नेभिगेशन
समाज

नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक २५ दशमलव ०७ अङ्कले बढेर दुई हजार ६७८ दशमलव १७ को विन्दुमा कायम भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज ३११ कम्पनीको दुई करोड ३६ लाख ९७ हजार १४५ कित्ता शेयर ८१ हजार ७३८ पटक खरिदबिक्री हुँदा रु १० अर्ब १६ करोड नौ लाख ८१ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

Ncell
Extreme Energy

आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै वित्त समूह पाँच दशमलव १२ प्रतिशतले बढेको हो । बैङ्किङ शून्य दशमलव ९३, विकास बैङ्क शून्य दशमलव ७१, होटल तथा पर्यटन एक दशमलव २८, जलविद्युत् शून्य दशमलव ४६, लगानी शून्य दशमलव ६८ र  जीवन बिमा एक दशमलव ०८ प्रतिशतले बढेको हो । 

त्यस्तै, उत्पादन तथा प्रशोधन शून्य दशमलव २५, लघुवित्त शून्य दशमलव ६१, म्युचुअल फन्ड शून्य दशमलव २३, निर्जीवन बिमा एक दशमलव २६ व्यापार एक दशमलव ०७ र अन्य समूह एक दशमलव ५१ प्रतिशतले बढेको हो ।

आजको कारोबारमा प्युअर इनर्जी लिमिटेड र श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको शेयर मूल्य छ दशमलव १४ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रमोटर शेयर रु ५८ करोड ४९ लाख ५३ हजार ८७१ बराबरको २६ लाख ३३ हजार ७२८ कित्ता किनबेच भएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेप्से परिसूचक १२.९६ अङ्कले बढ्यो

नेप्से परिसूचक १२.९६ अङ्कले बढ्यो

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ९६ अङ्कले बढेर दुई हजार ६८५ दशमलव ५४ अङ्कमा पुगेको छ ।  ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई...
‘नियमकीय गुणस्तर सुधार गर्दै पूँजीबजार विकासका लागि धितोपत्र बोर्डले काम गर्नुपर्छ’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

‘नियमकीय गुणस्तर सुधार गर्दै पूँजीबजार विकासका लागि धितोपत्र बोर्डले काम गर्नुपर्छ’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

सो क्रममा उनले बोर्ड नेतृत्वलाई उच्च नैतिकतासहित पूँजीबजार विकासको कार्य अघि बढाउन निर्देशन दिए । ‘नयाँ अध्यक्ष नियुक्त भएपछि बोर्डले दीर्घकालीन उद्देश्यसहित अघि बढ्न खोजेको र त्यसको सकारात्मक...
नेप्से परिसूचकमा सामान्य अङ्कले वृद्धि

नेप्से परिसूचकमा सामान्य अङ्कले वृद्धि

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार परिसूचक ७.२५ अङ्कले बढेर दुई हजार ७२६.४९ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.१८ अङ्कले घटेर ४७२.४२  अङ्कमा...
नेप्से परिसूचकमा ७९ दशमलव ७४ अङ्कको वृद्धि

नेप्से परिसूचकमा ७९ दशमलव ७४ अङ्कको वृद्धि

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बढेर दुई हजार ६७७ दशमलव ५४ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक  ११...