नेभिगेशन
सिधाकुरा विशेष

देउवा र आरजुको घरमा फुटेको कालोधनको भल्टमा प्रत्यक्षदर्शीले देखेको पैसा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी एवम् जेनजी आन्दोलनले अपदस्थ भएकी तत्कालिन परराष्ट्रमन्त्री आराजुु राणा देउवाको घरमा आन्दोलनका क्रममा जलेका करोडौँ रुपैयाँबारे सिधाकुराले यस अघि नै  भिडियो रिपोर्ट सार्वजनिक गरिसकेको छ ।

यस अघि हामीले देउवा दम्पत्तिको जलेको बुढानिलकण्ठस्थित घरमा भदौ २५ मा स्थलगत रिर्पोटिङका क्रममा फेला परेका जलेका नोटका अवशेषमा केन्द्रित रहेर रिर्पोटिङ गरेका थियौँ ।

CG

हाम्रो रिर्पोटिङपछि देउवा दम्पत्ति लगायतमाथि सरकारले सम्पत्ति शुद्धिकरण कसुरमा अनुसन्धान सुरु गरिसकेको जनाएको छ । तर,अनुसन्धान तार्किक निश्कर्षमा पुगिसकेको छैन । अनुसन्धान प्रक्रिया र यसमा भएको बिलम्बमाथि पनि प्रश्न अनेकौँ छन् । यसबारे हामी थप चर्चा गर्दै गर्नेछौँ ।

तर,आज तपाईंहरुलाई एउटा यस्तो नयाँ भिडियो प्रमाण प्रस्तुत गर्दैछौँ ।

जहाँ देउवा दम्पत्तिको घरमा रहेको अवैध कालो धन राख्ने भल्ट मै आन्दोलनकारी प्रवेश गरेर आगो लगाएको पुुष्टि हुन्छ । सामान्यतया मानिसको घरमा पैसा राख्ने भल्ट हुँदैन । नेताको घरमा त यस्तो हुने परिकल्पनै गरिन्न । तर, देउवाको घरमा भल्ट नै नगद रहेको पुष्टि हुन्छ ।

बैंकिङ क्षेत्रका जानकारहरुका अनुसार बैंकमा भल्ट हुन्छ । सेफ भन्दा ठूलो आकारको पैसा राख्न बनाइएको फलामको दराजलाई भल्ट भन्निछ । देउवाको घरको भल्ट कत्रो थियो भनेर सिधाकुराले अर्को शृखंलामा चर्चा गर्नेछ । तर, आज त्यहाँ भेटिएको पैसाकै चर्चा गरौँ । 

भदौ २३ को जेनजी आन्दोलन र त्यसदिन भएको दमनका विरुद्ध जनता देशभर सडकमा उत्रिएपछि भदौ २४ मा नेताका घरदेखि सरकारी संरचना र व्यवसायीक संरचनाहरु आक्रमणको निसानामा परेका थिए ।

ललितपुरको चापागाउँ प्रहरी चौकी कब्जा र राष्ट्रपति रामचन्द्र पौडलको निजी निवास बनस्थली जलाएपछि सुरु भएको विध्वशं संसद भवन, सिंहदरबार, बालुवाटार, सर्वोच्च हुँदै देउवा, ओली, प्रचण्डको घरसम्म फैलिएको थियो ।  
सिधाकुराले संकलन गरेको विवरणअनुसार देउवाको घरमा २४ गते बिहान करिब १०ः३० देखि ११ः३० को बीचमा तोडफोड र आगजनी सुरु भएको थियो । यही क्रममा आन्दोलनकारी सो निवासको पहिलो तल्लाको पश्चिम मोहोडाको उत्तर, दक्षिण र पूर्व तथा पूर्वोत्तरतर्फको कोठाको बीचको भागमा रहेको पैसा राख्ने कोठामा प्रवेश गरेका थिए ।

