नेभिगेशन
समाज

एयर इन्डिया विमान दुर्घटनाः जहाजमा सवार २४० जनाको मृत्यु*

काठमाडौँ । बिहीबार लण्डन जाँदै गरेको भारतीय यात्रुबाहक विमान भारतको अहमदाबाद शहरको एक आवासीय क्षेत्रमा दुर्घटना हुँदा त्यसमा सवार सबै २४२ जनाको मृत्यु भएको विश्वास गरिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

“अहमदाबादको त्रासदीले हामीलाई स्तब्ध र दुःखी बनाएको छ। एयर इन्डियाको उडान नम्बर १७१ उडेको केही क्षणमा नै दुर्घटनाग्रस्त भएको हृदयविदारक घटनाले विश्वलाई नै स्तब्ध बनाएको छ,” भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका छन् । 

Ncell
Extreme Energy

अहमदावाद शहरका प्रहरी आयुक्त जीएस मलिकले एएफपीसँग भने, “दुर्घटनामा कोही पनि बाँच्न सफल भएको जस्तो देखिएको छैन ।”

उनले भने, “विमान आवासीय र केही कार्यालय भएको क्षेत्रमा खसेकाले हताहत हुनेको सङ्ख्या पनि बढी हुन सक्छ ।”

घटनाबारे एक स्थानीयले भने, “हाम्रो कार्यालय विमान दुर्घटना भएको भवन नजिकै छ। हामीले भवनका मानिसहरूलाई हामफालेर आफूलाई बचाउन दोस्रो र तेस्रो तल्लाबाट हामफालेको देखेका छौँ । विमानमा आगो लागेको स्पष्ट देखिन्थ्यो ।” 

विमानमा दुई चालकसहित १० चालक दलका सदस्य गरी २४२ जना सवार रहेको भारतीय नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

एयर इन्डियाका अनुसार लण्डन ग्याटविकका लागि उडेको विमानमा १६९ भारतीय, ५३ बेलायती, सात पोर्चुगाली र एक क्यानेडियाली यात्रु सवार थिए ।

बेलायती प्रधानमन्त्री केइर स्टार्मरले दुर्घटनाका दृश्यहरू ‘विनाशकारी’ देखिएको ‘गहिरो शोकको घडीमा’ पीडित यात्रु र उनीहरूका परिवारहरूलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा जारी एक सन्देशमा भनेका छन् । 

नागरिक उड्डयन महानिर्देशनालयका अनुसार विमानले खतराको सूचक ‘मे डे’ कल जारी गरेको थियो र उडान भरेलगत्तै विमानस्थलको परिधिबाहिर दुर्घटनाग्रस्त भएको थियो ।

भारतको गुजरात राज्यको मुख्य शहर अहमदाबादमा करिब ८० लाख मानिसको बसोबास छ र व्यस्त विमानस्थल घना बस्तीले घेरिएको छ ।

स्थानीय पुनम पटनीले एएफपीसँग भने, “जब हामी घटनास्थलमा पुग्यौँ त्यहाँ धेरै शवहरू थिए र अग्निनियन्त्रकहरूले आगो निभाइरहेका थिए। 
धेरै शव जलेर चिन्न नसकिने अवस्थामा भेटिएका छन्।”

भारतको राष्ट्रिय सुरक्षा निकाय ‘सेन्ट्रल इन्डस्ट्रियल सेक्युरिटी फोर्स’ले सार्वजनिक गरेको तस्वीरमा विमानको पछाडिको भाग एउटा भवनमा ठोक्किएको देखिएको छ ।

विमान अहमदाबादको सिभिल अस्पताल र शहरको ‘हर्स क्याम्प’ नजिकैको क्षेत्रमा खसेको थियो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै

प्रधानमन्त्री बालेन शाहले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।
सुनसरी जाँदै गृहमन्त्री सुधन गुरूङ

सुनसरी जाँदै गृहमन्त्री सुधन गुरूङ

प्रधानमन्त्री बालेन शाहसँग छलफल गरेर गृहमन्त्री गुरूङ सुनसरी हिँडेका छन् ।
आपसी सद्‍भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल

आपसी सद्‍भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल

राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाँउपालिका कप्तानगन्जलगायतका क्षेत्रमा हालै देखिएको विषम परिस्थितीप्रति चिन्ता व्यक्त गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप, भ्रातृत्व र राष्ट्रिय एकता कायम...
सभापति रवि लामिछानेले कोशी र मधेस प्रदेशका सांसदलाई छलफलमा बोलाए

सभापति रवि लामिछानेले कोशी र मधेस प्रदेशका सांसदलाई छलफलमा बोलाए

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कोशी र मधेस प्रदेशका सांसदहरूलाई छलफलमा बोलाएका छन् ।