नेभिगेशन
मुख्य समाचार

पारा तेक्वान्दो खेलाडी पलेसालाई अमेरिकामा सम्मान

अमेरिका । नेपाली पारा तेक्वान्दो खेलाडी पलेसा गोवर्धन लाई अमेरिकामा सम्मान गरिएको छ । 

संयुक्त राज्य अमेरिकाको मेरिल्याण्डमा भएको तेस्राो एभरेष्ट रास्टिय खुल्ला तेक्वान्दो प्रतियोगितामा उनलाई सम्मान गरिएको हो । पेरिसमा भएको सन् २०२४ को ग्रीष्मकालीन प्यारालिम्पिक्समा  नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले पारा ओलम्पिकमी ऐतिहासिक कांस्य पदक जितेकि हुन् ।नेपाली खेलाडीले जितेको यो पहिलो  पदक हो जो नेपाली खेलकुदको सबै भन्दा ठूलो उपलब्धि मानिन्छ।

CG


नेपाल खेलकुद परिषदका पुर्व कर्मचारी नेपाली तेक्वान्दो प्रशिक्षक मास्टक कुमार कार्कि र कल्पना कार्किले सन्चालन गरेको तेक्वान्दो स्कुलले हरेक वर्ष यस्तो प्रतियोगिता गर्ने गरेको छ । प्रतियोगितामा नेपाली तेक्वान्दोमा महत्वपुर्ण योगदान दिनेहरुलाई सम्मान समेत गरिने गरेको मास्टर कर्किले बताए । 


मेरिल्याण्ड राज्यको सिसीबिसी क्याटोन्सभिल कम्युनिटी कलेज जिमनाजीएम बाल्टिमोरमा आयोजना भएको “तेश्रो एभरेष्ट राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिता भएको हो  । संयुक्त राज्य अमेरिकाका विभिन्न राज्यहरुबाट ४५२ जना खेलाडीहरुले सहभागिता लिएको उक्त प्रतियोगिताका ब्यवस्थापक  तथा तेक्वान्दो मास्टर गोपाल भन्डारिले बताए । 


यस बर्ष खुला बिभाजन तर्फ पेन्सेलभेनियाको हिङ्गम्याङ्ग तेक्वान्दोले ३५ वटा स्वर्ण,२६ वटा रजत तथा २४ वटा कास्य पदक सहित टोली प्रतियोगिता बिजयी बन्न सफल भएको छ । त्यस्तै एवरेस्ट तेक्वान्दो ल्यानकास्टर ३३ स्वर्ण,२१ रजत तथा १६ कास्य पदक सहित टोली बिजेताको पदक जित्न सफल भएको आयोजकले बताए । 


त्यस्तै गरि वल्र्ड क्लास डिभिजन९बिश्व श्रेणी बिभाजन०मा मेरिल्याण्डको मोसा तेक्वान्दोले ९ स्वर्ण ,७ रजत तथा ३ कास्य सहित टोली ग्रान्ड बिजेता हुन् सफल भएको छ । मेरिल्याण्डको युएस तेक्वान्दोले ७ स्वर्ण , ७ रजत तथा ६ कास्य सहित दोश्रो स्थान सहित टोली बिजता बन्न सफल भएको मास्टक कल्पना कार्किले बताईन । 

कार्यक्रममा ग्राण्डमास्टर से यङ चाङ ,नेपाल दूतावासका उप प्रमुख शरद राज आरन ,बाल्टिमोर काउन्टीका कार्यकारीका प्रतिनिधि इवान टालियाफेरो सहभागिता रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रवि लामिछानेको उपस्थितिमा रास्वपाको केन्द्रीय समिति बैठक सुरु

रवि लामिछानेको उपस्थितिमा रास्वपाको केन्द्रीय समिति बैठक सुरु

यस अघि कार्यकर्ता तथा शुभेच्छुकले बाजा गाजा सहित पार्टी कार्यालयमा भव्य स्वागत गरेका लामिछानेलाई कार्यवहाक सभापति डिपी अर्यालले स्वागत सहित जिम्मेवारी हस्तान्तरण गरेका थिए । अहिले केन्द्रीय समिति...
डिपीले रवि लामिछानेलाई हस्तान्तरण गरे सभापतिको कार्यभार

डिपीले रवि लामिछानेलाई हस्तान्तरण गरे सभापतिको कार्यभार

लामिछानेलाई पार्टी कार्यालयमा स्वागत गर्दै कार्यवहाक सभापति अर्यालले  जिम्मेवारी लामिछानेलाई हस्तान्तरण गरेका हुन् । बनस्थलीस्थित पार्टी कार्यालयमा हजारौँ कार्यकर्ता एवं शुचेच्छुकहरू उपस्थित भएका छन् । उनलाई बाजागाजासहित रास्वपाका...
२ सय ६६ दिनपछि घण्टीघरमा रवि लामिछानेको 'इन्ट्री'

२ सय ६६ दिनपछि घण्टीघरमा रवि लामिछानेको 'इन्ट्री'

बनस्थलीस्थित पार्टी कार्यालयमा हजारौँ कार्यकर्ता एवं शुचेच्छुकहरू उपस्थित भएका छन् ।  उनलाई बाजागाजासहित रास्वपाका कार्यवहाक सभापति डिपी अर्याल लगायतका नेताहरुले स्वागत गरेका हुन् ।