नेभिगेशन
समाज

१० महिनामा ८ हजार बढी विपद्का घटना

काठमाडौँ । पछिल्लो १० महिनामा औसतमा दैनिक २७ वटा विपद्का घटना घटेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ती घटनामा मृत्यु भएका ५८९ जनाको शव व्यवस्थापन गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले जानकारी दिए । उनका अनुसार गएको मनसुनमा धेरै विपद्जन्य घटना घटेको र मानवीय क्षतिसमेत भएको थियो । प्रवक्ता थापाले १० महिनामा विपद्का आठ हजार २८३ घटना घटेको बताए । ती घटनाहरुमा परेर एक हजार ५१८ घाइते भएका छन् । कूल ३२ परिवार विस्थापित भएको उनले बताए । 

Ncell
Extreme Energy

ती विपद्जन्य घटनाहरुमा ५३ हजार प्रहरी जनशक्ति परिचालन गरी खोजतलास, उद्धार, राहत तथा सुरक्षित स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ । मनसुन प्रवेशको सँघारमा रहेकाले विपद् प्रतिकार्यका लागि प्रहरीले योजना निर्माण गरी आवश्यक तयारी गरिरहेको प्रवक्ता थापाको भनाइ छ । 

केन्द्रमा विपद् व्यवस्थापन कार्यालय रहेको र सबै प्रदेशमा विपद् व्यवस्थापन गुल्ममार्फत टोली परिचालन हुने जनाइएको छ । जिल्लामा आवश्यकताका आधारमा विपद् व्यवस्थापन टोली परिचालन हुने प्रहरीले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागले यसवर्षको मनसुनमा सरदर भन्दा बढी वर्षा हुने आँकलन सार्वजनिक गरिसकेकाले प्रभावकारी विपद् व्यवस्थापन अघि बढाउन आवश्यक भएको र सोहीअनुसार तयारी भइरहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मिटरब्याज पीडितले जनकपुरबाट सुरु गरे काठमाडौँसम्मको पैदल यात्रा

मिटरब्याज पीडितले जनकपुरबाट सुरु गरे काठमाडौँसम्मको पैदल यात्रा

सरकारले मिटरब्याज अपराध र त्यसबाट उत्पन्न समस्याको समाधानका लागि हालसम्म प्रभावकारी पहल नगरेको मिटरव्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपालकोे गुनासो छ ।
धोबी खोलामा हामफालेकी महिला मृत फेला

धोबी खोलामा हामफालेकी महिला मृत फेला

खोलामा महिला हामफालेको सूचना पाउनेवित्तिकै खोजीका लागि प्रहरी टोली खटिएको थियो । मृत भेटिएकी महिलाको परिचय खुलेको छैन । उनको उमेर ३५ वर्ष आसपास हुनसक्ने अनुमान गरिएको छ...
धोबिखोलामा हामफालिन् एक महिला, खोज्न प्रहरी परिचालन

धोबिखोलामा हामफालिन् एक महिला, खोज्न प्रहरी परिचालन

अहिले खोजीका लागि प्रहरी टोली धाेबी खाेला र बागमतिमा खटिएको छ । उनको अवस्थाबारे भने पत्ता लगेको छैन ।
त्रिपुरेश्वर आत्मदाह प्रयासः दाजुले गाउँमा फोन गरेर भने – अवस्था सामान्य छ

त्रिपुरेश्वर आत्मदाह प्रयासः दाजुले गाउँमा फोन गरेर भने – अवस्था सामान्य छ

उनको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्थाबारे प्रहरीले कुनै जानकारी दिएको छैन । वडाध्यक्ष छत्यालका अनुसार दाजु मदनले परिवारलाई ‘अवस्था सामान्य छ, त्यति नआत्तिनु’ भनेर...