नेभिगेशन
समाज

बागलुङ बजारमा बृहत् सडक सेवा सञ्चालन, सडकमै बस्दै आएका ६ जनाको उद्धार

बागलुङ । बागलुङ बजारको मुख्य सडक किनारमा विगत लामो समयदेखि बसोबास गर्दै आएका ६ जना बेघर तथा आश्रयविहीन व्यक्तिहरूलाई उद्धार गरिएको छ। ती व्यक्तिहरूले सडकमा नै बस्ने, खुल्ला स्थानमै दिशा–पिसाब गर्ने, मदिरा सेवन गरी होहल्ला तथा झगडा गर्ने गरेको भन्दै स्थानीयले गुनासो गर्दै आएका थिए । 

उद्धार गरिएका व्यक्तिहरूमा अन्त जैशी, आले सार्की, भूपेश नेपाली, मिनबहादुर सार्की, जितेन्द्र गिरी (भारतीय नागरिक) र मीना नेपाली रहेका छन्। 

CG

मानव सेवा आश्रम बागलुङ शाखा तथा पोखरा शाखाको समन्वयमा जिल्ला प्रहरी कार्यालय बागलुङ र स्थानीय बासिन्दाहरूको सक्रिय सहभागितामा सम्पन्न भएको यस उद्धार अभियान अन्तर्गत तीन जनालाई मानव सेवा आश्रम बागलुङ शाखामा राखिएको छ भने स्थान अभावका कारण बाँकी तीन जनालाई पोखरा पठाइएको हो।

पोखरा पठाइएका मध्ये दुई जनालाई हेम्जा शाखामा र एक जनालाई चोरपाटन शाखामा आश्रय दिइएको छ। उद्धार कार्यपछि उनीहरू बसेका स्थानहरू पूर्ण रूपमा सरसफाइ गरिएको छ।

यसअघि पनि तीन दिनअघि एक जनालाई उद्धार गरी पोखरा पठाइएको थियो भने अहिले बाँकी सबैलाई सुरक्षितरूपमा व्यवस्थापन गरिएको मानव सेवा आश्रमका प्रतिनिधिले जानकारी दिएका छन्।

मानव सेवा आश्रमका अनुसार उद्धार गरिएका व्यक्तिहरूका घरपरिवार भए तापनि उनीहरू सबैजना परिवारसँग नबसी सडकमा जाँडरक्सी सेवन गर्दै माग्ने कार्यमा संलग्न थिए।

“हामीले उद्धार गरेका व्यक्तिहरूको घर त छ, तर परिवारमै सबैजना जाँडरक्सी सेवन गर्ने भएकाले सडकमा बस्न बाध्य भएका छन्। आश्रम भने वास्तविक सहयोगापेक्षी, जसको केही छैन, कोही छैन, शारीरिक वा मानसिक रूपमा कमजोर छन्, त्यस्ता व्यक्तिहरूका लागि हो,” मानव सेवा आश्रम पोखरा शाखाका प्रतिनिधिले भने।

मानव सेवा आश्रमले मानवता प्रवर्द्धन महाअभियान २०८२ अन्तर्गत सडक मानव उद्धारलाई निरन्तरता दिइरहेको छ। “सकारात्मक सोच र सहयोगी भावना भए परिवर्तन सम्भव छ। आउनुहोस्, सबै मिलेर मानवता प्रवर्द्धन महाअभियानलाई सफल बनाऔं,” आश्रमका संयोजकको आग्रह छ।

Uddarkarta-1748785864.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्रीको राजीनामा माग्दै आमरण अनसनमा निकोलस भुसाल (तस्बिरहरु)

प्रधानमन्त्रीको राजीनामा माग्दै आमरण अनसनमा निकोलस भुसाल (तस्बिरहरु)

प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै डा. निकोलस भुसालले माइतीघरमा आमरण अनसन सुरु गरेका छन् । उनले  पुस ८ गते राती १० बजेदेखि अनसन सुरु गरेका हुन् ।
हेटौंडा सडक विस्तारका पीडितहरूको माइतिघरमा बाजा सहित विरोध प्रदर्शनी (तस्बिरहरु)

हेटौंडा सडक विस्तारका पीडितहरूको माइतिघरमा बाजा सहित विरोध प्रदर्शनी (तस्बिरहरु)

हेटौंडामा २५ गजको सडक सीमाभित्रका मुख्य बजार क्षेत्रका घरटहराहरु सरकारी पक्षले भत्काएपछि त्यहांका स्थानियहरूले प्रदर्शन गरेका हुन् । माइतिघरमा भेला भएर उनीहरूले प्ले कार्ड प्रदर्शन गरेर र धिमे...
अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

बर्खे बिदाबाट कट्टा हुनेगरी विद्यालयमा बिदा दिइएको उहाँले जानकारी दिए । केही दिनदेखि बढेको शीतलहर र चिसोका कारण रौतहटको जनजीवन प्रभावित बनेको छ ।
अन्तिम समयमा किन रोकियो धोबीखोला करिडोरका १८८ रोपनी अतिक्रमित संरचना हटाउने निर्णय ?

अन्तिम समयमा किन रोकियो धोबीखोला करिडोरका १८८ रोपनी अतिक्रमित संरचना हटाउने निर्णय ?

सोही अनुसार विकास प्राधिकरणले भत्काउने पर्ने संरचना र फिल्डको नक्साङ्कन समेत गरेर पुस ५ गते शनिबार बिहान ८ बजेका लागि भत्काउने समय तय गरेको थियो । तर, शुक्रबार...

भर्खरै