नेभिगेशन
मुख्य समाचार

काठमाडौँ आईपुगे अमेरिकाले डिपोर्ट गरेका नेपालीहरु

काठमाडौँ । अमेरिकाले डिपोर्ट गरेका ३७ नेपालीहरु काठमाडौँ आईपुगेका छन् । उनीहरुलाई अमेरिकाले चार्टर्ड विमानमार्फत फिर्ता पठाएको हो । विमानस्थल अध्यागमनका एक अधिकारीका अनुसार डिपोर्ट हुनेमा ५ महिला र ३२ जना पुरुष रहेका छन् ।

काठमाडौंस्थित अमेरिकी दूतावासले डिपोर्ट गरिएका नेपालीहरू नेपाल आउन लागेको जानकारी अध्यागमन विभागलाई केही दिनअघि नै दिएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि उनीहरूलाई औपचारिक प्रक्रियापछि नेपाल प्रहरीको जिम्मा लगाइएको छ । 

CG

अध्यागमन विभागका अनुसार, यो पछिल्लो समयमै एकैपटक सबैभन्दा ठूलो संख्यामा नेपाली डिपोर्ट गरिएको घटना हो। यद्यपि, अमेरिकाबाट फर्काइएका नेपालीको संख्या अझै तलमाथि हुन सक्ने अमेरिकी दूतावासले जनाएको छ।

सन् २०२५ जनवरी २० मा डोनाल्ड ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि अमेरिकी अध्यागमन कानुनको कडाइका कारण हालसम्म १४० जना नेपाली डिपोर्ट भइसकेका छन्। उनीहरूमाथि अमेरिका प्रवेश गर्दा कानुन उल्लंघन गरेको, बिना भिसा बसोबास गरेको वा गलत उद्देश्यले अमेरिका प्रवेश गरेको आरोप लागेको थियो।

डिपोर्ट गरिएका नागरिकहरूसँग नेपाल प्रहरीले अनुसन्धान गर्दै आएको छ। प्रहरीले विशेष रूपमा मानव तस्करीका सञ्जालबारे जानकारी लिने उद्देश्यले उनीहरूबाट सोधपुछ गर्छ।

ट्रम्प प्रशासनले आप्रवासी नीतिमा कडाइ गर्ने अघोषणा चुनावी अभियानमै गरेको थियो। राष्ट्रपतिको शपथ लिएलगत्तै उनले अवैध आप्रवासीलाई निष्कासन गर्न कार्यकारी आदेश जारी गरेका थिए। सोही आदेशअनुसार हाल १३ सयभन्दा बढी नेपाली निष्कासनको सूचीमा छन्।

सन् २०२४ मा जो बाइडेन राष्ट्रपति हुँदा ३५ जना नेपालीलाई मात्र डिपोर्ट गरिएको थियो। तर ट्रम्पको पुनः आगमनपछि डिपोर्टको दर तीव्र भएको देखिन्छ — अहिलेको दरले हेर्दा लगभग महिनामा ३०–४० नेपाली अमेरिका बाट फिर्ता पठाइँदै छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
वाग्मतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

वाग्मतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

गुह्येश्वरीबाट ट्रास बेरियर जडान सम्पन्न गरी वाग्मती नदीका पाँच स्थान क्रमशः गोकर्ण ब्यारेज, गुह्येश्वरी, तिलगङ्गा आँखा अस्पताल, वाग्मती मनहरा दोभान, युएन पार्क र मनोहरा नदीको कर्मनाशा दोभानमा एक...
विराटनगरस्थित नोबेल टिचिङ अस्पतालमा इन्टर्न डाक्टरको मृत्यु

विराटनगरस्थित नोबेल टिचिङ अस्पतालमा इन्टर्न डाक्टरको मृत्यु

आइतबार विहान करिब सवा ६ बजे सप्तरी राजविराज वडा नं. ९ का ३४ वर्षीय अमित यादवको अस्पतालको पाँचौ तल्लाबाट खसेर टाउकोमा चोट लागेको तथा तत्कालै आकस्मिक कक्षमा उपचार...
चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

“बिहीबारसम्म त कति राम्रो मौसम थियो, शुक्रबार एक्कासी डम्म हुस्सुले ढाक्यो, त्यसयता जाडो निकै बढ्यो”, गौशाला–१० बटौवा बस्तीका ७० वर्षीय लक्ष्मीप्रसाद कुशवाहा भन्छन्, “यो बढ्दो चिसोले अब धेरै...
डोरीमा बाँधिएर जीवन बिताउन बाध्य २६ वर्षीय झलक विक

डोरीमा बाँधिएर जीवन बिताउन बाध्य २६ वर्षीय झलक विक

उनी आफ्नो शरिरलाई आफैँ नियन्त्रण गर्न सक्दैनन् ।  घिस्रिएर अर्को स्थानमा पुग्न बाध्य छन् । सौच लगाएकै कपडामा हुन्छ ।