2ND-IMAGE-DEUBA-HOUSE-LOCKER-ROOM-1764494107.jpg
त्यहाँबाट आन्दोलनकारीले पैसा लगे नलेगेको वा लगेको भए कति लगेको भन्ने स्पष्ट भएको छैन । तर, पैसा राखेको भल्टबाट निकालिएको र जलेको पैसा गनिसाध्यै नै नभएको भन्ने तथ्य हो । 

सो पैसा र विवरणबारे देउवा परिवारले एआईबाट बनाइएको फेक भिडियो भनेर प्रचार गरिरहेको बेला घरमा आगो लगाएर जल्दै गरेको बेला देउवा निवासको भल्टमा पुुगेका एक प्रत्यक्षदर्शी सिधाकुुराको सम्पर्कमा आएका छन् । 

आन्दोलनकारी बाहिरिएपछि अपरान्ह देउवा निवास पुुगेका ति प्रत्यक्षदर्शीले देउवाको घरको जल्दै गरेको र अर्ध जलेको अवस्थाको करोडौँ रकमहरुको भिडियो रेकर्ड गरेका थिए । देउवाको घरमा पुगेका तिनै स्रोतले देउवाको घरमा खिचेको पैसा जल्दै गरेको अवस्था आज हामी सार्वजनिक गर्दैछौँ । जुन भिडियोमा जल्नु अघि करोडौँ कालोधन राखिएको भल्ट मै आन्दोलनकारी पुगेर पैसामा आगो लगाए पछिको अवस्था देख्न सकिन्छ । 

सिधाकुरालाई प्राप्त अनकट फुटेजले देउवाको घरमा करोडौँ अवैध पैसा रहेको पुष्टि गर्छ ।

कम्पाउण्डदेखि कोठासम्म पैसै पैसा

सिधाकुरालाई प्राप्त विवरणअनुसार देउवा निवासको दक्षिणतर्फको निजी रेष्टुुराँ जाने अघिको जमिनमा ठूलो मात्रामा जलेको र अर्ध जलेको अवस्थामा पैसा भेटिएको थियो । त्यसपछि ति प्रत्यक्षदर्शी घरको पूर्वदक्षिणतर्फको प्यासेज भएर पैसाको भिडियो खिच्न देउवा निवासको पहिलो तलामा गएका थिए । 

यो त्यही कोठाको भिडियो हो । जहाँ भदौ २५ गते सिधाकुराले स्थलगत रिर्पोटिङ गरेको थियो । सिधाकुरालाई भिडियो उपलब्ध गराउने व्यक्ति पैसा भएको कोठामा पुग्दा धेरै मानिसहरु त्यहाँ पैसा टिप्दै थिए ।

यो भिडियो सिधाकुराका लागि भदौ २४ का प्रत्यक्षदर्शीले उपलब्ध गराएका हुन् । के भिडियोमा कुनै छेडखानी गरिएको छ त ? यसबारे सिधाकुराले गरेको परिक्षणमा कुनै त्यस्तो छेडखानी देखिदैंन । स्रोतको सुरक्षालाई मध्यनजर गर्दै हामीले भिडियोमा उनले बालेको आवाज भने परिवर्तन गरेका छौँ । यो भिडियोको तथ्यलाई जाँच गर्न सिधाकुराले २५ भदौमा गरेको स्थलगत रिर्पोटिङको फुटेजहरु नै काफी छन् । 

3RD-IMAGE-DEUBA-HOUSE-LOCKER-ROOM-1764493544.jpg
 

टालटुले अनुसन्धान

देउवा दम्पतिको घरमा अवैध करोडौँ नेपालीसहित विदेशी रकमसमेत भेटिएको समाचार भदौ २५ गते सिधाकुराले सार्वजनिक गरेको थियो । त्यसको ११ दिन पछि अन्तरिम सरकारको अर्थ मन्त्रालय मातहत रहेको सम्पत्ति शुद्धिकरण विभागले देउवा दम्पत्ति र तत्कालिन उर्जा मन्त्री दीपक खड्काको घरमा जलेको पैसाको मुचुल्का गरेको थियो ।  

