नेभिगेशन
सबै कुरा

‘महासचिव गुटेरेसको सम्बोधनबाट नेपालको गौरव बढ्यो’ : पूर्वसभामुख

काठमाडाैँ : संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले संसद्को संयुक्त सदनलाई आज गरेको सम्बोधनबाट विश्व समुदायमाझ नेपालको गौरव बढेको पूर्वसभामुखहरुले बताएका छन्। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महासचिव गुटेरेसको सम्बोधनपछि पूर्वसभामुख अग्निप्रसाद सापकोटाले  नेपालको शान्ति प्रक्रिया टुङ्ग्याउन, विश्वशान्ति कायम गर्न र जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि खेलेको भूमिका र सहयोगको महासचिवबाट भएको सरहानाले बहुआयामिक सन्देश प्रवाह गरेको बताए । उनले भने, “राष्ट्रसङ्घको विश्वशान्ति स्थापनाको अभियानमा नेपालले पुर्याएको साथ र सहयोगको खुलेर प्रशंसा गर्नुभएको छ । छोटो मन्तव्यमा पनि महासचिवले नेपाल र नेपालको प्रतिष्ठा बढाउने धेरै कुराको संश्लेषण राख्नुभएको छ ।”

Ncell
Extreme Energy

सगरमाथा र अन्नपूर्ण हिमालको आधार शिविरमा पुगेर जलवायु परिवर्तनबाट परेको असरबारे स्थानीयसँग जानकारी लिने र अवलोकन गर्ने कार्य हाम्रा लागि निकै महत्वपूर्ण विषय भएको पूर्वसभामुख सापकोटाले टिप्पणी गरे । 

अर्का पूर्वसभामुख दमननाथ ढुङ्गानाले शान्ति प्रक्रिया आफैँ पूरा गर्न नेपाललाई सुझाव दिँदै आवश्यक परेको खण्डमा सहयोग गर्छौं भनी देखाएको उदारता र दृष्टिकोण सराहनीय रहेको प्रतिक्रिया दिए । उनले भने, “महासचिवको मन्तव्यमा जलवायु परिवर्तनलाई निकै महत्व दिइएको छ, नेपालको विविधतालाई उहाँले राम्रोसँग बुझ्न र हेर्नु भएकाले हाम्रो नेतृत्वले राष्ट्रिय जलवायु कार्यसम्बन्धी अधिकार सम्पन्न संस्था बनाएर विश्वसंस्थासँग काम गरेमा परेका बाधा न्यून गर्न सहयोग पुग्छ ।”

शान्ति सेनामा नेपालको भूमिकाको महासचिवबाट राम्रो मूल्याङ्कन  भएको उल्लेख गर्दै  पूर्वसभामुख ढुङ्गानाले मन्तव्यका क्रममा महासचिवले दिवङ्गत सैनिकप्रति  श्रद्धाञ्जलि सम्मानका लागि गरेको आग्रह त्यसको उदाहरण भएको प्रतिक्रिया दिए ।

संसद् सचिवालयका पूर्वमहासचिव मनोहरप्रसाद भट्टराईले महासचिवको भ्रमणको कार्यक्रम नेपाल र नेपालीका लागि निकै महत्वपूर्ण रहेको बताए । उनले भने, “विशिष्ट पाहुनालाई दिइएको आतिथ्य र स्वागत खेर जाँदैन । समसामयिक सबै क्षेत्रलाई समेटेर सम्बोधन भएको छ । शान्ति प्रक्रिया आन्तरिक मामिला भएकाले आफैँ टुङ्गोमा पुर्याउनु भन्ने सन्देश दिनुभएको छ ।”

पूर्वमहासचिव भट्टराईले विश्व शान्तिमा पुर्याएको योगदान र जलवायु परिवर्तनको क्षतिका लागि नेपालले खेलेको भूमिकालाई सहयोग गर्नुपर्छ भनी राख्नुभएको  भनाइ आफैँमा उच्च कोटीको रहेको टिप्पणी गरे ।

यसअघि पनि राष्ट्रसङ्घका महासचिव वान कि मुनले संविधानसभालाई गरेको सम्बोधनले शान्ति प्रक्रियालाई अघि बढाउन र संविधान बनाउन प्रेरणा र उत्साह मात्र नभई समन्वय र सक्रियाताका लागि निकै ठूलो बल प्रदान गरेको घटना पूर्वमहासचिव भट्टराईले स्मरण गराए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

अघिल्लो भेटमा सभामुख अर्यालले सदनमा आएर सम्बोधन गर्न आग्रह गर्दा प्रधानमन्त्री बालेनले विचार गर्छु भन्ने जवाफ दिएका थिए।
प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

नेपाली कांग्रेसका सांसद भरत स्वाँरले प्रधानमन्त्री बालेन शाहको विरोध गर्ने नाममा संसद्‍मै झुट बोलेका छन् ।
कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा स्वीकृत गरेको छ ।
२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २३ र २४ भदौको जेन जी आन्दोलनबारे छलफल गर्दैछ ।