नेभिगेशन
मुख्य समाचार

आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशको पश्चिम र मध्य भु–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधीकांश भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । 

CG

कोशी प्रदेशका केही स्थानहरूमा, मधेश प्रदेश लगायत देशको पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको  महाशाखाले जनाएको छ । कोशी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ ।

आज राति कोशी, मधेश, बागमती, गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफादेखि आंशिक बदली रहनेछ । 

कोशी र मधेश प्रदेशको केही स्थानहरू तथा बाँकी पहाडी भू–भागका थोरै स्थानहरू र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र मधेश प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । 

देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सो को असरबाट बच्न आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
प्रधानमन्त्रीको राजीनामा माग्दै आमरण अनसनमा निकोलस भुसाल (तस्बिरहरु)

प्रधानमन्त्रीको राजीनामा माग्दै आमरण अनसनमा निकोलस भुसाल (तस्बिरहरु)

प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै डा. निकोलस भुसालले माइतीघरमा आमरण अनसन सुरु गरेका छन् । उनले  पुस ८ गते राती १० बजेदेखि अनसन सुरु गरेका हुन् ।
हेटौंडा सडक विस्तारका पीडितहरूको माइतिघरमा बाजा सहित विरोध प्रदर्शनी (तस्बिरहरु)

हेटौंडा सडक विस्तारका पीडितहरूको माइतिघरमा बाजा सहित विरोध प्रदर्शनी (तस्बिरहरु)

हेटौंडामा २५ गजको सडक सीमाभित्रका मुख्य बजार क्षेत्रका घरटहराहरु सरकारी पक्षले भत्काएपछि त्यहांका स्थानियहरूले प्रदर्शन गरेका हुन् । माइतिघरमा भेला भएर उनीहरूले प्ले कार्ड प्रदर्शन गरेर र धिमे...
अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

बर्खे बिदाबाट कट्टा हुनेगरी विद्यालयमा बिदा दिइएको उहाँले जानकारी दिए । केही दिनदेखि बढेको शीतलहर र चिसोका कारण रौतहटको जनजीवन प्रभावित बनेको छ ।
अन्तिम समयमा किन रोकियो धोबीखोला करिडोरका १८८ रोपनी अतिक्रमित संरचना हटाउने निर्णय ?

अन्तिम समयमा किन रोकियो धोबीखोला करिडोरका १८८ रोपनी अतिक्रमित संरचना हटाउने निर्णय ?

सोही अनुसार विकास प्राधिकरणले भत्काउने पर्ने संरचना र फिल्डको नक्साङ्कन समेत गरेर पुस ५ गते शनिबार बिहान ८ बजेका लागि भत्काउने समय तय गरेको थियो । तर, शुक्रबार...

भर्खरै