नेभिगेशन
समाज

संगठन विस्तारको लागि झापा र मोरङ आउँदै रास्वपा कार्यवाहक सभापति अर्याल

झापा । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्याल भोलि (शनिबार) मोरङ र झापा आउने भएका छन् । अर्याल मोरङको उर्लाबारीमा हुने नगर अधिवेशन र झापाको गौरादहमा हुने कार्यक्रमका लागि आउन लागेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उर्लाबारीको आइतबारेमा हुने अधिवेशन बिहान ११ बजेबाट सुरु हुने जनाइएको छ । सो अधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्ने बताइएको छ। अधिवेशनमा झण्डै ५ सय जनाको सहभागिता रहने आयोजकले जनाएको छ। आयोजकका अनुसार अधिवेशनको तयारी पूरा भएको छ। 

Ncell
Extreme Energy

सो अधिवेशनको उद्घाटन समारोह सकेर कार्यवाहक सभापति अर्याल गौरादहको कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । त्यहाँ उनले पार्टीमा भर्खरै आबद्ध भएकाहरूलाई स्वागत गर्ने कार्यक्रम रहेको कार्यवाहक सभापति अर्यालको सचिवालयले जनाएको छ ।

गौरादहमा अन्य पार्टी परित्याग गरी झण्डै ३ सय जना जति रास्वपामा भर्खरै आबद्ध भएको रास्वपा गौरादह कमिटीको भनाइ छ। 

अहिले पूर्वी नेपालमा रास्वपाको संगठन विस्तार तीव्ररूपमा अघि बढेको रास्वपा कोशी प्रदेशले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
देउवा पक्षले भन्यो– छुट्टै महाधिवेशन गर्छौं, आत्मसम्मान नहुने गरी पद लिँदैनौं

देउवा पक्षले भन्यो– छुट्टै महाधिवेशन गर्छौं, आत्मसम्मान नहुने गरी पद लिँदैनौं

निवर्तमान सभापति शेरबहादुर देउवा समूहले संस्थापन पक्षले गरेको निर्णयबाट आफूहरुको आत्मसम्मानमा चोट पुगेको भन्दै  कांग्रेसको छुट्टै महाधिवेशन गर्ने बताएको छ ।
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनर्निर्माणका लागि बजेटको अभाव हुँदैनः प्रधानमन्त्री बालेन शाह

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनर्निर्माणका लागि बजेटको अभाव हुँदैनः प्रधानमन्त्री बालेन शाह

सो क्रममा बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरुले बाढीका कारण सडक सञ्जाल नहुँदा राहत तथा पुनर्निर्माणमा समस्या देखिएकाले क्षतिग्रस्त सडकलाई छिटो खुलाउनुपर्ने बताएका थिए । नुवाकोटको विदुर नगरपालिकाका प्रमुख राजन...
छुट्टै महाधिवेशन कि संस्थापनमा मिसिने ? देउवा समूह अलमलमा

छुट्टै महाधिवेशन कि संस्थापनमा मिसिने ? देउवा समूह अलमलमा

नेपाली कांग्रेसले वडा अधिवेशनमा सहभागी हुने नेताहरुलाई केन्द्रीय सदस्य मनोनीत गर्ने निर्णय गरेपछि छुट्टै महाधिवेशनको तालिका सार्वजनिक गरेको निवर्तमान सभापति शेरबहादुर देउवा समूह अलमलमा परेको छ ।