नेभिगेशन
मुख्य समाचार

ग्रिनलाइन सेन्टरका सञ्चालक अमित अग्रवाल पक्राउ,  बैंकिङ कसुर र चेक अनादरको मुद्दामा दोषी ठहर

काठमाडौँ । बैंकिङ कसुर र चेक अनादरका मुद्दामा दोषी ठहर ग्रिनलाइन सेन्टरका सञ्चालक अमित अग्रवाल पक्राउ परेका छन् । 


काठमाडौँको जमलस्थित ब्रान्डेड मदिराको व्यापार गर्ने ग्रिनलाइन सेन्टरका सञ्चालक अग्रवाललाई चेक अनादर र बैकिङ कसुरका फरक फरक मुद्दामा दोषी ठहर भएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

CG


काठमाडौँ जिल्ला अदालतले उनलाई २०८० जेठ २२ गते बैंकिङ कसुर मुद्दामा ३० दिन कैद र एक करोड ५० लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो । 


यस्तै २०८० असार २१ गते अर्को चेक अनादरको मुद्दामा ३ हजार जरिवाना र २०८० फागुन २४ गते चेक अनादरकै अर्को मुद्दामा ४ हजार जरिवानाको फैसला गरेको थियो । 

२०७८ फागुनमा पनि पक्राउ परेका अग्रवाल धरौटीमा रिहा भएका थिए । तर अदालतको फैसलापछि भने उनी फरार रहेका थिए । 

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्त एसपी अपिलराज बोहराका अनुसार अग्रवाललाई मंगलबार काठमाडौँको स्वयम्भूबाट पक्राउ गरीएको हो । 

उनलाई पक्राउ गरेलगत्तै फैसला कार्यान्वयनका लागि अदालतमा उपस्थित गराइसकेको पनि एसपी बोहराले बताए। 

उनीविरुद्ध सञ्जय अधिकारी लगायतले चेक बाउन्सको जाहेरी दिएका थिए। त्यसपछि परिवारसहित भारत भागेका उनी पछि ऋण सल्टाउने भन्दै नेपाल फर्कीएका थिए । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मुस्ताङमा कोरला नाकाबाट भित्रिएको ठूलो परिमाणमा भेप बरामद

मुस्ताङमा कोरला नाकाबाट भित्रिएको ठूलो परिमाणमा भेप बरामद

‘१६ हजार थान भेप सहित ना ६ ख ७५९१ नम्बरको कन्टेनरलाई नियन्त्रणमा लिइएको छ,’ जिल्ला प्रशासन कार्यालय स्रोतले सिधाकुरासँग भन्यो,‘अहिले मुचुल्काको काम भइरहेको छ।’
कांग्रेस विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने

कांग्रेस विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने

विशेष महाधिवेशनमा कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल चलिरहँदा बन्दसत्रमा सो जानकारी दिइएको हो । विशेष महाधिवेशन आयोजक समितिका अनुसार मङ्गलबारको बन्दसत्रमा नेतृत्वलगायतका...
राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान

राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान

उनले सोमबार नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा आगामी माघ ४ गते आइतबारका दिन ११ः०० बजे सङ्घीय संसद् सचिवालय, सिंहदरबारमा राष्ट्रियसभाको अधिवेशन...
महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’

महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’

महामन्त्री शर्माले पार्टीको विधानमा प्रतिनिधित्वसम्बन्धी नयाँ व्यवस्था प्रस्ताव गरिएको उल्लेख गर्दै केन्द्रीय समितिमा ३० वर्षमुनिका २० र ३० वर्ष पूरा भई ४० वर्ष ननाघेका २० गरी कूल ४०...