नेभिगेशन
समाज

ग्रिनलाइन सेन्टरका सञ्चालक अमित अग्रवाल पक्राउ,  बैंकिङ कसुर र चेक अनादरको मुद्दामा दोषी ठहर

काठमाडौँ । बैंकिङ कसुर र चेक अनादरका मुद्दामा दोषी ठहर ग्रिनलाइन सेन्टरका सञ्चालक अमित अग्रवाल पक्राउ परेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


काठमाडौँको जमलस्थित ब्रान्डेड मदिराको व्यापार गर्ने ग्रिनलाइन सेन्टरका सञ्चालक अग्रवाललाई चेक अनादर र बैकिङ कसुरका फरक फरक मुद्दामा दोषी ठहर भएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

Ncell
Extreme Energy


काठमाडौँ जिल्ला अदालतले उनलाई २०८० जेठ २२ गते बैंकिङ कसुर मुद्दामा ३० दिन कैद र एक करोड ५० लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो । 


यस्तै २०८० असार २१ गते अर्को चेक अनादरको मुद्दामा ३ हजार जरिवाना र २०८० फागुन २४ गते चेक अनादरकै अर्को मुद्दामा ४ हजार जरिवानाको फैसला गरेको थियो । 

२०७८ फागुनमा पनि पक्राउ परेका अग्रवाल धरौटीमा रिहा भएका थिए । तर अदालतको फैसलापछि भने उनी फरार रहेका थिए । 

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्त एसपी अपिलराज बोहराका अनुसार अग्रवाललाई मंगलबार काठमाडौँको स्वयम्भूबाट पक्राउ गरीएको हो । 

उनलाई पक्राउ गरेलगत्तै फैसला कार्यान्वयनका लागि अदालतमा उपस्थित गराइसकेको पनि एसपी बोहराले बताए। 

उनीविरुद्ध सञ्जय अधिकारी लगायतले चेक बाउन्सको जाहेरी दिएका थिए। त्यसपछि परिवारसहित भारत भागेका उनी पछि ऋण सल्टाउने भन्दै नेपाल फर्कीएका थिए । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
साउन ३१ गते यी सात स्थानबाट ग्यास वितरण हुने

साउन ३१ गते यी सात स्थानबाट ग्यास वितरण हुने

निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा साउन ३१ गते आइतबार तोकिएका स्थानबाट विभिन्न ब्रान्डका ग्यास सिलिन्डर बिक्री–वितरण गर्ने जनाएको छ। निगमका अनुसार ग्यास खरिदका लागि उपभोक्ताले बिहान ११...
एमाले महासचिव पोखरेलको प्रश्न—‘दोष कसलाई दिने ?’

एमाले महासचिव पोखरेलको प्रश्न—‘दोष कसलाई दिने ?’

पोखरेलले सामाजिक सञ्जालमार्फत हिजो सडकका खाल्डा पुर्न नसक्ने, सेवा लिन घण्टौँ लाइन बस्नुपर्ने, समयमा मल नपाइने तथा युवाहरू रोजगारीका लागि विमानस्थलमा लाम लाग्नुपर्ने अवस्थालाई देखाएर नेतृत्व परिवर्तनको माग...
मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा

मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरी टोलीले आठ कन्टेनरहरूलाई अलगरअलग स्थानमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए। कोरलादेखि मालवस्तु...
पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

उनका अनुसार १० जनाको समूहमा रहेका बालक खोला तर्ने क्रममा आठ जना तर्न सफल भएका र दुई जनालाई बगाएको सूचना प्राप्त भएपछि अहिले खोजतलास सुरु गरिएको छ ।...