नेभिगेशन
समाज

पारा तेक्वान्दो खेलाडी पलेसालाई अमेरिकामा सम्मान

अमेरिका । नेपाली पारा तेक्वान्दो खेलाडी पलेसा गोवर्धन लाई अमेरिकामा सम्मान गरिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संयुक्त राज्य अमेरिकाको मेरिल्याण्डमा भएको तेस्राो एभरेष्ट रास्टिय खुल्ला तेक्वान्दो प्रतियोगितामा उनलाई सम्मान गरिएको हो । पेरिसमा भएको सन् २०२४ को ग्रीष्मकालीन प्यारालिम्पिक्समा  नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले पारा ओलम्पिकमी ऐतिहासिक कांस्य पदक जितेकि हुन् ।नेपाली खेलाडीले जितेको यो पहिलो  पदक हो जो नेपाली खेलकुदको सबै भन्दा ठूलो उपलब्धि मानिन्छ।

Ncell
Extreme Energy


नेपाल खेलकुद परिषदका पुर्व कर्मचारी नेपाली तेक्वान्दो प्रशिक्षक मास्टक कुमार कार्कि र कल्पना कार्किले सन्चालन गरेको तेक्वान्दो स्कुलले हरेक वर्ष यस्तो प्रतियोगिता गर्ने गरेको छ । प्रतियोगितामा नेपाली तेक्वान्दोमा महत्वपुर्ण योगदान दिनेहरुलाई सम्मान समेत गरिने गरेको मास्टर कर्किले बताए । 


मेरिल्याण्ड राज्यको सिसीबिसी क्याटोन्सभिल कम्युनिटी कलेज जिमनाजीएम बाल्टिमोरमा आयोजना भएको “तेश्रो एभरेष्ट राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिता भएको हो  । संयुक्त राज्य अमेरिकाका विभिन्न राज्यहरुबाट ४५२ जना खेलाडीहरुले सहभागिता लिएको उक्त प्रतियोगिताका ब्यवस्थापक  तथा तेक्वान्दो मास्टर गोपाल भन्डारिले बताए । 


यस बर्ष खुला बिभाजन तर्फ पेन्सेलभेनियाको हिङ्गम्याङ्ग तेक्वान्दोले ३५ वटा स्वर्ण,२६ वटा रजत तथा २४ वटा कास्य पदक सहित टोली प्रतियोगिता बिजयी बन्न सफल भएको छ । त्यस्तै एवरेस्ट तेक्वान्दो ल्यानकास्टर ३३ स्वर्ण,२१ रजत तथा १६ कास्य पदक सहित टोली बिजेताको पदक जित्न सफल भएको आयोजकले बताए । 


त्यस्तै गरि वल्र्ड क्लास डिभिजन९बिश्व श्रेणी बिभाजन०मा मेरिल्याण्डको मोसा तेक्वान्दोले ९ स्वर्ण ,७ रजत तथा ३ कास्य सहित टोली ग्रान्ड बिजेता हुन् सफल भएको छ । मेरिल्याण्डको युएस तेक्वान्दोले ७ स्वर्ण , ७ रजत तथा ६ कास्य सहित दोश्रो स्थान सहित टोली बिजता बन्न सफल भएको मास्टक कल्पना कार्किले बताईन । 

कार्यक्रममा ग्राण्डमास्टर से यङ चाङ ,नेपाल दूतावासका उप प्रमुख शरद राज आरन ,बाल्टिमोर काउन्टीका कार्यकारीका प्रतिनिधि इवान टालियाफेरो सहभागिता रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हिउँदमा लोडसेडिङको जोखिम, बिजुली आपूर्ति गर्न के छ सरकारको तयारी ?

हिउँदमा लोडसेडिङको जोखिम, बिजुली आपूर्ति गर्न के छ सरकारको तयारी ?

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले पूर्वाधारहरुको मर्मत सम्भार गरी आन्तरिक उत्पादनलाई प्राथमिकता दिइने र अपुग विद्युत भारतबाट आयात गरी व्यवस्थापन गरिने बताएका छन् । सरकारले...
कांग्रेस केन्द्रीय समिति २९७ सदस्यीय, कुन कोटाबाट कति ?

कांग्रेस केन्द्रीय समिति २९७ सदस्यीय, कुन कोटाबाट कति ?

प्रवक्ता देवराज चालिसेका अनुसार, संशोधित विधानअनुसार केन्द्रीय कार्यसमिति २९७ सदस्यीय रहने छ । जसमा सभापति एक, वरिष्ठ उपसभापति एक तथा उपसभापति चार जना रहने छन् । उपसभापतिमा एक...
५ हजार ७३७ नागरिकलाई लालपुर्जा वितरण, ७ दशकदेखि आश्वासन पाउँदै आएका नागरिकलाई लालपुर्जा दिने वाचा

५ हजार ७३७ नागरिकलाई लालपुर्जा वितरण, ७ दशकदेखि आश्वासन पाउँदै आएका नागरिकलाई लालपुर्जा दिने वाचा

सोमबार प्रधानमन्त्री बालेन्द्र शाहले हालसम्मको प्रगति र सरकारको भावी योजनाबारे प्रस्ट्याएका छन् ।
ऊर्जा मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभारको जिम्मेवारी

ऊर्जा मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभारको जिम्मेवारी

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल विदेश भ्रमणमा रहेकाले उहाँहरूको अनुपस्थितिमा प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री श्रेष्ठलाई दुवै मन्त्रालयको कार्यवाहक जिम्मेवारी तोकेका हुन् ।

भर्खरै