नेभिगेशन
समाज

नेप्से परिसूचकमा सामान्य सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से्र) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । नेप्से परिसूचक आज एक दशमलव ०३ अङ्कले बढेर दुई हजार ६११ दशमलव ४३ को बिन्दुमा कायम भएको हो ।

आज ३१८ कम्पनीको दुई करोड पाँच लाख ४२ हजार ७६४ कित्ता शेयर ८० हजार ५४ पटक खरिदबिक्री हुँदा रू आठ अर्ब ७४ करोड ७६ लाख ६८ हजार ८४६ बराबरको कारोबार भएको छ । आजको कारोबारमा जलविद्युत् एक दशमलव ४०, जीवन बीमा शून्य दशमलव १३, उत्पादन तथा प्रशोधन शून्य दशमलव २९, निर्जीवन बीमा समूह शून्य दशमलव ५७ र व्यापार समूह दुई दशमलव ०३ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव ३५, विकास बैंक शून्य दशमलव ५०, वित्त एक दशमलव २८, होटल तथा पर्यटन शून्य दशमलव ३३ र लगानी समूह शून्य दशमलव ४१ प्रतिशतले घटेको छ । त्यस्तै, लघुवित्त शून्य दशमलव ३०, म्युचुअल फन्ड शून्य दशमलव १३ र व्यापार समूह एक दशमलव ५८ प्रतिशतले घटेको छ ।

CG

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सानिमा माई हाईड्रोपावर लिमिटेडको रू ९२ करोड ८९ लाख ६२ हजार ७६६ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने ङादी ग्रुप पावर लिमिटेडको १७ लाख ४७ हजार ५८१ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेप्से परिसूचकमा १३ अङ्कको गिरावट

नेप्से परिसूचकमा १३ अङ्कको गिरावट

आजको कारोबारमा व्यापार समूहबाहेक अरु सबै समूहको उपसूचक घटेको छ । एसवाई प्यानल नेपाल लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने मानुषी लघुवित्त...
रिलायन्सको आइपीओ छेडखानी अनुसन्धान हुने

रिलायन्सको आइपीओ छेडखानी अनुसन्धान हुने

रिलायन्सको आईपीओको सन्दर्भमा उठेका प्रश्नबारे  छानबिन गर्न निर्देशन दिँदै बोर्डलाई पत्राचार गरिएको अर्थ मन्त्रालयका प्रवक्ता एवम् सहसचिव टङ्कप्रसाद पाण्डेयले सिधाकुरालाई बताए । ‘ मन्त्रालयले नेपाल धितोपत्र बोर्डलाई पत्राचार...
नेप्से परिसूचकमा सामान्य अङ्कले वृद्धि

नेप्से परिसूचकमा सामान्य अङ्कले वृद्धि

बुधबार ३३२ कम्पनीको ८५ लाख ९८ हजार ४२४ कित्ता शेयर ५८ हजार ९६ पटक खरिदबिक्री हुँदा रू चार अर्ब पाँच करोड ३७ लाख २० हजार ७८२ बराबरको कारोबार...
दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक

दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक

मंगलबार ३२५ कम्पनीको ७८ लाख चार हजार ४५ कित्ता शेयर ५५ हजार ७८ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब २९ करोड ४२ लाख २७ हजार ११२ बराबरको कारोबार...

भर्खरै