नेभिगेशन
समाज

बागलुङ बजारमा बृहत् सडक सेवा सञ्चालन, सडकमै बस्दै आएका ६ जनाको उद्धार

बागलुङ । बागलुङ बजारको मुख्य सडक किनारमा विगत लामो समयदेखि बसोबास गर्दै आएका ६ जना बेघर तथा आश्रयविहीन व्यक्तिहरूलाई उद्धार गरिएको छ। ती व्यक्तिहरूले सडकमा नै बस्ने, खुल्ला स्थानमै दिशा–पिसाब गर्ने, मदिरा सेवन गरी होहल्ला तथा झगडा गर्ने गरेको भन्दै स्थानीयले गुनासो गर्दै आएका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उद्धार गरिएका व्यक्तिहरूमा अन्त जैशी, आले सार्की, भूपेश नेपाली, मिनबहादुर सार्की, जितेन्द्र गिरी (भारतीय नागरिक) र मीना नेपाली रहेका छन्। 

Ncell
Extreme Energy

मानव सेवा आश्रम बागलुङ शाखा तथा पोखरा शाखाको समन्वयमा जिल्ला प्रहरी कार्यालय बागलुङ र स्थानीय बासिन्दाहरूको सक्रिय सहभागितामा सम्पन्न भएको यस उद्धार अभियान अन्तर्गत तीन जनालाई मानव सेवा आश्रम बागलुङ शाखामा राखिएको छ भने स्थान अभावका कारण बाँकी तीन जनालाई पोखरा पठाइएको हो।

पोखरा पठाइएका मध्ये दुई जनालाई हेम्जा शाखामा र एक जनालाई चोरपाटन शाखामा आश्रय दिइएको छ। उद्धार कार्यपछि उनीहरू बसेका स्थानहरू पूर्ण रूपमा सरसफाइ गरिएको छ।

यसअघि पनि तीन दिनअघि एक जनालाई उद्धार गरी पोखरा पठाइएको थियो भने अहिले बाँकी सबैलाई सुरक्षितरूपमा व्यवस्थापन गरिएको मानव सेवा आश्रमका प्रतिनिधिले जानकारी दिएका छन्।

मानव सेवा आश्रमका अनुसार उद्धार गरिएका व्यक्तिहरूका घरपरिवार भए तापनि उनीहरू सबैजना परिवारसँग नबसी सडकमा जाँडरक्सी सेवन गर्दै माग्ने कार्यमा संलग्न थिए।

“हामीले उद्धार गरेका व्यक्तिहरूको घर त छ, तर परिवारमै सबैजना जाँडरक्सी सेवन गर्ने भएकाले सडकमा बस्न बाध्य भएका छन्। आश्रम भने वास्तविक सहयोगापेक्षी, जसको केही छैन, कोही छैन, शारीरिक वा मानसिक रूपमा कमजोर छन्, त्यस्ता व्यक्तिहरूका लागि हो,” मानव सेवा आश्रम पोखरा शाखाका प्रतिनिधिले भने।

मानव सेवा आश्रमले मानवता प्रवर्द्धन महाअभियान २०८२ अन्तर्गत सडक मानव उद्धारलाई निरन्तरता दिइरहेको छ। “सकारात्मक सोच र सहयोगी भावना भए परिवर्तन सम्भव छ। आउनुहोस्, सबै मिलेर मानवता प्रवर्द्धन महाअभियानलाई सफल बनाऔं,” आश्रमका संयोजकको आग्रह छ।

Uddarkarta-1748785864.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भन्ने आवाज आयो, त्यसपछि ६४ वर्षीया चन्द्रीकाको उद्धार भयो

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भन्ने आवाज आयो, त्यसपछि ६४ वर्षीया चन्द्रीकाको उद्धार भयो

तर, खोज तथा उद्धारमा खटिएका सुरक्षा फौजको संयुक्त टोलीले विनाशकारी बाढीमा पुरिएको एउटा घरबाट ११औँ दिनमा एक महिलाको जीवितै उद्धार ग¥र्यो । टोलीले बेत्रावतीका आनन्दलाल श्रेष्ठको श्रीमती ६४...
भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

बाढीले जिल्लामा ४१ किलोमिटर सडक, छ वटा पक्की पुल, आठ वटा ‘बेलिब्रिज’ र १० वटा झोलुङ्गे पुल बगाएको छ । बाढीबाट भोटेकोशी र त्रिशूली नदी तथा लाङ्टाङ खोलामा...
भोटेकोशी बाढीको ११औं दिनमा बेत्रावतीबाट एक महिलाको जीवितै उद्धार

भोटेकोशी बाढीको ११औं दिनमा बेत्रावतीबाट एक महिलाको जीवितै उद्धार

सशस्त्र प्रहरी निरीक्षक सुमनकुमार विकको कमाण्डमा खटिएको उद्धार टोलीले आज दिउँसो १३ः३५ बजे नुवाकोट, विदुर नपा–१० बेत्रावतीस्थित चार तले घरबाट ६० वर्षीया चण्डिका श्रेष्ठको जीवितै उद्धार गरेको हो...