नेभिगेशन
समाज

सरकारले १० महिनामा ४ खर्ब ऋण उठाउँदा ३ खर्ब ८ अर्ब साँवा ब्याज भुक्तानी

काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा करिब चार खर्ब बराबर सार्वजनिक ऋण उठाउँदा तीन खर्ब आठ अर्ब हाराहारी साँवा ब्याज भुक्तानी गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तयार पारेको वैशाख मसान्तसम्मको सरकारी ऋणको प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको सुरुमा कूल सार्वजनिक ऋण रू २४ खर्ब ३४ अर्ब नौ करोड रहेकामा पछिल्लो १० महिनामा रू एक खर्ब ८८ अर्ब ३० करोड थप वृद्धि भई कूल ऋण दायित्व रू २६ खर्ब २२ अर्ब ४० करोड पुगेको छ । जुन कूल गार्हस्थ्य उत्पादनको ४२.९४ प्रतिशत हुन आउँछ । कूल सार्वजनिक ऋणमा वैशाख मसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा ५१.६९ प्रतिशत अर्थात् रू १३ खर्ब ५५ अर्ब ६९ करोड रहेको छ । 

Ncell
Extreme Energy

आन्तरिक ऋणको हिस्सा ४८.३१ प्रतिशत अर्थात् रू १२ खर्ब ६६ अर्ब ७० करोड रहेको छ । वैशाख महिनामा सार्वजनिक ऋण प्राप्तिभन्दा साँवा भुक्तानी बढी गरेकाले अघिल्लो महिनाको तुलनामा कूल सार्वजनिक ऋण दायित्व घट्न गएको कार्यालयले जनाएको छ । गत चैत मसान्तसम्ममा कूल सार्वजनिक ऋण रू २६ खर्ब ६७ अर्ब २६ करोड बराबर थियो ।

सरकारको वार्षिक लक्ष्यअनुसार आन्तरिक ऋण उठाउन प्रगति देखिए पनि बाह्य ऋण भने वार्षिक लक्ष्यको तुलनामा कम मात्र उठेको छ । “चालु आर्थिक वर्षमा जम्मा रू पाँच खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकामा वैशाख मसान्तसम्ममा रू तीन खर्ब ९० अर्ब ८३ करोड ऋण प्राप्ति भएको छ । वार्षिक लक्ष्यको तुलनामा कूल ऋण प्राप्ति ७१.४५ प्रतिशत रहेको छ”, प्रतिवेदनमा भनिएको छ, “जसमध्ये आन्तरिक ऋण प्राप्तिको प्रगति ९१.२५ र बाह्य ऋण प्राप्तिको प्रगति ४१.३३ प्रतिशत रहेको छ । कूल सार्वजनिक ऋण प्राप्तिमध्ये आन्तरिक ऋण ७७.०५ र बाह्य ऋण २२.९५ प्रतिशत रहेको छ ।”

चालु आर्थिक वर्षका लागि सरकारले रू तीन खर्ब ३० अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य राखेकामा हालसम्म रू तीन खर्ब एक अर्ब १४ करोड उठाएको छ भने रू २८ अर्ब ८५ करोड आन्तरिक ऋण उठाउन बाँकी छ । 

त्यसैगरी यस वर्ष रू दुई खर्ब १७ अर्ब बाह्य ऋण उठाउने सरकारी लक्ष्य रहेकामा हालसम्म रू ८९ अर्ब ६८ करोड उठिसकेको छ भने रू एक खर्ब २७ अर्ब ३१ करोड उठ्न बाँकी छ ।

सरकारले यस वर्ष सार्वजनिक ऋणको साँवाब्याज भुक्तानीका लागि रू चार खर्ब दुई अर्ब ८५ करोड बजेट छुट्याएको थियो । जसमध्ये गत वैशाख मसान्तसम्ममा रू तीन खर्ब आठ अर्ब १४ करोड साँवाब्याज भुक्तानी भएको छ । यो वार्षिक बजेट विनियोजनको आधारमा ७६.४९ प्रतिशत हो । कूल गार्हस्थ्य उत्पादनका आधारमा वैशाख मसान्तसम्ममा कूल ऋण सेवा खर्च पाँच दशमलव ०५ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ

लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ

झापाको दमकमा ठूलो परिमाणको लागुऔषध खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।
किम्रुङ खोला  थुनियो पहिरोले, मोदी खोला आसपासका बस्तीलाई सतर्क रहन आग्रह

किम्रुङ खोला थुनियो पहिरोले, मोदी खोला आसपासका बस्तीलाई सतर्क रहन आग्रह

कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोला पहिरोले थुनिएपछि मोदी खोला आसपासका बस्तीलाई सतर्क रहन आग्रह गरिएको छ।
विपत्तिबाट सहाराविहीन नागरिकको संरक्षण राज्यले गर्नुपर्छ : उपेन्द्र यादव

विपत्तिबाट सहाराविहीन नागरिकको संरक्षण राज्यले गर्नुपर्छ : उपेन्द्र यादव

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्राकृतिक विपत्तिबाट सहाराविहीन भएका नागरिकको संरक्षण राज्यले गर्नुपर्ने बताएका छन्।
बाढीप्रभावित विद्यालयको अवस्था बुझ्न मन्त्रीद्वय निस्किए स्थलगत अवलोकनमा

बाढीप्रभावित विद्यालयको अवस्था बुझ्न मन्त्रीद्वय निस्किए स्थलगत अवलोकनमा

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सनाले बाढीप्रभावित विद्यालयका बारेमा बुझ्न संयुक्त रूपमा स्थलगत अवलोकन गरेका छन् ।