नेभिगेशन
मुख्य समाचार

कान्तिलोकपथ सडक पूर्ण रुपमा सञ्चालन

बागमती । हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक आजदेखि सञ्चालनमा आएको छ ।    

मकवानपुरको भीमफेदी गाउँपालिका–८ स्थित बगुवा खोलामा बेलीब्रिज निर्माणको काम सकिएपछि आज बिहान ११ बजेदेखि कान्तिलोकपथ सडक पूर्ण रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । 

CG

बगुवा खोलामा बेलीब्रिज निर्माण गर्नुपर्ने भन्दै यही जेठ २१ गतेदेखि सो सडक पूर्ण रुपमा बन्द गरिएको थियो । खोलामा बेलीब्रिज निर्माणको काम सकिएकाले सडक पूर्ण रुपमा सञ्चालन भएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए । 

गत असोज १० देखि १२ गतेको वर्षाका कारण बागमती खोलामा आएको बाढीले सो सडक खण्डमा पर्ने बगुवा पुलको बेलीब्रिजको पहुँच मार्ग बगाएपछि डाइर्भसन बनाएर सवारीसाधन सञ्चालन हुँदै आएका थिए । यस्तै हेटौँडा–काठमाडौँ जोड्ने कुलेखानी–फाखेल–हुमाने सडक पनि यही जेठ २१ गतेदेखि सञ्चालनमा आइसकेको छ । 
    
सो सडकअन्तर्गत फाखेल महालक्ष्मी खोलादेखि हुमानेसम्म सडक कालोपत्र सकिएपछि सडक सञ्चालनमा आएको हो । सडक कालोपत्र गर्ने भन्दै जेठ २ गतेदेखि सडक बन्द गरिएको थियो । सो सडकमा कालोपत्र तथा केही खण्डमा ढलानको कामसमेत सम्पन्न भइसकेकाले सडक सञ्चालनमा ल्याइएको पूर्वाधार विकास कार्यालयका प्रमुख इञ्जिनियर सुजन भण्डारीले जानकारी दिए । उक्त सडकको केही भागमा कालोपत्रलगायत काम अझै जारी रहेको उनले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

महोत्सवमा इच्छाकामनाका १०० सुन्तला उत्पादन गर्ने किसानले आफ्नो उत्पादनको प्रत्यक्ष लाभ लिनेछन् । यसबाट स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा संवद्र्धन हुने आयोजकको विश्वास छ ।
आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति

आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति

गए राति लैबा फडेराको घरबाट अचानक आगलागी सुरु भएको हो । आगलागीमा परेर लैबा फेडेरा र बम्बु फडेरा घाइते भएका छन् । घाइते दुवैजनालाई उपचारका लागि राति नै...
प्रधानमन्त्रीको राजीनामा माग्दै आमरण अनसनमा निकोलस भुसाल (तस्बिरहरु)

प्रधानमन्त्रीको राजीनामा माग्दै आमरण अनसनमा निकोलस भुसाल (तस्बिरहरु)

प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै डा. निकोलस भुसालले माइतीघरमा आमरण अनसन सुरु गरेका छन् । उनले  पुस ८ गते राती १० बजेदेखि अनसन सुरु गरेका हुन् ।
हेटौंडा सडक विस्तारका पीडितहरूको माइतिघरमा बाजा सहित विरोध प्रदर्शनी (तस्बिरहरु)

हेटौंडा सडक विस्तारका पीडितहरूको माइतिघरमा बाजा सहित विरोध प्रदर्शनी (तस्बिरहरु)

हेटौंडामा २५ गजको सडक सीमाभित्रका मुख्य बजार क्षेत्रका घरटहराहरु सरकारी पक्षले भत्काएपछि त्यहांका स्थानियहरूले प्रदर्शन गरेका हुन् । माइतिघरमा भेला भएर उनीहरूले प्ले कार्ड प्रदर्शन गरेर र धिमे...