेज रन आउट भएका थिए भने ५.५ ओभरमा अविनाश बोहोराको बलमा अहमद जुबैदी जुल्किफ्ले आउट  हुँदा नेपालले पहिलाे विकेट लिएकाे थियाे । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने आजको खेल नेपाल लगातार दोस्रो जितको खोजीमा छ । 

सोमबार भएको पहिलो खेलमा नेपालले सिङ्गापुरलाई आठ विकेटले पराजित गरेको थियो । मलेसिया पनि नेपाललाई हराउँदै पहिलो जित निकाल्ने दाउमा छ । मलेसिया हिजो भएको पहिलो खेलमा ओमानसँग ३२ रनले पराजित भएको थियो ।

नेपालले आजको खेलमा कुनै खेलाडी परिवर्तन गरेको छैन । नेपालका दीपेन्द्रसिंह ऐरी खुट्टामा चोट लागेका कारण टोलीमा सहभागी छैनन् । दीपेन्द्रको स्थानमा विवेक यादवलाई निरन्तरता दिइएको छ ।

आजको खेलदमा नेपालको प्लेइङ ११ मा कप्तान रोहितकुमार पौडेल, आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एनपिएलः थ्रिलिङ म्याचमा कर्णालीद्वारा विराटनगर किङ्ग्स पराजित

एनपिएलः थ्रिलिङ म्याचमा कर्णालीद्वारा विराटनगर किङ्ग्स पराजित

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यायल अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा विराटनगरले जितका लागि दिएको १८७ रनको लक्ष्य पच्छाएको कर्णालीले १९ दशमलव पाँच ओभरमा छ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।
एनपिएलः जनकपुर बोल्ट्सद्वारा काठमाण्डु गोर्खाज पराजित

एनपिएलः जनकपुर बोल्ट्सद्वारा काठमाण्डु गोर्खाज पराजित

जनकपुरले पहिलो खेलमा कर्णाली याक्सविरुद्ध १९ रनको हार व्यहोरेको थियो । काठमाण्डुले दिएको एक सय १६ रनको लक्ष्य जनकपुरले १७ दशमलव २ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो ।
एनपिएलमा आज जनकपुरविरुद्ध काठमाडौं र कर्णालीविरुद्ध विराटनगर खेल्दै

एनपिएलमा आज जनकपुरविरुद्ध काठमाडौं र कर्णालीविरुद्ध विराटनगर खेल्दै

नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुईटा खेल हुँदैछ ।
सुदूरपश्चिमसँग पोखरा ६ विकेटले पराजित, दिपेन्द्रले बनाए अर्धशतक

सुदूरपश्चिमसँग पोखरा ६ विकेटले पराजित, दिपेन्द्रले बनाए अर्धशतक

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ५१ रन बनाए । उनले ३६ बलमा ४ चौका र २ छक्का प्रहार गरे । त्यस्तै, इशान पाण्डेले ३१ बलमा २ चौका...

भर्खरै