नेभिगेशन
समाज

काठमाडौँ आईपुगे अमेरिकाले डिपोर्ट गरेका नेपालीहरु

काठमाडौँ । अमेरिकाले डिपोर्ट गरेका ३७ नेपालीहरु काठमाडौँ आईपुगेका छन् । उनीहरुलाई अमेरिकाले चार्टर्ड विमानमार्फत फिर्ता पठाएको हो । विमानस्थल अध्यागमनका एक अधिकारीका अनुसार डिपोर्ट हुनेमा ५ महिला र ३२ जना पुरुष रहेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौंस्थित अमेरिकी दूतावासले डिपोर्ट गरिएका नेपालीहरू नेपाल आउन लागेको जानकारी अध्यागमन विभागलाई केही दिनअघि नै दिएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि उनीहरूलाई औपचारिक प्रक्रियापछि नेपाल प्रहरीको जिम्मा लगाइएको छ । 

Ncell
Extreme Energy

अध्यागमन विभागका अनुसार, यो पछिल्लो समयमै एकैपटक सबैभन्दा ठूलो संख्यामा नेपाली डिपोर्ट गरिएको घटना हो। यद्यपि, अमेरिकाबाट फर्काइएका नेपालीको संख्या अझै तलमाथि हुन सक्ने अमेरिकी दूतावासले जनाएको छ।

सन् २०२५ जनवरी २० मा डोनाल्ड ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि अमेरिकी अध्यागमन कानुनको कडाइका कारण हालसम्म १४० जना नेपाली डिपोर्ट भइसकेका छन्। उनीहरूमाथि अमेरिका प्रवेश गर्दा कानुन उल्लंघन गरेको, बिना भिसा बसोबास गरेको वा गलत उद्देश्यले अमेरिका प्रवेश गरेको आरोप लागेको थियो।

डिपोर्ट गरिएका नागरिकहरूसँग नेपाल प्रहरीले अनुसन्धान गर्दै आएको छ। प्रहरीले विशेष रूपमा मानव तस्करीका सञ्जालबारे जानकारी लिने उद्देश्यले उनीहरूबाट सोधपुछ गर्छ।

ट्रम्प प्रशासनले आप्रवासी नीतिमा कडाइ गर्ने अघोषणा चुनावी अभियानमै गरेको थियो। राष्ट्रपतिको शपथ लिएलगत्तै उनले अवैध आप्रवासीलाई निष्कासन गर्न कार्यकारी आदेश जारी गरेका थिए। सोही आदेशअनुसार हाल १३ सयभन्दा बढी नेपाली निष्कासनको सूचीमा छन्।

सन् २०२४ मा जो बाइडेन राष्ट्रपति हुँदा ३५ जना नेपालीलाई मात्र डिपोर्ट गरिएको थियो। तर ट्रम्पको पुनः आगमनपछि डिपोर्टको दर तीव्र भएको देखिन्छ — अहिलेको दरले हेर्दा लगभग महिनामा ३०–४० नेपाली अमेरिका बाट फिर्ता पठाइँदै छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन् ।
बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

अदालतले उनीहरूलाई हत्या तथा मानवताविरुद्धको अपराध र हत्याका लागि उक्साएको अभियोगमा दोषी ठहर गरेको हो। सजाय सुनाइएकामध्ये आवामी लिगका पूर्वमहासचिव ओबैदुल कादेर र पूर्वमन्त्री मोहम्मद अली अराफात रहेका  ...
काठमाडौँमा बढ्दै छ अवैध भेपको कारोबार, २ हजार ७ सय थान भेप सहित ४ जना पक्राउ

काठमाडौँमा बढ्दै छ अवैध भेपको कारोबार, २ हजार ७ सय थान भेप सहित ४ जना पक्राउ

उनीहरुले काठमाडौँ महानगरपालिका–२२ स्थित आरएचएस इन्टरनेशनल प्रालि र चुच्चेपाटीस्थित रेसा कलेक्सनको गोदाम चलाएका थिए । ती गोदाममा समेत प्रहरीले छापा हानेर २ हजार ७ सय ७० थान विद्युतिय...
देउवाको अपिल– एकपक्षीय महाधिवेशनमा सहभागी नहुनुस् (पूर्णपाठसहित)

देउवाको अपिल– एकपक्षीय महाधिवेशनमा सहभागी नहुनुस् (पूर्णपाठसहित)

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले असोज ३ गते सुरु हुने १५औँ महाधिवेशन प्रक्रियामा सहभागी नहुन सार्वजनिक अपिल गरेका छन् ।

भर्खरै