नेभिगेशन
समाज

गृहमन्त्रीबारे रास्वपाः ‘भिजिट भिसा काण्ड प्रमाणित भयो भने त राजनीति छोड्ने हैन जेल जाने हो’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले अहिलेको गठबन्धन आफ्नाहरुलाई जोगाउन र फाइल बन्द गर्न बनेको भन्ने आफूहरुको आशंका सत्य सावित भएको बताएको छ । आइतबार पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकका क्रममा बैठकका एजेन्डाबारे जानकारी दिदै कार्यवाहक प्रवक्ता मनिष झाले आफूहरुले शंका सही सावित भएको बताएका हुन् । जसको उदाहरण भिजिट भिसा काण्ड भएको झाको भनाई छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै उनले गृहमन्त्रीको भनाईबारे टिप्पणी गर्दै भिजिट भिसा प्रकरण प्रमाणित भए राजनीति छोड्ने विकल्प नरहेको बताए । उनले राजनीति छोड्ने होइन जेल जानुपर्ने बताए । ‘भिजिट भिसामा गृहमन्त्रीज्यूले शालिन तवरले एउटा कुरा के बोल्नुभयो भने, यो प्रमाणित भयो भने राजनीति छोड्दिन्छु । प्रमाणित भयो भने त राजनीति छोड्ने हैन जेल जाने हो । राजनीति छोड्नै पर्दैन । त्यो विकल्प नै होइन ।’ 

Ncell
Extreme Energy

त्यस्तै उनले अरुलाई चाहीँ जेल जान प्रमाणित हुनु नपर्ने, पुरानो दललाई चाहीँ प्रमाणित नै हुनुपर्ने ? भन्दै प्रश्न गरे । उनले भने, ‘तपाईँहरुको चाहीँ प्रमाणित हुनुपर्ने जेल जानलाई, अरुलाई चाहीँ प्रमाणित नगरेरै अभियोजन दर्ता भएकै आधारमा थुन्न थाल्नुभएको छ, थुनिरहनुभको छ । पुरानो दललाई चाहीँ प्रमाणित हुनुपर्ने, नयाँ दललाई चाहीँ दर्ता हुँदैमा थुन्दिने हो कि ?’ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
५ हजार बेपत्ता हुँदा ४ जनाको पुनर्जन्म

५ हजार बेपत्ता हुँदा ४ जनाको पुनर्जन्म

रसुवादेखि धादिङसम्म विपत्ति मच्चाएको भदौ १० गतेको बाढीले कति मानिसलाई बगायो ? कति मानिसको मृत्यु भयो ? वा कति मानिस अझै जीवनको पर्खाइमा छन् ? यसको कुनै टुंगो...
बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भन्ने आवाज आयो, त्यसपछि ६४ वर्षीया चन्द्रीकाको उद्धार भयो

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भन्ने आवाज आयो, त्यसपछि ६४ वर्षीया चन्द्रीकाको उद्धार भयो

तर, खोज तथा उद्धारमा खटिएका सुरक्षा फौजको संयुक्त टोलीले विनाशकारी बाढीमा पुरिएको एउटा घरबाट ११औँ दिनमा एक महिलाको जीवितै उद्धार ग¥र्यो । टोलीले बेत्रावतीका आनन्दलाल श्रेष्ठको श्रीमती ६४...
भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

बाढीले जिल्लामा ४१ किलोमिटर सडक, छ वटा पक्की पुल, आठ वटा ‘बेलिब्रिज’ र १० वटा झोलुङ्गे पुल बगाएको छ । बाढीबाट भोटेकोशी र त्रिशूली नदी तथा लाङ्टाङ खोलामा...