नेभिगेशन
मुख्य समाचार

गृहमन्त्रीबारे रास्वपाः ‘भिजिट भिसा काण्ड प्रमाणित भयो भने त राजनीति छोड्ने हैन जेल जाने हो’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले अहिलेको गठबन्धन आफ्नाहरुलाई जोगाउन र फाइल बन्द गर्न बनेको भन्ने आफूहरुको आशंका सत्य सावित भएको बताएको छ । आइतबार पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकका क्रममा बैठकका एजेन्डाबारे जानकारी दिदै कार्यवाहक प्रवक्ता मनिष झाले आफूहरुले शंका सही सावित भएको बताएका हुन् । जसको उदाहरण भिजिट भिसा काण्ड भएको झाको भनाई छ । 

त्यस्तै उनले गृहमन्त्रीको भनाईबारे टिप्पणी गर्दै भिजिट भिसा प्रकरण प्रमाणित भए राजनीति छोड्ने विकल्प नरहेको बताए । उनले राजनीति छोड्ने होइन जेल जानुपर्ने बताए । ‘भिजिट भिसामा गृहमन्त्रीज्यूले शालिन तवरले एउटा कुरा के बोल्नुभयो भने, यो प्रमाणित भयो भने राजनीति छोड्दिन्छु । प्रमाणित भयो भने त राजनीति छोड्ने हैन जेल जाने हो । राजनीति छोड्नै पर्दैन । त्यो विकल्प नै होइन ।’ 

Dish home
City Express

त्यस्तै उनले अरुलाई चाहीँ जेल जान प्रमाणित हुनु नपर्ने, पुरानो दललाई चाहीँ प्रमाणित नै हुनुपर्ने ? भन्दै प्रश्न गरे । उनले भने, ‘तपाईँहरुको चाहीँ प्रमाणित हुनुपर्ने जेल जानलाई, अरुलाई चाहीँ प्रमाणित नगरेरै अभियोजन दर्ता भएकै आधारमा थुन्न थाल्नुभएको छ, थुनिरहनुभको छ । पुरानो दललाई चाहीँ प्रमाणित हुनुपर्ने, नयाँ दललाई चाहीँ दर्ता हुँदैमा थुन्दिने हो कि ?’ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
यी हुन् इलामकाे पहिरोमा परी ज्यान गुमाउने ३७ जना

यी हुन् इलामकाे पहिरोमा परी ज्यान गुमाउने ३७ जना

यस्तै, इलाम नगरपालिका–६ का ४८ वर्षीय महेन्द्र लिम्बू पहिरोमा बेपत्ता भएका र उनको  खोजीकार्य जारी रहेको प्रहरी उपरीक्षक कोइरालाले बताए । क्षतिको विवरण सङ्कलन गर्ने कार्य जारी रहेको...
इलाममा पहिरोमा परी मृत्यु हुनेको संख्या २८ पुग्यो

इलाममा पहिरोमा परी मृत्यु हुनेको संख्या २८ पुग्यो

मृत्यु हुनेमा सूर्योदय–१ मा ५ जना, इलाम नगरपालिका–१ मा ६ जना, देउमाइमा २ जना, फाकफोकथुपमा १ जना, मान्सेबुङमा ३ जना, माइजोगमाइमा ८ जना र सन्दकपुरमा ३ जनाको मृत्यु...
विपद्का घटनाबाट दुई दिनमा ४० जनाको मृत्यु, ११ बेपत्ता

विपद्का घटनाबाट दुई दिनमा ४० जनाको मृत्यु, ११ बेपत्ता

इलामको सूर्योदय नगरपालिकामा पाँच, इलाम नगरपालिकामा छ, देउमाई नगरपालिकामा दुई, फाकफोकथुम गाउँपालिकामा एक, माङ्सेबुङ गाउँपालिकामा तीन, माइजोगमाई गाउँपालिकामा आठ र सन्दकपुर गाउँपालिकामा तीन जनाको मृत्यु भएको सशस्त्र प्रहरी...
सप्तकोशी नदीमा जलवहाव उच्चः  कोशी ब्यारेजका ५६ ओटै ढोका खोलियो

सप्तकोशी नदीमा जलवहाव उच्चः  कोशी ब्यारेजका ५६ ओटै ढोका खोलियो

गत शुक्रबार र शनिबारदेखिको लगातार वर्षाले सप्तकोशी नदीको जलवहाव बढेको छ ।  जलवहाव उच्च भएपछि कोशी ब्यारेजमा सबै ५६ ढोका खोलिएका छन् । सुनसरी प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार...