नेभिगेशन
मुख्य समाचार

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ । हाल देशका पश्चिम र मध्य भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

Dish home
City Express

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । साथै उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना  छ ।

त्यसैगरी, आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

     कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको  सम्भावना छ । कोशी, बागमती  र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
यी हुन् इलामकाे पहिरोमा परी ज्यान गुमाउने ३७ जना

यी हुन् इलामकाे पहिरोमा परी ज्यान गुमाउने ३७ जना

यस्तै, इलाम नगरपालिका–६ का ४८ वर्षीय महेन्द्र लिम्बू पहिरोमा बेपत्ता भएका र उनको  खोजीकार्य जारी रहेको प्रहरी उपरीक्षक कोइरालाले बताए । क्षतिको विवरण सङ्कलन गर्ने कार्य जारी रहेको...
इलाममा पहिरोमा परी मृत्यु हुनेको संख्या २८ पुग्यो

इलाममा पहिरोमा परी मृत्यु हुनेको संख्या २८ पुग्यो

मृत्यु हुनेमा सूर्योदय–१ मा ५ जना, इलाम नगरपालिका–१ मा ६ जना, देउमाइमा २ जना, फाकफोकथुपमा १ जना, मान्सेबुङमा ३ जना, माइजोगमाइमा ८ जना र सन्दकपुरमा ३ जनाको मृत्यु...
विपद्का घटनाबाट दुई दिनमा ४० जनाको मृत्यु, ११ बेपत्ता

विपद्का घटनाबाट दुई दिनमा ४० जनाको मृत्यु, ११ बेपत्ता

इलामको सूर्योदय नगरपालिकामा पाँच, इलाम नगरपालिकामा छ, देउमाई नगरपालिकामा दुई, फाकफोकथुम गाउँपालिकामा एक, माङ्सेबुङ गाउँपालिकामा तीन, माइजोगमाई गाउँपालिकामा आठ र सन्दकपुर गाउँपालिकामा तीन जनाको मृत्यु भएको सशस्त्र प्रहरी...
सप्तकोशी नदीमा जलवहाव उच्चः  कोशी ब्यारेजका ५६ ओटै ढोका खोलियो

सप्तकोशी नदीमा जलवहाव उच्चः  कोशी ब्यारेजका ५६ ओटै ढोका खोलियो

गत शुक्रबार र शनिबारदेखिको लगातार वर्षाले सप्तकोशी नदीको जलवहाव बढेको छ ।  जलवहाव उच्च भएपछि कोशी ब्यारेजमा सबै ५६ ढोका खोलिएका छन् । सुनसरी प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार...