काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी एवम् जेनजी आन्दोलनले अपदस्थ भएकी तत्कालिन परराष्ट्रमन्त्री आराजुु राणा देउवाको घरमा आन्दोलनका क्रममा जलेका करोडौँ रुपैयाँबारे सिधाकुराले यस अघि नै भिडियो रिपोर्ट सार्वजनिक गरिसकेको छ ।
यस अघि हामीले देउवा दम्पत्तिको जलेको बुढानिलकण्ठस्थित घरमा भदौ २५ मा स्थलगत रिर्पोटिङका क्रममा फेला परेका जलेका नोटका अवशेषमा केन्द्रित रहेर रिर्पोटिङ गरेका थियौँ ।
हाम्रो रिर्पोटिङपछि देउवा दम्पत्ति लगायतमाथि सरकारले सम्पत्ति शुद्धिकरण कसुरमा अनुसन्धान सुरु गरिसकेको जनाएको छ । तर,अनुसन्धान तार्किक निश्कर्षमा पुगिसकेको छैन । अनुसन्धान प्रक्रिया र यसमा भएको बिलम्बमाथि पनि प्रश्न अनेकौँ छन् । यसबारे हामी थप चर्चा गर्दै गर्नेछौँ ।
तर,आज तपाईंहरुलाई एउटा यस्तो नयाँ भिडियो प्रमाण प्रस्तुत गर्दैछौँ ।
जहाँ देउवा दम्पत्तिको घरमा रहेको अवैध कालो धन राख्ने भल्ट मै आन्दोलनकारी प्रवेश गरेर आगो लगाएको पुुष्टि हुन्छ । सामान्यतया मानिसको घरमा पैसा राख्ने भल्ट हुँदैन । नेताको घरमा त यस्तो हुने परिकल्पनै गरिन्न । तर, देउवाको घरमा भल्ट नै नगद रहेको पुष्टि हुन्छ ।
बैंकिङ क्षेत्रका जानकारहरुका अनुसार बैंकमा भल्ट हुन्छ । सेफ भन्दा ठूलो आकारको पैसा राख्न बनाइएको फलामको दराजलाई भल्ट भन्निछ । देउवाको घरको भल्ट कत्रो थियो भनेर सिधाकुराले अर्को शृखंलामा चर्चा गर्नेछ । तर, आज त्यहाँ भेटिएको पैसाकै चर्चा गरौँ ।
भदौ २३ को जेनजी आन्दोलन र त्यसदिन भएको दमनका विरुद्ध जनता देशभर सडकमा उत्रिएपछि भदौ २४ मा नेताका घरदेखि सरकारी संरचना र व्यवसायीक संरचनाहरु आक्रमणको निसानामा परेका थिए ।
ललितपुरको चापागाउँ प्रहरी चौकी कब्जा र राष्ट्रपति रामचन्द्र पौडलको निजी निवास बनस्थली जलाएपछि सुरु भएको विध्वशं संसद भवन, सिंहदरबार, बालुवाटार, सर्वोच्च हुँदै देउवा, ओली, प्रचण्डको घरसम्म फैलिएको थियो ।
सिधाकुराले संकलन गरेको विवरणअनुसार देउवाको घरमा २४ गते बिहान करिब १०ः३० देखि ११ः३० को बीचमा तोडफोड र आगजनी सुरु भएको थियो । यही क्रममा आन्दोलनकारी सो निवासको पहिलो तल्लाको पश्चिम मोहोडाको उत्तर, दक्षिण र पूर्व तथा पूर्वोत्तरतर्फको कोठाको बीचको भागमा रहेको पैसा राख्ने कोठामा प्रवेश गरेका थिए ।
त्यहाँबाट आन्दोलनकारीले पैसा लगे नलेगेको वा लगेको भए कति लगेको भन्ने स्पष्ट भएको छैन । तर, पैसा राखेको भल्टबाट निकालिएको र जलेको पैसा गनिसाध्यै नै नभएको भन्ने तथ्य हो ।
सो पैसा र विवरणबारे देउवा परिवारले एआईबाट बनाइएको फेक भिडियो भनेर प्रचार गरिरहेको बेला घरमा आगो लगाएर जल्दै गरेको बेला देउवा निवासको भल्टमा पुुगेका एक प्रत्यक्षदर्शी सिधाकुुराको सम्पर्कमा आएका छन् ।
आन्दोलनकारी बाहिरिएपछि अपरान्ह देउवा निवास पुुगेका ति प्रत्यक्षदर्शीले देउवाको घरको जल्दै गरेको र अर्ध जलेको अवस्थाको करोडौँ रकमहरुको भिडियो रेकर्ड गरेका थिए । देउवाको घरमा पुगेका तिनै स्रोतले देउवाको घरमा खिचेको पैसा जल्दै गरेको अवस्था आज हामी सार्वजनिक गर्दैछौँ । जुन भिडियोमा जल्नु अघि करोडौँ कालोधन राखिएको भल्ट मै आन्दोलनकारी पुगेर पैसामा आगो लगाए पछिको अवस्था देख्न सकिन्छ ।
सिधाकुरालाई प्राप्त अनकट फुटेजले देउवाको घरमा करोडौँ अवैध पैसा रहेको पुष्टि गर्छ ।
