नेभिगेशन
मुख्य समाचार

कर्मचारीको गल्तीमा मन्त्रीको राजीनामा माग्न मिल्दैनः कृष्णप्रसाद सिटौला

विराटनगर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कुनै एक जना कर्मचारीले गरेको गल्तीलाई आधार बनाउदै गृहमन्त्रीको राजिनामा माग्नु गलत भएको टिप्पणी गरेका छन् । 

आइतबार बिराटनगरमा आयोजित पत्रकार भेटघाटमा सिटौलाले कर्मचारीले गरेको गलत क्रियाकलापलाई आधार बनाएर मन्त्रीको राजिनामा माग्ने कार्यले गलत नजिर बस्ने समेत बताए । ‘कुनै कार्यालयको कुनै कर्मचारीले गल्ती गर्छ भने ऊ जिम्मेवार हुन्छ । त्यस्तो अवस्थामा कार्यालयकै प्रमुखले राजीनामा दिनुपर्छ, छोड्नुपर्छ भन्ने कुरा उठायौं भने राज्य व्यवस्था चल्दैन यसरी’ उनले भने । 

CG

यसअघि शनिबार विराटनगरमा नै कांग्रेस नेता डा. शेखर कोइरालाले गृह मन्त्री रमेश लेखकलाई नैतिकताका आधारमा राजिनामा दिन सुझाव दिएका थिए । 

नेता सिटौलाले विगतमा मन्त्रीहरु माथि नै कुरो उठेकोले राजिनामा दिएको भएपनि अहिले अध्यागमन विभागको कर्मचारी माथि आरोप लागेको र अख्तियारले छानबिन गरिरहेकोले केही समय पर्खिनुपर्ने बताए । 

उनले हिन्दु राष्ट्र र संवैधानिक राजसंस्था बारे जनमत संग्रह आवश्यक नभएको बताउदै संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानलाई अझै परिष्कृत र परिमार्जित गर्न संविधानको समिक्षा गरेर संसोधन आवश्यक भएको बताए । 


सिटौलाले राजसंस्था कुनै पनि हालतमा फर्किन नसक्ने उल्लेख गरे । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति समेत आवश्यक नभएको तथा नेपालका लागि संघिय लोकतान्त्रिक संसदीय प्रणाली नै उत्तम व्यवस्था भएकाले संविधान संसोधन गरेर थप परिमार्जित गर्नुपर्ने उनले बताए । त्यस्तै सिटौलाले २०८२ को मंसिरमा कांग्रेसको महाधिवेशन सम्भव नभएकोले ०८३ को दशैंको आसपासमा महाधिवेशनको तयारी गर्नुपर्नेमा जोड दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
प्रधानमन्त्रीको राजीनामा माग्दै आमरण अनसनमा निकोलस भुसाल (तस्बिरहरु)

प्रधानमन्त्रीको राजीनामा माग्दै आमरण अनसनमा निकोलस भुसाल (तस्बिरहरु)

प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै डा. निकोलस भुसालले माइतीघरमा आमरण अनसन सुरु गरेका छन् । उनले  पुस ८ गते राती १० बजेदेखि अनसन सुरु गरेका हुन् ।
हेटौंडा सडक विस्तारका पीडितहरूको माइतिघरमा बाजा सहित विरोध प्रदर्शनी (तस्बिरहरु)

हेटौंडा सडक विस्तारका पीडितहरूको माइतिघरमा बाजा सहित विरोध प्रदर्शनी (तस्बिरहरु)

हेटौंडामा २५ गजको सडक सीमाभित्रका मुख्य बजार क्षेत्रका घरटहराहरु सरकारी पक्षले भत्काएपछि त्यहांका स्थानियहरूले प्रदर्शन गरेका हुन् । माइतिघरमा भेला भएर उनीहरूले प्ले कार्ड प्रदर्शन गरेर र धिमे...
अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

बर्खे बिदाबाट कट्टा हुनेगरी विद्यालयमा बिदा दिइएको उहाँले जानकारी दिए । केही दिनदेखि बढेको शीतलहर र चिसोका कारण रौतहटको जनजीवन प्रभावित बनेको छ ।
अन्तिम समयमा किन रोकियो धोबीखोला करिडोरका १८८ रोपनी अतिक्रमित संरचना हटाउने निर्णय ?

अन्तिम समयमा किन रोकियो धोबीखोला करिडोरका १८८ रोपनी अतिक्रमित संरचना हटाउने निर्णय ?

सोही अनुसार विकास प्राधिकरणले भत्काउने पर्ने संरचना र फिल्डको नक्साङ्कन समेत गरेर पुस ५ गते शनिबार बिहान ८ बजेका लागि भत्काउने समय तय गरेको थियो । तर, शुक्रबार...