नेभिगेशन
समाज

साँगामा सडक विस्तारका क्रममा पहिरो खस्दा मजदुर घाइते

भक्तपुर । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–साँगा खण्डमा सुक्खा पहिलो खस्दा आज एकजना मजदुर घाइते भएका छन् । भक्तपुरको जगाति–साँगा खण्ड र साँगा–धुलिखेल खण्डमा भइरहेको सडक विस्तारका क्रममा अत्यन्तै जोखिमस्थलका रूपमा रहेको सूयविनायक नगरपालिका–१० साँगाको झोलुङ्गे पुलमुनि सुक्खा पहिरो खस्दा सडक विस्तारको काम गरिरहेका मजदुर पुरिएर घाइते भएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बर्दियाको वारबर्दिया नगरपालिका–५ घर भई हाल सूर्यविनायक–९ पलासेँ बस्दै आएका ५२ वर्षीय तुलारा थारू घाइते भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । घाइतेको तत्कालै उद्धार गरी उपचारका लागि सूर्यविनायक नगर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

Ncell
Extreme Energy

सडक निर्माणमा भएको ढिलाइ, साँझापख भक्तपुरको पलासेँ खण्डमाथिबाट पहिरो झर्ने, सडक तल ठूलो भिर रहेकाले मजदुरले जोखिम मोलेर काम गर्ने र यात्रीले जोखिमपूर्ण यात्रा गर्दै आएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
५ हजार बेपत्ता हुँदा ४ जनाको पुनर्जन्म

५ हजार बेपत्ता हुँदा ४ जनाको पुनर्जन्म

रसुवादेखि धादिङसम्म विपत्ति मच्चाएको भदौ १० गतेको बाढीले कति मानिसलाई बगायो ? कति मानिसको मृत्यु भयो ? वा कति मानिस अझै जीवनको पर्खाइमा छन् ? यसको कुनै टुंगो...
बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भन्ने आवाज आयो, त्यसपछि ६४ वर्षीया चन्द्रीकाको उद्धार भयो

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भन्ने आवाज आयो, त्यसपछि ६४ वर्षीया चन्द्रीकाको उद्धार भयो

तर, खोज तथा उद्धारमा खटिएका सुरक्षा फौजको संयुक्त टोलीले विनाशकारी बाढीमा पुरिएको एउटा घरबाट ११औँ दिनमा एक महिलाको जीवितै उद्धार ग¥र्यो । टोलीले बेत्रावतीका आनन्दलाल श्रेष्ठको श्रीमती ६४...
भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

बाढीले जिल्लामा ४१ किलोमिटर सडक, छ वटा पक्की पुल, आठ वटा ‘बेलिब्रिज’ र १० वटा झोलुङ्गे पुल बगाएको छ । बाढीबाट भोटेकोशी र त्रिशूली नदी तथा लाङ्टाङ खोलामा...