विभागले त्यसको केहीदिनपछि प्रचण्डको घरको पनि जलेको पैसाको मुुचुल्का गरेको जनाएको थियो । त्यसपछिका केही दिन प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) ले पनि देउवा र आरजु राणाका विभिन्न नातेदारहरुको घरमा छापा मारेको दाबी गरेको थियो । तर, अहिले सीआईबीले आफूहरुले सो प्रकरणमा तत्कालिन समयमा मुचुल्कामा मात्रै सहयोग गरेको जनाएको छ । 

‘तत्कालिन समयमा सम्पत्ति शुद्धिकरणको अनुसन्धानमा कार्यालयले सघाएको हो । अहिले हामीले कुनै छट्टुै अनुसन्धान गरेको छैन,’ सिआईबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले सिधाकुरासँग भने । 

उता सम्पत्ति शुुद्धिकरण विभागले भने नेताहरुको घरको अनुसन्धान जारी रहेको जनाएको छ । अनुसन्धानका क्रममा प्राप्त तथ्य र प्रमाणको थप प्रमाणीकरणमा काम गरिरहेको विभाग स्रोतले बतायो । 
विभागका अनुसार नेताको घरमा जलेको पैसाको फरेन्सीक जाँचको रिर्पोट प्रहरी प्रयोगशालाबाट प्राप्त भएको छ । तर,त्यो स्पष्ट छैन । ‘जलेको पैसाको जाँचको रिर्पोट प्राप्त गरेका छौँ,’ विभाग स्रोतले भन्यो, ‘तर, रिर्पोट स्पष्ट छैन् । हामी थप अनुसन्धानमै छौँ ।’

सम्बन्धित भिडियो सामाग्री:

Part-01

Part: 02

Part: 03


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नवीन ढुंगाना सिधाकुरा डट कमका कार्यकारी सम्पादक हुन् ।

The Reporter
Current Affairs
Sidhakura Investigation
थप सिधाकुरा विशेष
कांग्रेसको केन्द्रीय समिति बैठक बुधबारसम्मका लागि स्थगित

कांग्रेसको केन्द्रीय समिति बैठक बुधबारसम्मका लागि स्थगित

छलफलबाटै निकास निकाल्नका लागि अत्याधिक लचकताका साथ छलफल भइरहेको उनले बताए । प्रवक्ता महतले बुधबारसम्म सकारात्मक निकास निस्कने विश्वास व्यक्त गरे । उनले पार्टीलाई एकताबद्ध भएर आम निर्वाचनमा...
पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छः महामन्त्री थापा

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छः महामन्त्री थापा

“यो विद्रोह हो, प्रश्न गर्नु आफैँमा एउटा विद्रोह हो, मौनता साँध्नु भनेको मृत्युलाई अगाल्नु जस्तै हो”, उनले भने ।
कांग्रेस विशेष महाधिवेशनः महामन्त्रीद्वयले पेश गरेको प्रतिवेदन पारित

कांग्रेस विशेष महाधिवेशनः महामन्त्रीद्वयले पेश गरेको प्रतिवेदन पारित

त्यस्तै बन्दसत्रले पार्टीको विधान संशोधन प्रस्ताव समेत पारित गरेको छ । त्यसअघि बन्दसत्रलाई सम्बोधन गर्दै कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनका एजेण्डा हलबाटै टुङ्गीने बताए । उनले हलले...
प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा राम रावल नियुक्त

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा राम रावल नियुक्त

सरकारले प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा रामबहादुर रावललाई नियुक्त गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले उनलाई सो पदमा नियुक्त गरेको हो । बाजुराका रावल यसअघि प्रधानमन्त्रीको प्रेस संयोजकको भूमिकामा थिए...