नेभिगेशन
सबै कुरा

कुवेतमा कौशिलाका दुखः यौन शोषणको प्रयास देखि एजेन्टले मरे शव ल्याउँछु भनेपछि

बागलुङ । सात समुन्द्र पारीको देश, मध्यरात र एक्लो कोठामा सुतिरहेको अवस्थामा कोही पुरुषले आफ्नो मुख थुन्छ । हातभरी कुवेती पैसा बोकेको वयस्क पुरुषले भन्छ, ‘तलाईं चाहिएको जति दिन्छु मैले भनेको मान ।’ रोजगारीका लागि कुवेत पुगेकी बागलुङकी कोशिला विक त्यो समय सम्झिदाँ अहिले पनि झस्किन्छिन् । कौशिलाले भएभरको बल लगाएर त्यसव्यक्तिसँग प्रतिकार गरिन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आफूलाई अँठ्याउन खोजेको पुरुषलाई भुइँमा पछारिन् । हतारहतार कोठाको चुकुल लगाइन र आफूलाई बचाइन् । 

Ncell
Extreme Energy

त्यसपछि सुरु भए कौशिलाका कष्टका दिन । घरेलु कामदारका रुपमा कुवेत पुग्नुभएकी  बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीकी २३ वर्षीया कौशिलाले व्यहोरेको व्यथा हो यो । आफन्तकै सल्लाहमा सरसफाइ मजदुर बनेर कुवेत पुगेकी उनि घरेलु कामदार बनिन् । कुवेत पुगेको दुई साता नबित्दै  कौशिलामाथि यौन शोषणको प्रयास भयो । 

हिंसात्मक घटनामा प्रतिकार गरेकैले उनलाई २८ दिनमा तीन ठाउँमा काम फेरियो । जहाँ गए पनि कामको अवस्था भने उस्तै । नेपालमा हुँदा खाडी मुलुकमा महिलामाथि हुने हिंसाका घटनाका विषयमा धेरैथोरै समाचार सुनेकी कौशिलाले कुवेतमा आँफैले भोगिन् । घरको ऋण तिर्न कुवेती पुगेकी उनलाई कुवेतमा आफू असुरक्षित रहेको महसुस भएपछि नेपाल फकिर्ने निर्णयमा पुगिन् । 

 “मेरै आँखा अगाडि एक एजेन्टले नौ सय कुवेती डलरमा एक नेपाली दिदीलाई कुवेतीको घरमा काम गर्न बेचे, अनि मेरो मन थामिएन”, कौशिलाले भन्छिन्, “मैले नेपाल फर्किने बाटो खोजेँ ।” उहाँले नेपाल फर्किन खोजेको नेपालका एजेन्टले थाहा पाएपछि काम गर्ने ठाँउमा कौशिलाको  मोबाइल खोसियो । बन्द कोठमा बिना काम राखेर मानसिक तनाव दिन सुरु भयो । 

“नेपालमा क्लिनर हो भने, विमानस्थल पसेपछि बल्ल डकुमेन्ट दिए, दुईथरी डकुमेन्ट दिएका थिए, उता देखाउने र यता देखाउने दुईथरी भनेर, हामीलाई दिएको कागजमा कुवेतको भिजिट भनेर लेखिएको थियो”, कौशिलाले भन्छिन्, “नेपालकै विमानस्थलमा दुईथरी डकुमेन्ट, र भिजिट भिसा भनेर होटलसमेत बुक गरेको कागज देखेपछि नजाने भनेकी थिएँ तर विमानस्थलमै बसेका एजेन्टले फर्किन दिएनन्, कुवेत पुगेपछि कम्पनीको प्रतिनिधि आएर लिएर गयो । घरेलु काममा लगायो । केही दिन काम राम्रै थियो, ठाउँ फेरिदियो र हिंसाको प्रयास भयो ।”

“मैले एजेन्टलाई कि मलाई नेपाल फर्काऊ होइन भने चार तलामाथि छु, हाम फालेर मर्छु, तँ पर्छस् भनेँ”, कौशिलाले भनिन्, “मरे शव ल्याउन पहल गर्छु भनेर उसले जवाफ दियो ।”

पासपोर्ट बनाउने बेला नै कौशिलाले कोरिया जाने सोचेकी थिइन् । तर आफन्तले कुवेतमा काम लगाइदिने भनेपछि काठमाडौँ पासपोर्ट पठाइन् । १० दिनमै भिसा आयो । 

अहिले उनि भन्छिन् “मलाई आफन्तले नै फसाए”, कौशिलाले भन्नुभयो, “घरेलु कामदारका रुपमा कोही दिदीबहिनी पनि खाडी नजानु, त्यहाँ दिदीबहिनीको हालत खराब छ ।” 

कुवेत पुगेको २८ दिनका दिनपछि नेपाल फर्किएकी काैशिला फेरी कोरिया जाने तयारीमा छिन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ममता काफ्ले सम्झिएर अमेरिकी अदालतमा भक्कानिइन् आमा गीता, साथी सरिताले दिइन् सनसनीपूर्ण वयान

ममता काफ्ले सम्झिएर अमेरिकी अदालतमा भक्कानिइन् आमा गीता, साथी सरिताले दिइन् सनसनीपूर्ण वयान

आफ्नी पत्नी ममता काफ्ले भट्टको हत्या गरेको र उनको शव लुकाएको आरोप (शव अहिलेसम्म फेला परेको छैन) सामना गरिरहेका मनासास पार्कका बासिन्दा नरेश भट्टविरुद्धको मुद्दामा बिहीबार अदालतमा सात...
नेपाली जनसम्पर्क समिति क्यानडाको सभापतिमा केशव दाहाल

नेपाली जनसम्पर्क समिति क्यानडाको सभापतिमा केशव दाहाल

नेपाली जनसम्पर्क समिति (एनपिआरसी) क्यानडाको सभापतिमा केशव दाहाल सर्वसम्मत चयन भएका छन् ।
अमेरिकामा कांग्रेस महाधिवेशन प्रतिनिधि छनोटमा प्रश्न

अमेरिकामा कांग्रेस महाधिवेशन प्रतिनिधि छनोटमा प्रश्न

नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा अमेरिकास्थित नेपाली जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य छनोटको विषय विवादमा परेको छ।