नेभिगेशन
क्रिकेट

नेपाल र वेस्ट इन्डिजबीच ऐतिहासिक टी–२० अन्तर्राष्ट्रिय सिरिज हुने

काठमाडौँ । नेपाली क्रिकेट इतिहासमा पहिलोपटक नेपालले टेस्ट राष्ट्र वेस्ट इन्डिजसँग टी–२० अन्तर्राष्ट्रिय शृंखलामा खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार विज्ञप्ति जारी गर्दै वेस्ट इन्डिजसँग तीन खेलको ऐतिहासिक सिरिज हुने जानकारी दिएको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यो सिरिज आगामी सेप्टेम्बर २७, २८ र ३० मा संयुक्त अरब इमिरेट्स (यूएई)को शारजाह क्रिकेट रंगशालामा हुनेछ। प्रतियोगिता क्यानको आयोजना तथा एमिरेट्स क्रिकेट बोर्डको सहकार्यमा सम्पन्न हुनेछ।

Ncell
Extreme Energy

वेस्ट इन्डिज टी–२० फर्म्याटमा दुई पटकको विश्व च्याम्पियन टोली हो। यस्ता अनुभवी र उच्च स्तरका खेलाडीहरूसँग खेल्ने अवसर नेपाली क्रिकेट टोलीका लागि महत्वपूर्ण अभ्यास र अन्तर्राष्ट्रिय एक्स्पोजरको स्रोत हुने विश्वास लिइएको छ। साथै, यो सिरिज आगामी आइसिसी पुरुष टी–२० विश्वकप छनोट प्रतियोगिताको पूर्वतयारीका रूपमा समेत महत्वपूर्ण रहने अपेक्षा गरिएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप क्रिकेट
सन्दीप लामिछाने चार वर्षपछि फेरि बने कप्तान

सन्दीप लामिछाने चार वर्षपछि फेरि बने कप्तान

सन्दीप लामिछाने नेपाली राष्ट्रिय टोलीको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) कप्तान बनेका छन् । सन्दीप चार वर्षपछि राष्ट्रिय टिमको कप्तानीमा फर्केका हुन् ।
आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्डससँग नेपाल पराजित

आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्डससँग नेपाल पराजित

आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बुधबार सम्पन्न खेलमा नेपाल नेदरल्यान्डसँग पराजित भएको छ ।
मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

सम्झौतापछि प्रमुख कार्यकारी निर्देशक प्रकाश खड्का ले दोस्रो वर्ष पनि सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी लागेको बताए । उनले यस साझेदारीलाई अझ सुदृढ बनाउँदै ब्रान्डिङ, बजार विस्तार तथा...
इन्डिया ‘ए’सँग नेपालले कीर्तिपुर मैदानमा तीन खेलको टी–२० शृंखला खेल्ने

इन्डिया ‘ए’सँग नेपालले कीर्तिपुर मैदानमा तीन खेलको टी–२० शृंखला खेल्ने

स्कटल्याण्डमा भएको आईसीसी सम्मेलनका क्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र बीसीसीआई सचिव देवजित सैकियाबीच भएको बैठकपछि यो सिरिज तय भएको जनाइएको छ ।