नेभिगेशन
समाज

इस्लाम धर्मावलम्बी इद–उल–जोहा मनाउँदै

महोत्तरी । इस्लाम धर्मावलम्बी (मुस्लिम) आज आफ्नो परम्पराको दोस्रो मुख्य चाड इद–उल–जोहा मनाउँदैछन् । बक्रइद (बकरिद) पनि भनिने यो पर्वले महोत्तरीका इस्लाम धर्मावलम्बी बसोबासका बस्तीमा निकै चहलपहल छ । इस्लामिक पात्रोको हिजरी संवत् परम्परामा अन्तिम महिना जिलहिज्जको १० तारिखका दिन यो पर्व मनाइन्छ । यसअनुसार नेपाली मुसलमान आज इद–उल–जोहा मनाउँदैछन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महोत्तरी इस्लाम धर्मावलम्बीको सघन बसोबास भएको जिल्ला हो । जिल्लाका १५ वटै स्थानीय तहमा धेरथोर बसोबास छ । यहाँका स्थानीयमध्ये सम्सी, जलेश्वर, लोहारपट्टी, बलवा र मटिहानी इस्लाम धर्मावलम्बीको बाक्लो बसोबास भएका ठाउँ हुन् । 

Ncell
Extreme Energy

यसैगरी बर्दिबास, रामगोपालपुर र भङ्गाहाका केही बस्ती पनि मुस्लिम बसोबास बाहुल्य छन् । यी बस्तीमा आज कुर्वानी (बलि) का लागि खसी, राँगा जुटाइएका छन् । पर्वले  मुस्लिम बसोबासका बस्तीमा रौनक देखिँदो छ । पर्वका लागि काम विशेषले टाढाटाढा रहेका पनि घर फर्र्केेपछि परिवारजनमा खुसी थपिएको छ ।

बक्रइद पर्वमा कुर्वानीका लागि पशु किन्दा मुस्लिमहरू सामान्यतया कुनै सवालजवाफ नगरी मागबमोजिम रकम दिन्छन् । आर्थिक अवस्थाले सम्पन्न मुस्लिमले त यस उद्देश्यका लागि लाखौँ पनि खर्चने गरेका देखिने गरेको छ । यो अल्लाह (ईश्वर) को मन्नत (भाकल, समर्पणका लागि) हुँदा कुर्वानीका लागि किनिने पशुमा मोलमोलाइ गरिनु ठीक नहुने पर्वको तयारीमा रहनुभएका भङ्गाहा–४ रामनगरका सहबुल अन्सारी बताउँछन् । । 

पर्वमा एकाबिहानै नुवाइधुवाइ गरेर इदगाहमा विशेष नमाज (प्रार्थना) गरेपछि इस्लाम धर्मावलम्बी अल्लाह (ईश्वर) लाई समर्पित गर्दै पशु कुर्वानी दिन्छन् । यसलाई कुविचार तथा अहङ्कारको कुर्वानीको प्रतिकात्मक रूपमा बुझ्न सकिने मोल्बीहरू (इस्लाम धर्मगुरू) को भनाइ छ ।  इस्लाम धर्मावलम्बीले कुर्वानी दिइएको पशुको मासु तीन भाग लगाउँछन् । आफ्ना परिवार, इष्टजन र समाजका गरिब परिवारका लागि एक÷एक भाग छुट्याइन्छ ।

निकै वर्षअघि मक्कामा हजरत इब्राहिमलाई सपनामा अल्लाहले तिम्रो सबैभन्दा प्रिय वस्तु मलाई देउभन्दा आफ्नै छोरालाई छुरी धसेको कथा मुस्लिम धर्मावलम्बी सम्झन्छन् । सो सपनाअनुसार  भोलिपल्ट इब्राहिमले साँच्चै छोरालाई छुरी धसेर अल्लाहमा समर्पित गर्न खोज्दा छोराजस्ताको त्यस्तै रहेको र त्यहाँ एक भेडाको कुर्वानी भएको हुँदा यसै घटनालाई सम्झेर बक्रइदमा पशु कुर्वानी परम्परा चलेको इस्लाम धर्मावलम्बी बताउँछन् । यो कुर्वानी अल्लाहमा समर्पित मानिन्छ ।

घरबाट टाढा रहेका, पर्वमा घर आउन नपाएका इस्लाम धर्मावलम्बीले आफ्नो मूलघर भएका ठाउँमा आफन्त वा मोल्वी (धर्मगुरू) लाई कुर्वानीस्वरूप रकम पठाउने गर्छन् । बक्रइद पर्वमा गरिने नमाजमा इस्लाम धर्मावलम्बी ‘अल्लाहु अकबर–लाइलाह–इलल्लाहु बल्लाहु अकबर–अल्लाहु अकबर वलिल्लाहिद हम्द’ भन्दै अल्लाहको पुकारा गर्छन् । यसको नेपाली भाव ‘अल्लाह महान् छन्, अल्लाहका अतिरिक्त कोही पूज्य छैनन्, सबै प्रार्थना र प्रशंसा अल्लाहकै लागि हुन्’ भन्ने रहेको फारसी तथा उर्दू भाषाका जानकार सम्सी–६ का शेष इम्तियाज बताउँछन् ।

आत्मशुद्धि, अल्लाहको पुकारा र अहङ्कारको त्याग यस पर्वका मुख्य सन्देश मानिन्छन् । केही दिन पहिलेदेखि नै हुने पर्वको तयारी ससाना नानीहरूका लागि झन् विशेष बन्छन् । नयाँ लुगा लगाउने, साथीसँग खेल्ने, एकअर्कोलाई शुभकामना आदानप्रदान गर्ने र खास परिकार खाने अवसर ससाना नानीलाई विशेष बन्ने गरेको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीको ११औं दिनमा बेत्रावतीबाट एक महिलाको जीवितै उद्धार

भोटेकोशी बाढीको ११औं दिनमा बेत्रावतीबाट एक महिलाको जीवितै उद्धार

सशस्त्र प्रहरी निरीक्षक सुमनकुमार विकको कमाण्डमा खटिएको उद्धार टोलीले आज दिउँसो १३ः३५ बजे नुवाकोट, विदुर नपा–१० बेत्रावतीस्थित चार तले घरबाट ६० वर्षीया चण्डिका श्रेष्ठको जीवितै उद्धार गरेको हो...
भोटेकोशी बाढीः भारतीय मूलका चार अस्ट्रेलियन नागरिक सम्पर्कविहीन

भोटेकोशी बाढीः भारतीय मूलका चार अस्ट्रेलियन नागरिक सम्पर्कविहीन

सम्पर्कविहीन हुनेमा ५१ वर्षीय श्रीधरण अयर, ४९ वर्षीया लक्ष्मीश्रीधरण अयर, २१ वर्षीय रुद्र श्रीधरण अयर र २३ वर्षीय रिसब श्रीधरण अयर सम्पर्कविहीन भएका हुन् । भारतको केरला राज्यबाट...
‘हाइड्रो हब’ का ७ सुरुङः कहाँ कसरी हुँदैछ उद्धार ?

‘हाइड्रो हब’ का ७ सुरुङः कहाँ कसरी हुँदैछ उद्धार ?

नेपाली सेनाले आज दिउँसो विदुरमा पत्रकार सम्मेलन गरी बाढीले थुनिएका सबै सुरुङमा खोजी र उद्धार जारी रहेको जनाएको हो ।