नेभिगेशन
समाज

कान्तिलोकपथ सडक पूर्ण रुपमा सञ्चालन

बागमती । हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक आजदेखि सञ्चालनमा आएको छ ।    

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मकवानपुरको भीमफेदी गाउँपालिका–८ स्थित बगुवा खोलामा बेलीब्रिज निर्माणको काम सकिएपछि आज बिहान ११ बजेदेखि कान्तिलोकपथ सडक पूर्ण रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । 

Ncell
Extreme Energy

बगुवा खोलामा बेलीब्रिज निर्माण गर्नुपर्ने भन्दै यही जेठ २१ गतेदेखि सो सडक पूर्ण रुपमा बन्द गरिएको थियो । खोलामा बेलीब्रिज निर्माणको काम सकिएकाले सडक पूर्ण रुपमा सञ्चालन भएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए । 

गत असोज १० देखि १२ गतेको वर्षाका कारण बागमती खोलामा आएको बाढीले सो सडक खण्डमा पर्ने बगुवा पुलको बेलीब्रिजको पहुँच मार्ग बगाएपछि डाइर्भसन बनाएर सवारीसाधन सञ्चालन हुँदै आएका थिए । यस्तै हेटौँडा–काठमाडौँ जोड्ने कुलेखानी–फाखेल–हुमाने सडक पनि यही जेठ २१ गतेदेखि सञ्चालनमा आइसकेको छ । 
    
सो सडकअन्तर्गत फाखेल महालक्ष्मी खोलादेखि हुमानेसम्म सडक कालोपत्र सकिएपछि सडक सञ्चालनमा आएको हो । सडक कालोपत्र गर्ने भन्दै जेठ २ गतेदेखि सडक बन्द गरिएको थियो । सो सडकमा कालोपत्र तथा केही खण्डमा ढलानको कामसमेत सम्पन्न भइसकेकाले सडक सञ्चालनमा ल्याइएको पूर्वाधार विकास कार्यालयका प्रमुख इञ्जिनियर सुजन भण्डारीले जानकारी दिए । उक्त सडकको केही भागमा कालोपत्रलगायत काम अझै जारी रहेको उनले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीको ११औं दिनमा बेत्रावतीबाट एक महिलाको जीवितै उद्धार

भोटेकोशी बाढीको ११औं दिनमा बेत्रावतीबाट एक महिलाको जीवितै उद्धार

सशस्त्र प्रहरी निरीक्षक सुमनकुमार विकको कमाण्डमा खटिएको उद्धार टोलीले आज दिउँसो १३ः३५ बजे नुवाकोट, विदुर नपा–१० बेत्रावतीस्थित चार तले घरबाट ६० वर्षीया चण्डिका श्रेष्ठको जीवितै उद्धार गरेको हो...
भोटेकोशी बाढीः भारतीय मूलका चार अस्ट्रेलियन नागरिक सम्पर्कविहीन

भोटेकोशी बाढीः भारतीय मूलका चार अस्ट्रेलियन नागरिक सम्पर्कविहीन

सम्पर्कविहीन हुनेमा ५१ वर्षीय श्रीधरण अयर, ४९ वर्षीया लक्ष्मीश्रीधरण अयर, २१ वर्षीय रुद्र श्रीधरण अयर र २३ वर्षीय रिसब श्रीधरण अयर सम्पर्कविहीन भएका हुन् । भारतको केरला राज्यबाट...
‘हाइड्रो हब’ का ७ सुरुङः कहाँ कसरी हुँदैछ उद्धार ?

‘हाइड्रो हब’ का ७ सुरुङः कहाँ कसरी हुँदैछ उद्धार ?

नेपाली सेनाले आज दिउँसो विदुरमा पत्रकार सम्मेलन गरी बाढीले थुनिएका सबै सुरुङमा खोजी र उद्धार जारी रहेको जनाएको हो ।