नेभिगेशन
समाज

श्रीमानले फोनबाटै दिए ‘तलाक’, सासु र नन्दबाट निर्घात कुटिएपछि अस्पताल भर्ना

‘मैले बच्चाको जन्मदर्ता र मेरो नागरिकताको लागि उहाँसँग धेरै पटक आग्रह गरेँ । उहाँले सधैँ अहिले किन चाहियो मात्रै भन्नुहुन्थ्यो । एक दिन उहाँले मलाई फोनबाट तलाक दिनुभयो ।’

सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिका–७ ब्रह्मपुर सिघिँयाकी २२ वर्षीया सनिजा खातुन आफ्नै सासु आयशा खातुन र नन्द मरियम खातुनबाट कुटिएर घाइते भएकी छन् । कुटपिटमा उनका दुई वर्षीय छोरासमेत घाइते भएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सनिजा र उनका छोरा हाल गजेन्द्र नारायण सिंह अस्पतालको आकस्मिक कक्षमा उपचाररत छन् । पीडितले कुटपिटमा संलग्न सासु र नन्दविरुद्ध प्रहरीमा उजुरी दिएकी छन् । उनले विवाहपछि दर्ता प्रक्रिया अघि बढाउन आग्रह गर्दा परिवारबाट नै मानसिक र शारीरिक यातना पाएको बताएकी छन् ।

Ncell
Extreme Energy

सनिजाको मोहम्मद आकुबसँग २०७८ साल चैत ८ गते मुस्लिम परम्परा अनुसार निकाह (विवाह) भएको थियो। श्रीमान् रोजगारीको सिलसिलामा दुई वर्षदेखि कतारमा छन् । विवाहपछि श्रीमानले विवाह दर्ता र सन्तानको जन्मदर्ता गराइदिन फोनमार्फत पटक–पटक आग्रह गर्दा झर्किने र ‘किन हतार गरेको’ भन्ने प्रतिक्रिया दिने गरेको सनिजाको भनाइ छ ।

सोही विषयमा विवाद हुँदा ९ महिनाअघि श्रीमानले फोनबाटै  ‘तलाक’ (सम्बन्ध विच्छेद) को घोषणा गरेको सनिजा बताउँछिन् । श्रीमान्ले फोनबाटै तलाक घोषणा गरेपछि उनी विवाहदर्ता र नागरिकता बनाउन संघर्षरत छिन् । ‘मैले बच्चाको जन्मदर्ता र मेरो नागरिकताको लागि उहाँसँग धेरै पटक आग्रह गरेँ । उहाँले सधैँ अहिले किन चाहियो मात्रै भन्नुहुन्थ्यो । एक दिन उहाँले मलाई फोनबाट तलाक दिनुभयो ।’ 

उनले यही विषयमा घरायसी विवाद बढ्दै जाँदा आफ्नो गरगहना समेत चोरी भएको सुनाइन् । सनिजाले मंसिर १९ गते आफन्तको विवाह समारोहमा गएका बेला नन्द मरियमले उनका सुनचाँदीका गरगहना चोरी गरेको आरोप लगाएकी छन् । उनले इलाका प्रहरी कार्यालय पातो हुँदै जिल्ला प्रहरी कार्यालयसम्म उजुरी दिएकी छन् । तरहालसम्म दोषीमाथि कारबाही नभएको गुनासो गरिन् । 

सनिजाकी आमाले अदालतमा अंश र मानाचामलको मुद्दा दायर गरेकी छन् । उनले फोनमार्फत दिइएको ‘तलाक’ फिर्ता गराउन र छोरीलाई सुरक्षित रूपमा श्रीमान्संग बस्ने वातावरण मिलाइदिन आग्रह गरेकी छन् । यद्यपि सासुले भने घरायसी झगडामा आफूलाई पनि चोट लागेको दाबी गरेकी छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार वस्नेतले दुवै पक्षलाई झिकाएर अनुसन्धान भइरहेको र दोषी पाइए कानुनी कारबाही गरिने बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

बुधबार मध्यराति, सुत्केरी ब्यथाले च्यापिसकेपछि आफ्नै पति र दुई आफन्तसहित अस्पताल पुगेकी एक महिलाले अस्पतालमा भर्ना नपाएर सडकमै बच्चा जन्माउनु परेको खबर जब सार्वजनिक भयो, त्यसले आफूलाई सभ्य...
रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

बाढीका कारण उक्त क्षेत्रमा प्रभावित १६ हजार ११० घरधुरीमा रहेका ६४ हजार ३३५ जना छन् । “प्रत्यक्ष रूपमा बाढीका कारण सात हजार ५७०, आठ हजार ३१७ घरधुरी र...
भोर्लेको पहिरो हटाएपछि खुल्यो नुवाकोट–धुन्चे सडक

भोर्लेको पहिरो हटाएपछि खुल्यो नुवाकोट–धुन्चे सडक

रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजार, बागेश्वरी मन्दिरनजिकै बुधबार साँझ खसेको पहिरो हटाइएको छ ।
क्याम्पसको गेटमा विद्यार्थीले पकाए दाउरा बालेर खाना

क्याम्पसको गेटमा विद्यार्थीले पकाए दाउरा बालेर खाना

उपत्यकामा खाना पकाउने ग्यासको अभाव भएपछि विद्यार्थीहरुले सडकमा नै दाउराबाट खाना पकाएर विरोध जनाएका छन् ।