नेभिगेशन
समाज

'गिरिबन्दु जग्गा' प्रकरणमा पूर्व प्रधानमन्त्री केपी ओली विरुद्ध अख्तियारमा उजुरी

काठमाडौँ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक पदमा रहँदा भ्रष्टाचार तथा सत्ता दुरुपयोग गरेको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चितवनका सञ्चिव भट्टाईद्वारा दर्ता गरिएको उजुरीमा तत्कालीन प्रधानमन्त्री ओलीले विभिन्न सरकारी निर्णयहरू व्यापारी दीपकुमार मल्होत्रालाई प्रत्यक्ष लाभ हुने गरी गराएको दाबी गरिएको छ। विशेष गरी गिरिबन्दु टी स्टेटको ३ सय ४३ बिघा जमिन, स्मार्ट सिटी परियोजना तथा मल्होत्रा समूहमाथि चलिरहेका मुद्दा मोड्न कानून संशोधनसम्म गरिएको आरोप उजुरीमा लगाइएको छ ।

Ncell
Extreme Energy

उजुरीमा ‘गिरिबन्दु टी–स्टेट प्रालि’ सम्बन्धी विवाद, रजिष्ट्री रोक्का तथा मुद्दा प्रक्रियामा हस्तक्षेप गरी मल्होत्राको पक्षमा निर्णय दिलाउन प्रधानमन्त्री ओली तथा सम्बद्ध मन्त्री र सचिवहरूले प्रत्यक्ष भूमिका खेलेको दाबी गरिएको छ।

साथै, उक्त जग्गा स्मार्ट सिटी योजनाअन्तर्गत बिक्रि–वितरण गर्न दिने निर्णयबाट मल्होत्रा समूहलाई अरबौँ रुपैयाँको आर्थिक लाभ पुगेको दाबी पनि उजुरीमा गरिएको छ।

उजुरीकर्ताले पूर्व प्रधानमन्त्री ओलीसहित त्यसबेलाका मन्त्री र पदाधिकारीहरूले सार्वजनिक पद दुरुपयोग गरेको भन्दै सम्पूर्ण विषयमा छानबिन गरी कानुनी कारबाही गर्न माग गरेका छन्।

'सार्वजनिक पदमा बसेर गरिएको दुरुपयोग, भ्रष्टाचार र स्वार्थमा आधारित निर्णयको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कारबाही गर्न म एक सचेत नागरिकको हैसियतले यो उजुरी दिएको हुँ', उजुरीकर्ताले उल्लेख गरेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मंसिर ७ गते दर्ता भएको उजुरीको दर्ता न c-026097 रहेको छ । अख्तियारमा परेको उजुरी यस्तो छः

aktiyar1-(1)-1764832318.jpeg

aktiyar1-(2)-1764832318.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

कांग्रेसको नेतृत्वका लागि मैदानमा उत्रिएका तिवारीको परिचय भने परम्परागत अर्थमा ‘राजनीतिक नेता’को भन्दा केही फरक छ । उनलाई लामो समयसम्म कांग्रेसका धेरै कार्यकर्ताले नेताभन्दा बढी राजनीतिक अध्येता, लेखक,...
चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा तलासीबारे सोधिएको प्रश्नमा प्रवक्ता पोखरेलले भने, ‘सरकारी निकायले आफ्नो नियमित कामहरु गरिरहेको छ । थप केही खुलाउन आवश्यक भए सम्पत्ति शुद्धिकरण वा सम्बन्धित मन्त्रालयबाट खुल्छ ।...
सरकारले ल्यायो भूमि, वन र विपद्सम्बन्धी कानुन संशोधन गर्ने अध्यादेश

सरकारले ल्यायो भूमि, वन र विपद्सम्बन्धी कानुन संशोधन गर्ने अध्यादेश

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय मानव अधिकार आयोगबाट क्षतिपूर्तिका लागि सिफारिस भएका १५३ जना पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति प्रदान गरेको छ।
गगनको घोषणा– कांग्रेसमा सबै गुट सकियो, कुनै समूह छैन

गगनको घोषणा– कांग्रेसमा सबै गुट सकियो, कुनै समूह छैन

‘विशेष, न विशेष, कोइराला–पौडेल सबै गुट सकियो । कुनै समूह छैन । आजदेखि सबै सकियो गुट,’ थापाले भने।

भर्खरै