कम्पाउण्डदेखि कोठासम्म पैसै पैसा
सिधाकुरालाई प्राप्त विवरणअनुसार देउवा निवासको दक्षिणतर्फको निजी रेष्टुुराँ जाने अघिको जमिनमा ठूलो मात्रामा जलेको र अर्ध जलेको अवस्थामा पैसा भेटिएको थियो । त्यसपछि ति प्रत्यक्षदर्शी घरको पूर्वदक्षिणतर्फको प्यासेज भएर पैसाको भिडियो खिच्न देउवा निवासको पहिलो तलामा गएका थिए ।
यो त्यही कोठाको भिडियो हो । जहाँ भदौ २५ गते सिधाकुराले स्थलगत रिर्पोटिङ गरेको थियो । सिधाकुरालाई भिडियो उपलब्ध गराउने व्यक्ति पैसा भएको कोठामा पुग्दा धेरै मानिसहरु त्यहाँ पैसा टिप्दै थिए ।
यो भिडियो सिधाकुराका लागि भदौ २४ का प्रत्यक्षदर्शीले उपलब्ध गराएका हुन् । के भिडियोमा कुनै छेडखानी गरिएको छ त ? यसबारे सिधाकुराले गरेको परिक्षणमा कुनै त्यस्तो छेडखानी देखिदैंन । स्रोतको सुरक्षालाई मध्यनजर गर्दै हामीले भिडियोमा उनले बालेको आवाज भने परिवर्तन गरेका छौँ । यो भिडियोको तथ्यलाई जाँच गर्न सिधाकुराले २५ भदौमा गरेको स्थलगत रिर्पोटिङको फुटेजहरु नै काफी छन् ।
टालटुले अनुसन्धान
देउवा दम्पतिको घरमा अवैध करोडौँ नेपालीसहित विदेशी रकमसमेत भेटिएको समाचार भदौ २५ गते सिधाकुराले सार्वजनिक गरेको थियो । त्यसको ११ दिन पछि अन्तरिम सरकारको अर्थ मन्त्रालय मातहत रहेको सम्पत्ति शुद्धिकरण विभागले देउवा दम्पत्ति र तत्कालिन उर्जा मन्त्री दीपक खड्काको घरमा जलेको पैसाको मुचुल्का गरेको थियो ।
विभागले त्यसको केहीदिनपछि प्रचण्डको घरको पनि जलेको पैसाको मुुचुल्का गरेको जनाएको थियो । त्यसपछिका केही दिन प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) ले पनि देउवा र आरजु राणाका विभिन्न नातेदारहरुको घरमा छापा मारेको दाबी गरेको थियो । तर, अहिले सीआईबीले आफूहरुले सो प्रकरणमा तत्कालिन समयमा मुचुल्कामा मात्रै सहयोग गरेको जनाएको छ ।
‘तत्कालिन समयमा सम्पत्ति शुद्धिकरणको अनुसन्धानमा कार्यालयले सघाएको हो । अहिले हामीले कुनै छट्टुै अनुसन्धान गरेको छैन,’ सिआईबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले सिधाकुरासँग भने ।
उता सम्पत्ति शुुद्धिकरण विभागले भने नेताहरुको घरको अनुसन्धान जारी रहेको जनाएको छ । अनुसन्धानका क्रममा प्राप्त तथ्य र प्रमाणको थप प्रमाणीकरणमा काम गरिरहेको विभाग स्रोतले बतायो ।
विभागका अनुसार नेताको घरमा जलेको पैसाको फरेन्सीक जाँचको रिर्पोट प्रहरी प्रयोगशालाबाट प्राप्त भएको छ । तर,त्यो स्पष्ट छैन । ‘जलेको पैसाको जाँचको रिर्पोट प्राप्त गरेका छौँ,’ विभाग स्रोतले भन्यो, ‘तर, रिर्पोट स्पष्ट छैन् । हामी थप अनुसन्धानमै छौँ ।’
विभागका अनुसार बागलुङ, म्याग्दी, रुकुमपूर्व, रोल्पा, दाङ बाँके, बर्दिया, सुर्खेत, गुल्मीलगायत जिल्लामा पनि हल्का वर्षा र हिमपात भएको छ ।शनिबार, माघ १०, २०८२
जिम्बाब्वेले दिएको १३० रनको लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा चार विकेट गुमाउँदै पूरा ग¥यो । नेपालको जितमा पूजाले सर्वाधिक ५२ रनको योगदान दिइन् । उनले ५० बलमा चार...शनिबार, माघ १०, २०८२
काठमाडौं–४ का मतदाताप्रति आफु जीवनभर ऋणी रहने र यस ठाउको निरन्तर सेवा गरिरहने उनको भनाइ छ । सभापति थापाले काठमाडौँ बाहिर निर्वाचन लड्ने विचार यसअघिको निर्वाचनमा गरेपनि आँट...शनिबार, माघ १०, २०८२